एमालेको जिल्ला अधिवेशनः कर्णालीमा कतै चुनाव, कतै सर्वसम्मत
२९ पौष २०७८
•
३ मिनेट पाठ
एमालेको जिल्ला अधिवेशनः कर्णालीमा कतै चुनाव, कतै सर्वसम्मत
नेकपा (एमाले) को जिल्ला अधिवेशनले यतिखेर कर्णालीमा रैनक बढेको छ। धेरै जिल्लामा सर्वसम्मत भए पनि कतिपय जिल्लामा चुनावी प्रकृयामा गएका छन्। प्रतिनिधिहरुमाँझ पुगेर जिल्लामा नेताहरु चुनावी मैदानमा आफू योग्य नभए नभएको परीक्षण गरिरहेका छन्।




सुर्खेत, जाजरकोट, दैलेख र कालिकोटमा अध्यक्ष लगायत अन्य पदमा चुनाव भयो। सल्यान, रुकुम (पश्चिम), जुम्ला र डोल्पामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। कालिकोटमा भने सर्वसम्मत प्रयास गरिएपनि टुंगीएको छैन। हुम्लामा आन्तरिक कारण देखाउँदै माघ २३ गते अधिवेशनको मिति तय गरिएको छ। मुगुमा मंगलबार अधिवेशन उद्घाटन गरिएको छ। मुगुमा बुधबार भएको बन्दसत्र सकिएको छ। बिहीबार साँझसम्म पनि सर्वसम्मतको प्रयास भईरहेको छ। बिहीबार सर्वसम्मत नभएर शुक्रबार चुनाव हुनसक्ने एमाले नेताहरु बताउँछन्।

नेकपा एमाले सुर्खेतको मंगलबार राती सकिएको मतगणनामा अमृत विसी अध्यक्षमा निर्वाचित भएका छन्। बुधबार सार्वजनिक भएको मतपरिणाम अनुसार विसी ३ सय ६८ मत ल्याएर विजयी भएका हुन्। विसीका प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्मा २ सय ६७ मत ल्याएका थिए। उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन्। विजयी पदाधिकारी सबै विसी प्यानलका हुन्।

त्यस्तै जाजरकोटमा एमाले अध्यक्षमा खिमबहादुर शाही विजयी भएका छन्। उनी प्रतिद्वन्द्वी करवीर शाहीसंग १७ मतान्तरले विजयी भएका हुन्। छैटौं जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि सोमबार भएको मतदान (चुनाव) भएको थियो। अध्यक्षमा विजयीले २ सय १७ र प्रतिद्वन्द्वीले २ सय १० मत ल्याएका थिए। उपाध्यक्षमा गोपाल बटाला, सचिवमा वीरबहादुर गिरी, उपसचिवमा गोपाल नेपाली र नरबहादुर बस्नेत विजयी भए। जाजरकोटमा ९० सदस्यीय जिल्ला कमिटीमा चयन भएको छ।

जिल्लाभरबाट ४ सय ३३ जना प्रतिनिधिले मतदानमा सहभागी भएका थिए। रुकुम (पश्चिम) मा मंगलबार पत्रकार सम्मेलन गर्दै नन्दराम देवकोटाको अध्यक्षतामा ८४ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत गठन भएको घोषणा गरेका छन्। सल्यानमा २४ गते गोविन्द पुन अध्यक्षतामा ९९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गरिएको थियो। जुम्लामा सोमबार शान्तिलाल महतको अध्यक्षतामा ९० जिल्ला कमिटी सर्वसम्मत भएको छ। त्यस्तै डोल्पामा २४ गते शेरबहादुर बुढाको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गठन गरिएको छ।

कालिकोटमा एमालेको अधिवेशन शनिवार उद्घाटन भएको थियो। निर्वाचन प्रकृया अघि बढेपनि सर्वसम्मत गर्ने प्रयास गरेपनि बुधबार साँझसम्म नभएपछि बिहीबार मतदान भएको छ। चुनावमा जर्सी प्रसाद पाण्डे र रमेशकुमार शाहीबीच अध्यक्षका लागि मतदान भयो। शुक्रबारसम्म निर्वाचन परिणाम आउने जनाइएको छ। अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुका लागि निर्वाचन भएको थियो। मतगणना बिहीबार रातीबाट हुने जनाइएको छ।  

विवाद भएपछि मतगणना स्थगित

नेकपा एमाले दैलेखको जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि जिल्ला नेतृत्वसहित पदाधिकारी र सदस्यका लागि मंगलबार मतदान भएको थियो। मतदान सकिएसंगै राती मतगणना गर्दा खसेको मतभन्दा बढी मतपत्र देखिएपछि मत गणना रोकिएको छ। मंगलबार रातीबाट मतगणनाको तयारी गरेपछि मतपत्र गन्दा बढी देखीएपछि विवाद हुँदा मतगणना रोकिएको हो।

बुधबार विहानैदेखि मतगणना हुन नसकेपछि सहमतिका लागि छलफल भईरहेको छ। फेरि चुनाव हुने सम्भावना बढी रहेको एमाले दैलेखका एक नेताले बताएका छन्। मंगलबार भएको चुनावमा कुल मत ७ सय २१ रहेको थियो। जसमा ७ सय १७ मत खसेको थियो। मतगणनाको तयारी गर्दा ७ सय ४८ मतपत्र देखिएपछि विवाद बढेको हो। खसेको मतपत्रभन्दा ३१ मत बढी देखिएपछि विवाद भएको हो। अध्यक्षमा रविन्द्रराज शर्मा र सुर्यबहादुर शाहीबीच प्रतिष्पर्धा रहेको छ।

पदाधिकारी र सदस्यहरुको लागि चुनाव गरिएको थियो। मत बढी देखिएर मतगणना स्थगत भएपछि प्रदेशबाट नेताहरु आएर छलफल चलिरहेको एमाले नेता नन्द्रकिशोर बस्नेतले जानकारी दिए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
९ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
यो पनि पढौँ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस