काठमाडौं-नेकपा (एमाले) ले ‘मूल दस्तावेजलाई अन्तिम रूप दिन समय लागेको' र ‘आन्तरिक व्यवस्थापनको काम अघि बढ्न नसकेको' भन्दै नवौं महाधिवेशन २५ दिन पर सार्दै असार तेस्रो साता राजधानीमा गर्ने निर्णय लिएको छ।
सोमबार केन्द्रीय कमिटी बैठकले असार १९ देखि २५ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकमा अध्यक्ष झलनाथ खनालले आन्तरिक व्यवस्थापनको काम अघि बढ्न नसकेको भन्दै महाधिवेशन २५ दिन सार्न प्रस्ताव गरेका थिए। महाधिवेशन मिति औपचारिक रूपमा सरेको तेस्रोपटक हो।
‘अध्यक्ष खनालले दस्तावेजका लागि नीतिगत विषयमा सहमति जुटे पनि त्यसलाई अन्तिम रूप दिन बाँकी रहेको र आफ्नो चीन भ्रमणका कारण व्यवस्थापनलाई थप समय चाहिने भन्दै महाधिवेशन सार्न प्रस्ताव गर्नुभएको थियो,' एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सोमबार नागरिकसँग भने, ‘बैठकले नयाँ मिति तय गरी त्यसैअनुसार नयाँ कार्यतालिका बनाएको छ।'
पटक–पटक महाधिवशेन सार्दा त्यसले राम्रो सन्देश नजाने भएकाले विश्वास जगाउने गरी अघि बढ्नुपर्ने उनले बताए।
गएको फागुनमा एमालेको आठौं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष पूरा भइसकेको छ। त्यसपछि महाधिवेशनका लागि विभिन्न मितिको चर्चा हुँदै आए पनि पटक–पटक सरेको छ। यसअघि केन्द्रीय कमिटी बैठकले जेठ २४ देखि ३० सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।
नयाँ तालिकाअनुसार जेठ ११ गतेबाट केन्द्रीय कमिटीमा दस्तावेजमाथि छलफल चलाइनेछ भने ३० गतेसम्म प्रतिनिधि छनोट गरिनेछ। बैठकमा महाधिवेशन कहिले गर्ने विषयमा फरक–फरक धारणा आएको थियो। वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरूले जेठमा नहुने भए मंसिरका लागि मिति तोक्नुपर्ने माग गरेका थिए।
केपी शर्मा ओलीनिकट नेताहरूले भने जेठमा व्यवस्थापनका कारण महाधिवेशन गर्न नभ्याइने भए कति समय आवश्यक पर्ने हो, त्यसैअनुसार नयाँ मिति तोक्न माग गरेका थिए। खगराज अधिकारी, छविलाल विश्वकर्मा, गणेश तिमल्सिनालगायत नेताहरूले आवश्यक पर्ने समय लिएर छिट्टै मिति घोषणा गर्नुपर्ने बताएका थिए।
बैठकमा सदस्यहरूले मध्यवर्षाको समय महाधिवेशन हुन नसक्ने तर्क गरेका थिए। नेताहरू अष्टलक्ष्मी शाक्य, प्रकाश ज्वाला, योगेश भट्टराई, विजय पौडेल, पर्शुराम मेघी गुरुङ, उर्वादत्त पन्त, वेदुराम भुसाललगायत नेताले जेठ २४ मा महाधिवेशन सम्भव नभए एकैपटक मंसिरमा मिति तोकेर जानुपर्ने धारणा राखेका थिए। खेतीपाती लगाउने र प्राकृतिक प्रकोपको उच्च जोखिम रहने समयमा महाधिवेशन तोक्नुहुँदैन भन्ने उनीहरूको तर्क थियो।
‘मध्यवर्षा र खेतीपातीको समयमा सबै कार्यकर्ता सहभागी हुन सक्दैनन्। भदौमा राष्ट्रिय प्रतिनिधि परिषद बैठक राखेर त्यसले विधान संशोधन गर्ने र अध्यक्षका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्नेजस्ता काम गरेर जानसक्छौं,' भट्टराईले बैठकमा राखेको कुरा उद्धृत गर्दै नागरिकसँग भने, ‘भारतमा प्रधानमन्त्रीको आकांक्षी रहेका नरेन्द्र मोदीले तीन लाख किलोमिटर यात्रा गरे। हाम्रा नेताहरूले पनि आफ्नो नीति तथा कार्यक्रम लिएर चार हजार गाविस पुग्नुपर्यो। कम्तीमा तीन हजार किलोमिटरको भए पनि यात्रा गर्नुपर्यो।'
ढिलोमा असार पहिलो साता मनसुनी वर्षा सुरु हुने नेपालमा यो मौसममा ठूलो राजनीतिक कार्यक्रम गर्नु उपयुक्त मानिँदैन। खेतीपाती र वर्षाका कारण असार, साउन र भदौमा समान्यतया ठूलो कार्यक्रम राख्ने गरिन्न। मौसममा आउने बदलावसँगै एमालेले केही कार्यक्रममा परिवर्तनसमेत गर्ने भएको छ।
‘जेठमा हुने महाधिवेशनमा ठूलो आमसभा गरेर उद्घाटन समारोह आयोजना गर्ने योजना थियो,' ज्ञवालीले भने, ‘अब उद्घाटन समारोह हलमै आयोजना गरिनेछ।' प्रतिनिधि छनोट पनि जेठ ३० गते एकै दिन देशभरबाट गरिनेछ।
उनले महाधिवेशन प्रतिनिधि छनोट प्रतिनिधिमूलक कार्यकर्ताको हुने भएकाले मौसम प्रतिकूलताले खासै प्रभाव नपर्ने बताए। बैठकले जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार परिषदका सदस्य स्वतः प्रतिनिधि बनाउने व्यवस्था गर्ने भएको छ। ‘लामो समयदेखि राजनीतिमा सक्रिय नेताहरूलाई तल्लो कमिटीबाट चुनिएर आउने काम त्यति राम्रो नलाग्ने भएर यस्तो व्यवस्था गर्ने निर्णय गरेको हो,' तिमल्सिनाले भने, ‘यसबाट प्रतिनिधि संख्या केही थपिनेछ।'
यससँगै महाधिवेशनमा प्रतिनिधिको संख्या करिब २ हजार पुग्नेछ। यसअघि बढीमा १ हजार ८ सयमा सीमित गर्ने योजना थियो। आठौं महाधिवेशनबाट पारित विधानमा केन्द्रीय निकायका निर्वाचित कमिटीका सदस्यहरुले पनि तल्लो कमिटीबाट प्रतिनिधि छनोट भएर आउनुपर्ने व्यवस्था यसपटक परिवर्तन गर्न खोजिएको हो।