'गैरन्यायिक' हत्या
२२ साउन २०७१
•
६ मिनेट पाठ
'गैरन्यायिक' हत्या
काठमाडौं- प्रहरीले 'गुन्डा नाइके' दिनेश अधिकारी 'चरी' लाई काठमाडौंभित्रै हत्या गरेर भीमढुंगा पुर्या ई सार्वजनिक गरेको दाबी गर्दै एमालेका सभासदले सरकारसँग जवाफ माग गरेका छन्। सरकारका तर्फबाट गृहमन्त्री वामदेव गौतमले चित्तबुझ्दो जवाफ नदिए संसद नै अवरुद्ध गर्ने उनीहरूले चेतावनी दिएका छन्।




व्यवस्थापिका संसद बैठकमा बिहीबार ढ्यापढ्याप समयमा एमाले नेता राजेन्द्र पाण्डेले अधिकारीलाई रिङरोडभित्र मारेर भीमढुंगामा लगेर फालिएको दाबी गर्दै 'गैरन्यायिक हत्या' भएको आरोप लगाए। उनले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख पुष्कर कार्कीलाई निलम्बन गरेर मात्र छानबिन गर्न सरकारसँग आग्रह गरे।
'दोहोरो भिडन्त भएको ठाउँमा एक थोपा पनि रगत छैन। छातीमा आठवटा गोली लागेको भनिए पनि पाँच राउन्डमात्रै हवाई फायर भएको छ। रिङरोडभित्र हत्या गरेर भीमढुंगामा लगेर फालिएको हो। त्यहाँ हवाइफायर मात्र भएको छ,' पाण्डेले भने, 'पहिले एसएसपी पुष्कर कार्कीलाई निलम्बन गरेर छानबिन सुरु हुनुपर्छ। गृहमन्त्रीले समयमा चित्तबुझ्दो जवाफ नदिए हाउस चल्नै नसक्ने दिन आउन सक्छ।'
अधिकारीले खुस्बु ओलीसँग विवाह गर्न 'इन्गेजमेन्ट' गरिसकेको र ओलीलाई मन पराउने प्रहरीले नै 'विवाह गरे मारिदिने' चेतावनी दिएको पाण्डेको दाबी थियो। 'खुस्बुसँग विवाह गर्न चाहने इन्सपेक्टरले विवाह नगर, गरिस् भने मारिदिन्छु भनेको परिवारको दाबी छ। ती इन्सपेक्टर अहिले हनुमानढोकामा केरकारमा भएको र हिजोको घटनामा उनी पनि रहेको परिवारले जनाएको छ,' उनले भने, 'त्यसैले यो गैरन्यायिक हत्या हो। कानुनी राज्यको बर्खिलाप गर्ने प्रहरीलाई कारबाही गरिनुपर्छ।' पाण्डेले प्रहरीले दिएका दुई फरक धारणाबाटै भिडन्त नभई हत्या भएको पुष्टि भइसकेको दाबी गरे। 
एमालेकै अर्का सभासद गुरुप्रसाद बुर्लाकोटीले सरकारी बर्दी लगाएर प्रहरीले सर्वसाधारणको हत्या गरेको बताए। 'सरकारी बर्दी लगाएर मान्छे मार्न पाइँदैन,' उनले भने, 'पुच्छरले हल्लाउने ज्यानजस्तो सरकार अब चाहिँदैन, हट्नुपर्छ।' 
उनले भिडन्त भएको भए कुन प्रहरीलाई कहाँ कसरी गोली लागेको छ भन्ने स्पष्ट जानकारी गराउन गृहमन्त्रीसँग माग गरे। '५० लाख खर्च गरेर पनि हत्या गराउँछु भनेको एसएमएस नै छ,' उनले भने, 'अघिल्लो वर्ष पनि उनलाई प्रहरीकै संलग्नतामा गोली हानिएको हो।' 
पहिले–पहिले जेलबाट अर्को जेलमा सार्दा राजनीतिक कार्यकर्तालाई भिडन्तमा परेको भनेर मारिएझैं अहिले अधिकारीको पनि हत्या भएको बुर्लाकोटीले दाबी गरे। 'हत्यामा प्रहरीको हात छ,' उनले भने 'गृहमन्त्रीज्यू, पहिले काठमाडौं प्रहरी प्रमुखलाई निलम्बन गरेर कारबाही गरियोस्।'
एमालेकै अर्का सभासद गंगालाल तुलाधरले प्रहरीले समातेर झूटा मुद्दा लगाउँदै अधिकारीको हत्या गरेको बताए। 'कायर प्रहरी अधिकृतले पहिले–पहिले पनि यस्तै तरिकाले व्यक्तिको हत्या गर्थे,' उनले भने, 'इतिहासमा बलियो भनिएको प्रजातान्त्रिक सरकार भएका बेला पनि पुलिसले यसरी मान्छे मार्न थाल्यो। पहिले प्रहरीसँग बयान लिएर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ।'
गैरन्यायिक तरिकाले हत्या गरिएकाले गृहमन्त्रीले रोस्ट्रममा उभिएर चित्तबुझ्दो जवाफ दिनुपर्ने तुलाधरको भनाइ थियो। एमालेका अन्य केही सभासदले शून्य समयमा पनि अधिकारी हत्या शंकास्पद भएको दाबी गर्दै कारबाहीको माग गरेका थिए।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पञ्चायतकालमा जेल सार्दा नेताहरूको हत्या भएझैं अहिले पनि प्रहरीले पक्राउ गर्दै भिडन्तमा मारिएको भन्ने कुरा आइरहेको बताए। उनले 'अधिकारी अपराधी भए सरकारले र राजनीतिक कार्यकर्ता भए पार्टीले पुष्टि गर्नुपर्ने' बताए। 
सभासदहरूको धारणापछि सभामुख सुवासचन्द्र नेम्वाङले अधिकारीको मृत्युको विषय संसदमा जोडदार रूपमा उठेकाले सरकारले शुक्रबार बस्ने बैठकमा सदनलाई जानकारी गराउन रुलिङ गरे। 'सरकारले घटनाबारे अहिलेसम्म गरेका कामकारबाही, अनुसन्धान कुन ठाउँमा पुगेको छ? भोलि (शुक्रबार) को बैठकमा जानकारी गराउन निर्देश गर्छु,' नेम्वाङले भने।
अर्को समाचार
चरी हत्या गरैन्यायिक : एमाले धादिङ
२३ साउन २०७१
•
२ मिनेट पाठ
चरी हत्या गरैन्यायिक : एमाले धादिङ
धादिङ– नेकपा एमाले धादिङले दिनेश अधिकारी 'चरी'को भिडन्तमा नभई षड्यन्त्रमूलक ढंगले गैरन्यायिक हत्या भएको दाबी गरेको छ। पार्टी क्षेत्र नम्बर १ का पूर्वउपाध्यक्ष दिनेश अधिकारीको प्रहरीसँगको ‘इन्काउन्टर' का नाममा गरिएको गैरन्यायिक हत्या भएको जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष भूमि त्रिपाठीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
विगतमा दिनेश अधिकारीको गतिविधि केही विवादास्पद रहेको सुनिए पनि एमाले प्रवेशसँगै उनी रूपान्तरणको क्रममा रहेको एमालेको दाबी छ। आफूमाथि लागेको आरोपको कानूनसम्मत रूपमा सामना गर्न आफ्नो कानूनी सल्लाहकारको सल्लाहबमोजिम अदालत हाजिर हुने दिनको प्रतिक्षामा रहेका बेला सुध्रने मौकासमेत नदिई उनलाई मारिएको त्रिपाठीले जिकिर गरेका छन्

लासको प्रकृति मुचुल्का गरिँदा मृतकका आफन्तलाई संलग्न नगराउनु, घटना थाहा पाउनेबित्तिकै घटनास्थल पुगेका धादिङ १ का सभासद धनबहादुर घलेलाई अवलोकन गर्न नदिइनु, घटनास्थलमा एक थोपा रगतसमेत नदेखिनुले उनलाई अन्यत्रै पक्राउ गरी हत्यापछि त्यस ठाउँमा पुर्‍याई नाटक मञ्चन मात्र गरिएको एमाले धादिङको दाबी छ।

एमाले धादिङले घटनामा संलग्न प्रहरी अधिकारीहरू कुमुद ढंुगेल, पुष्कर कार्की, मिरा चौधरीलगायतलाई तुरुन्त निलम्बन गरी घटनाको छानबिन गर्न संसदीय समिति वा विश्वासिलो न्यायिक समिति गठन गर्न माग गरेको छ।

यसैबीच चरी मारिएको विरोधमा एमाले धादिङ क्षेत्र नम्बर १ क्षेत्रीय कमिटी, युवा संघ धादिङ र किसान महासंघले जिल्ला सदरमुकाम धादिङबेसी र यातायात बन्द गराएको थियो। शुक्रबार बिहान एमाले कार्यकर्ता झन्डा बोकेर बजार बन्द गराउँदै हिँडेका थिए। धादिङबेसी हुँदै काठमाडौं चल्ने यातायात साढे १२ बजेसम्म ठप्प रह्यो।



रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस