काठमाडौं- एकीकृत नेकपा माओवादीनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गैरन्यायिक हत्याको विवरण संकलन गर्ने भएको छ। सशस्त्र द्वन्द्वकालमा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या गरेको आरोपमा माओवादीका रामप्रसाद अधिकारी पक्राउ परेको तीन दिनपछि वाइसिएलले गैरन्यायिक हत्याको विवरण संकलन गर्ने योजना सार्वजनिक गरेको हो।पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा वाइसिएल अध्यक्ष गणेशमान पुनले द्वन्द्वकालमा भएका गैरन्यायिक घटनाका आरोपित पहिचान गरी विवरण संकलन गरेर सार्वजनिक गर्ने बताए। 'कृष्ण सेनदेखि दोरम्बा घटनासम्मका गैरन्यायिक हत्या विवरण संकलन गछर्ौं,' पुनले भने, 'निर्वाचनको मुखमा हाम्रा कार्यकर्ता गिरफ्तार गर्ने, दोषी करार गर्न खोज्ने कार्य भइरहेको छ। हामी पनि गैरन्यायिक हत्या विवरण संकलन गरी सार्वजनिक गर्छौं।' विवरण संकलनमा वासिएलको पूरै नेतृत्व खट्ने उनले जानकारी दिए।
गतसाता भएको प्रथम राष्ट्रिय अधिवेशनले आन्तरिक विवादका कारण पदाधिकारी चयन गर्न नसके पनि वाइसिएलले निर्वाचनकेन्द्रित विशेष अभियान सुरु गर्ने भएको छ। भदौ ३० देखि असोज १३ गतेसम्म पहिलो चरण र भदौ १४ देखि दोस्रो चरणको अभियान सञ्चालन हुने वाइसिएलले जनाएको छ। 'यसका लागि हरेक निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य खटिनेछन्,' पुनले भने, 'संगठन निर्माण, सुदृढीकरण र विस्तारजस्ता कार्यक्रम पनि साथसाथै हुनेछन्।' उनले पार्टीको पक्षमा जनमत बलियो बनाउन तीन महिना अभियानमा केन्द्रित हुने बताए।