माधव ढुङ्गेल, काठमाडौं, चैत २५- नयाँ संविधान जारी गर्ने मिति ५२ दिन बाँकी रहँदा बुधबार बसेको संविधानसभाको बैठक १ मिनेट चलेर स्थगित भएको छ। संविधानसभाले 'बिजनेस' नपाएपछि एक मिनेटमै स्थगित भएको हो।
एक मिनेट चलेको बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा सदस्य गिरिजाप्रसाद कोइरालाको निधनपछि उनको सदस्य पद रिक्त भएको सूचना सुनाएका थिए। कोइराला सहित संविधानसभामा तीन सभासदको पद रिक्त भएको छ। यसअघि मातृकाप्रसाद यादव र जगतप्रसाद यादवलाई माओवादीले निस्कासन गरेपछि उनीहरुको पद खाली छ।
नयाँ संविधान जारी गर्ने समय सीमा दुई महिना कम रहँदा ८ वटा विषयगत समितिका प्रतिवेदनहरु संविधानसभाले पारित गरेर संवैधानिक समितिलाई बुझाउन बाँकी छ। संविधानसभाले ती प्रतिवेदनमाथि सुझाव र निर्देशन सहित पारित गर्नुपर्नेहुन्छ।