प्रधानमन्त्री न्युयोर्क जाँदै
१७ भदौ २०७१
•
७ मिनेट पाठ
प्रधानमन्त्री न्युयोर्क जाँदै
काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो विदेश भ्रमणलाई मितव्ययी बनाउने क्रममा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघ (युएन) को ६९ औं महासभामामा पनि सानो प्रतिनिधिमण्डल लिएर जाने भएका छन्।

युएनको महासभामा भाग लिन असोज ३ गते अमेरिका प्रस्थान गर्ने उनको टोलीमा परराष्ट्रमन्त्रीसहित एक दर्जन प्रतिनिधि मात्र रहने छन्। ‘सानो प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने तयारी भइरहेको छ,' प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले मंगलबार नागरिकसँग भने, ‘भ्रमण दलमा १० देखि १२ जना सदस्य हुनेछन्।' 

उनका अनुसार केही साताअघि मात्र अमेरिकाबाट क्यान्सरको उपचार गरी स्वदेश फर्केका उनी युएन महासभामा सहभागी हुन जाँदा निजी चिकित्सकसमेत नलिई जानेछन्। प्रधानमन्त्रीको विदेश भ्रमणमा निजी चिकित्सक लान पाइने व्यवस्था भए पनि भ्रमणलाई मितव्ययी बनाउन कोइरालाले निजी चिकित्सक नलैजाने निर्णय लिएका हुन्।
सरकारमै सहभागी तथा विपक्षी दलहरूले स्वास्थ्यका कारण चुस्त काम गर्न नसकेको आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले बिनाचिकित्सक अमेरिका गई आफ्नो स्वास्थ्य एकदम ठिक भएको सन्देश दिन खोजेको स्रोतको भनाइ छ। 

मितव्ययी भनिएका प्रधानमन्त्रीको भ्रमण दलमा उनका दुई सुरक्षाकर्मी, विदेश मामिला सल्लाहकार भट्टराई, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्र सचिव शंकर वैरागी, शिष्टाचार महापाल कालिप्रसाद पोखरेल, परराष्ट्रको युएन महाशाखा प्रमुख दिपक धिताललगायत रहने छन्।
प्रधानमन्त्री भएलगत्तै बिमस्टेक बैठकमा सहभागी हुन म्यानमार जाँदा पनि कोइरालाको मितव्ययी विदेश भ्रमणलाई लिएर भारतीय मिडियाले समेत प्रशंसा गरेका थिए। त्यतिबेला तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले अनावश्यक जम्बो टोली लिएर म्यानमार गएको भन्दै उनको आलोचना गरी नेपाली प्रधानमन्त्री कोइरालाबाट विदेश भ्रमणलाई कसरी मितव्ययी बनाउने भन्ने सिक्नुपर्ने भारतीय मिडियाको समाचारमा उल्लेख थियो। 

युएन महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री कोइरालाले न्यूयोर्कमा राष्ट्रसंघका महासचिव बान कि मुन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सार्कका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग पनि ‘साइडलाइन' भेटवार्ता गर्ने कार्यक्रम छ। आगामी मंसिरमा काठमाडौंमा नेपालले सार्क शिखर सम्मेलन आयोजना गर्ने भएकाले न्यूयोर्कमा सार्क सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग शिखर सम्मेलनबारे छलफल हुने भट्टराईले जनाए। 

‘सार्कका सबै नेतासँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा आगामी सार्क शिखर सम्मेलनका विषयमा छलफल हुनेछ,' भट्टराईले भने। महासभाको अवसरमा अमेरिकी राष्ट्रपतिले सहभागी हुन आउने राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा रात्रिभोज आयोजना गर्ने चलन छ। रात्रिभोजमा सहभागी हुने क्रममा प्रधानमन्त्री कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग संक्षिप्त भेट गर्नेछन्। 

विदेश मामिला सल्लाहकार भट्टराईका अनुसार न्यूयोर्क जाने क्रममा प्रधानमन्त्रीले युनाइटेड अरब इमिरेट्स (युएई) मा एक रात बिताउने कार्यक्रम छ। त्यहाँ उनले खाडी राष्ट्रमा रहेका नेपाली दूतावासका प्रमुखहरूसँग त्यहाँका समस्याबारे जानकारी लिने छन्। उनी असोज ५ गते अमेरिकाको न्यूयोर्क पुग्ने कार्यक्रम छ। न्यूयोर्क पुगेको भोलिपल्ट उनको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको भट्टराईले जनाए। 

भ्रमण तालिकाअनुसार असोज ६ गते प्रधानमन्त्री कोइराला राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुनेछन्। असोज ८ गते राष्ट्रसंघको ६९ औं महासभाको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री कोइरालाले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

‘महासभालाई सम्बोधन गर्दा प्रधानमन्त्रीज्यूले सन् २०१५ पछिको विकास एजेन्डा, शान्ति तथा संविधान, विश्व राजनीतिमा नेपालको धारणा, नेपालको विदेश नीति, जलवायु परिवर्तनका प्रभावलगायत मुद्दामा राष्ट्रको धारणा राख्नु हुनेछ,' विदेश मामिला सल्लाहकार भट्टराईले भने, ‘प्रधानमन्त्रीले महासभामा नेपालको विदेश नीति दुई छिमेकी भारत र चीनबाट सुरु हुने जानकारी गराउनुहुनेछ।' भारत र चीनमा पछिल्लो दशक भएका विकास तथा प्रगतिले यो क्षेत्रलाई गतिशील बनाएको जनाउँदै नेपालले अब विदेश नीतिलाई आर्थिक तथा सुरक्षामा केन्द्रित भएर अघि बढाउने सन्देश राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले दिने उनले जनाए।
अर्को समाचार
प्रधानमन्त्री आज न्युयोर्क जाँदै
३१ भदौ २०६८
•
२ मिनेट पाठ
प्रधानमन्त्री आज न्युयोर्क जाँदै
काठमाडौं, असोज १ (नागरिक)- राष्ट्र संघको ६६ औं महासभामा सहभागी हुने १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई आइतबार साँझ अमेरिकाको न्युयोर्क जाने भएका छन्। टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्रालयका कामु सचिव दुर्गा भट्टराई, प्रधानमन्त्री पत्नी हिसिला यमी, परराष्ट्रका राष्ट्र संघीय शाखा प्रमुख रुद्र नेपाल लगायत छन्।

सोमबार न्युयोर्क पुग्ने भट्टराई परमाणु सुरक्षासम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुने छन्। उनी अमेरिकी राष्ट्रपतिले मंगलबार आयोजना गर्ने भोजमा सहभागी हुनेछन्। बुधबार भारत तथा चीनका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। बिहीबार राष्ट्र संघीय महासभालाई सम्बोधन गरेर उनी शनिबार स्वदेश फर्कने छन्।

प्रधानमन्त्री भट्टराई न्युयोर्कमा रहँदा भारत र चीनका प्रधानमन्त्रीहरूसँग भेट्ने कार्यक्रम तय भएको छ। भट्टराईले अन्य देशका नेताहरूसँगको भेटमा नेपालमा जारी शान्ति प्रक्रिया सम्पन्न गर्न आफूले चालेको कदमबारे जानकारी गराउने सम्बद्ध अधिकारीहरूले बताए।

उनले अन्तर्राष्ट्रिय समुदायबाट शान्ति प्रक्रिया सम्पन्न गर्न सकारात्मक सहयोगको आग्रह गर्ने छन्। जलवायु परिवर्तन, सहस्राब्दी विकास लक्ष्य, दीगो विकास र गरिबी निवारणको विषयसमेत उनले उठाउने छन्।

अल्पविकसित देशहरूले टर्कीको इस्तानबुल सम्मेलनमा तयार पारेको 'एक्सन प्लान'को कार्यान्वयनबारे समेत उनले चर्चा गर्नेछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस