काठमाडौं- संविधानसभाको आइतबार बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले संविधानका विवादित विषयमा छिट्टै सहमति गर्ने प्रतिबद्धता जनाएपछि संविधानसभा बैठक २१ गते बिहीबारसम्मका लागि स्थगित गरिएको हो।संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा विनाशकारी भूकम्पबाट पीडितहरूको राहत तथा पुनःस्थापना कार्यमा संविधानसभा सदस्यहरू संलग्न भएकाले २१ गते बिहीबार अर्को बैठक बोलाइएको उल्लेख छ।
स्रोतका अनुसार आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार दलका शीर्ष नेताहरूको बैठकले २० गतेसम्म संविधानका विवादित अन्तर्वस्तुमा सहमति कायम गर्ने प्रतिबद्धता जनाएपछि २१ गतेका लागि बैठक बोलाइएको हो।
सचिवालय स्रोतले भने जेठको अन्त्यतिर बैठक बोलाउने बारेमा तयारी गरे पनि राजनीतिक नेतृत्वबीच सहमति भए त्यही आधारमा संविधानसभाको एजेन्डा तय गर्न सकिने गरी बैठकको मिति तय गरिएको जनायो।
राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा अहिले पनि राजनीतिक दलहरूबीच विवाद कायमै छ।
संविधानसभाको यसअघि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो। संकल्प प्रस्ताव पारित गर्दै टुंगिएको व्यवस्थापिका संसद बैठकमा संविधानसभा बैठक जेठ १७ गते आइतबार अपराह्न ३ बजेसम्मका लागि स्थगित भएको जानकारी गराइएको थियो।