काठमाडौं- प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन शुक्रबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री कोइरालाले राष्ट्रसंघको महासभालाई सेप्टेम्बर २६ मा सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रसंघको महासभामा सहभागी हुने प्रधानमन्त्री कोइराला नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, सुरक्षाकर्मी बसन्तकुमार गौतम, कामु परराष्ट्र सचिव शंकरदास वैरागी छन्।
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, परराष्ट्र युएन शाखाका प्रमुख दीपक धिताल, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, परराष्ट्रमन्त्रीका जनसम्पर्क सल्लाहकार अश्विनकुमार पुडासैनीलगायत पनि प्रतिनिधिमण्डलमा रहेका छन्। न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत नियोगका अन्य नेपाली कूटनीतिज्ञ पनि महासभामा सहभागी हुने परराष्ट्रमन्त्रालयले जनाएको छ।
न्युयोर्क जाने क्रममा प्रधानमन्त्री कोइराला एक रात युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा बस्नेछन्। सेप्टेम्बर २० मा त्यहाँ उनले मध्यपूर्व, पश्चिम एसिया र उत्तर अफ्रिकास्थित नेपाली दूतावासका प्रमुख (राजदूत) सँग सामूहिक छलफल गर्ने कार्यक्रम छ। वैदेशिक रोजगारको प्रमुख गन्तव्य राष्ट्रमा रहेका राजदूतसँग उनले कामदारका समस्याबारे कुराकानी गर्ने परराष्ट्रले जनाएको छ।
न्युयोर्कमा प्रधानमन्त्री केही उच्च तहको बैठकमा सहभागी हुने र केही देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका प्रमुखसँग पनि भेटवार्ता गर्नेछन्। उनले राष्ट्रसंघका महासचिव बान कि मुनसँग सेेप्टेम्बर २७ का दिन भेटवार्ता गर्नेछन्।
परराष्ट्रका अनुसार प्रधानमन्त्री कोइरालाले सेप्टेम्बर २३ मा जलवायु सम्मेलनसम्बन्धी सम्मेलनमा सम्बोधन गर्नेछन्। उनी अमेरिकी राष्ट्रपति बाराक ओबामाले आयोजना गर्ने रात्रीभोजमा समेत सहभागी हुनेछन्। सेप्टेम्बर २७ मा न्युयोर्कमा रहेको नेपाली समुदायले आयोजना गर्ने अन्तर्क्रिया कार्यक्रममा पनि उनी सहभागी हुने जनाइएको छ। उनी सेप्टेम्बर २८ मा न्युयोर्कबाट नेपालतर्फ प्रस्थान गर्नेछन्। स्वदेश फर्कने क्रममा ब्रसेल्समा एक दिन बसी युरोपमा रहेका नेपाली राजदूतसँग भेट गर्नेछन्। प्रधानमन्त्री कोइराला अक्टोबर २ मा काठमाडौं आइपुग्नेछन्।