आगामी असार १९ गतेदेखी सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नवौं महाधिवेशनले पार्टी पंक्ति, समग्र राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय जगतसम्मको ध्यान तानेको छ।करिब तीन लाख सदस्य रहेको, लाखौं समर्थक तथा शुभचिन्तक पाएको र राष्ट्रिय राजनीतिमा मुख्य शक्तिका रूपमा स्थापित पार्टीको महाधिवेशनप्रति सबैको ध्यान तानिनु स्वाभाविकै हो। सामान्यतया महाधिवेशन पार्टी जीवनको नियमित प्रक्रिया हो। विगतमा एक पटक अल्पमतको सरकार तथा दुई पटक अन्य शक्तिको सहयोगमा मुलुकको नेतृत्व गरेको शक्तिले तय गर्ने भावि नीति र नेतृत्वप्रति चासो उत्पन्न हुनुलाई अन्यथा मान्नु पनि हुँदैन। परम्परागत लोकतान्त्रिक शक्ति तथा उग्रवामपन्थी शक्तिभन्दा एमालेको नीति र नेतृत्व चयन गर्ने प्रक्रिया भिन्न छ। पाँच वर्षअघि बुटवल महाधिवेशनमा एमालेले गरेको लोकतान्त्रिक अभ्यासले आगामी नवौँ महाधिवेशनको सरगर्मी बढाउन भूमिका खेलेको छ। तर नेतृत्व चयनमात्र महाधिवेशनको कार्यसूची बन्दा भावि नीति, योजजना र विगतको वस्तुनिष्ठ समीक्षातर्फ पार्टी पंक्तिको ध्यान कम जाने सम्भावना हुन्छ। जनताले अपेक्षा गरेको नयाँ संविधान निर्माणको आधार, आर्थिक समाजिक रूपान्तरणको ठोस योजना, समाजको वर्ग चरित्रको गहिरो विश्लेषण तथा राष्ट्रियताको सम्बर्द्धन जस्ता विषयहरूमा समग्र पार्टीको ध्यान केन्द्रित गराउनुपर्ने चुनौती छ। यस लेखमा एमाले महाधिवेशनबाट पार्टी पंक्ति र समग्र मुलुकले राखेका अपेक्षाका विषयमा चर्चा गर्ने कोसिस गरिएको छ।
संविधान निर्माणको ठोस आधार
राष्ट्रिय राजनीतिको प्रमुख कार्यभार समयमै जनअपेक्षा अनुरूपको नयाँ संविधान निर्माण हो। अहिले मुलुक लामो संघर्षपछि परम्परागत मूल्यमान्यता भत्किएको तर नयाँ मूल्यमान्यताको जग बसी नसकेको संक्रमणकालीन अवस्थामा छ। विगतमा पटकपटक म्याद थप्दासमेत संविधानका मुख्य विषयमै सहमति निर्माण गर्न नसक्दा संविधानबिनै संविधान सभा खेर गएको नमीठो अनुभव छ। त्यही जगमा दोस्रो संविधान सभा उभिएको छ। विगतको शक्ति सन्तुलन पुर्ण रूपले बदलिएकोले गलत सोचहरूको अस्तित्व संकटमा परेको छ। यो नै एक वर्षभित्र नयाँ संविधान जारी गर्ने प्रमुख आधार हो। ठीक यही समयमा हुन लागेको एमाले महाधिवेशनले यसलाई थप वस्तुगतरूपले सिद्ध गर्ने अपेक्षा सामान्य नागरिकले गरेका छन्। विगतमा नेपाली कांग्रेस र एकीकृत नेकपा (माओवादी)लाई सँगै लोकतान्त्रिक गणतन्त्रको बाटोमा हिँडाएर शान्ति प्रक्रिया हुँदै संविधान सभाको निर्वाचनसम्म पुर्याएको एमालेले यो प्रक्रियालाई सफल अवतरण गराउन थप प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता मुलुकले खोजेको छ। संविधान सभा निर्वाचनमा जनतासमक्ष प्रस्तुत गरेका एजेन्डामा एमालेले कसरी आफूलाई वस्तुनिष्ठ र जनउत्तरदायी बनाउँछ भन्ने विषयलाई यस महाधिवेशनले पुष्टि गरेर देखाउन आवश्यक छ।
राष्ट्रिय एकता र सामाजिक सद्भाव
संविधान सभाको दोस्रो निर्वाचनमा जनताले नेकपा (एमाले) र नेपाली कांग्रेलाई दिएको मत राष्ट्रिय अखण्डता र सामाजिक सद्भावको निरन्तरताका लागि हो। जनताले यी दुई पार्टीबाट धेरै ठूलो आशा भन्दापनि भविष्यमा निम्तिन सक्ने गृह युद्धबाट मुलुकलाई जोगाउँदै राष्ट्रिय एकता बलियो बनाउने अपेक्षा राखेका छन्। माओवादी, मधेसवादी र केही जातिवादी दलहरूले अघि सारेको जातीय संघीयताप्रति वितृष्णा भएरै जनमतले नेकपा (एमाले)जस्तो सन्तुलित शत्तिको संरक्षण खोजेको छ। जनताको यो अपेक्षामा तुषारापात हुने क्रियाकलाप नहुने सुनिश्चितता एमालेले नवौँ महाधिवेशनको निष्कर्षमार्फत गर्नुपर्छ। एमालेले जातीय संघीयताको एजेण्डालाई असफल बनाउन गरेको योगदान राष्ट्रले कहिल्यैपनि बिर्सन सक्दैन। एमाले बरु जातीय एजेण्डाबाट प्रभावित दर्जनौ नेता कार्यकर्ता गुमाउन तयार भयो तर मुलुकलाई नोक्सान गर्ने मामिलामा झुक्न तयार नभएको तथ्य सबैका अगाडी छर्लङ्ग हुनुमा एमाले पंक्तिले गौरव गर्नुपर्छ। यो सँगसँगै एमालेका अगाडि राष्ट्रिय राजनीतिमा प्रभाव रहेका राजनीतिक शक्तिहरू भन्दा आफूलाई बढी जनपक्षीय, समावेशी र समन्यायिक बनाउनुपर्ने चुनौती छ। अहिले पनि प्रतिस्पर्धी कांग्रेस र एमाओवादीभन्दा एमाले पंक्ति बढी समावेशी छ। तर यतिले मात्र राज्यको मूलधारबाट पछि पारिएका महिला, दलित, जनजाति, विशेष आवश्यकतासहितको वर्ग (जेष्ठ नागरिक, अपांगता भएका) तथा भौगोलिक उत्पीडनमा परेको वर्गले एमालेमा अपनत्व महसुस गर्न सत्तै्कन। पछि परेको वर्गलाई समानता दिलाउन पार्टीले क्षमता विकासको विशेष अवसर सिर्जना गराउनुपर्छ। एमाले महाधिवेशनबाट उत्पीडित वर्गले समावेशीकरणको उत्कृष्ट नमुनाको अपेक्षा गरेको छ।
रूपान्तरणको नेपाली प्रारूप
सिंगो राष्ट्र र जनताले एमालेको यस महाधिवेशनबाट अपेक्षा राखेको अर्को प्रमुख विषय आर्थिक सामाजिक रूपान्तरणको मूर्तरूप हो। यसका केही कारण छन्। एमालेले नौ महिने अल्पमतको सरकारको कार्यकालमा अघि सारेको नौ 'स'को कार्यक्रम र सामाजिक सुरक्षामा सुरु गरेको नयाँ प्रारूपले धेरैलाई त्यतिबेला पनि आकर्षित गरेको थियो, अहिले पनि गरिरहेकै छ। एमालेको राजनीतिक विचारसँग सहमत हुने वा नहुने सबैले एमालेले अघिसारेको जनमुखी कार्यक्रमको अनुकरण नगरी सुखै छैन। त्यतिबेला गरिबी, अशिक्षा र बेरोजगारी समस्यामा पिल्सिएका निम्न तथा मध्यम वर्गका नागरिकलाई एमालेको सहारा आवश्यक थियो। उच्च घरानियाँ वर्गको हितमा मात्र राज्यको स्रोत साधन दुरुपयोग गर्ने कांग्रेसको चरित्रले असन्तुष्ट बनेको गरिखाने वर्ग अहिले पनि एमालेकै संरक्षण खोजिरहेको छ। तर यसमा एमालेको ध्यान पुग्छ कि पुग्दैन भन्ने चाहिँ प्रश्नको विषय छ। एमालेको ठूलो प्रयासका कारण आज मुलुकले तीन खम्बे अर्थनीति पाएको छ। लगानी सँगसँगै श्रमको सम्मान गर्ने परिपाटी सुरु भएको छ। पुँजीको अभाव भएको मुलुकमा सहकारी अभियानलाई अघि सारेर केही अनुकरणीय काम गरेको एमालेबाट जनताले यस अभियानको नेतृत्व खाजेका छन्। स्वदेशी तथा विदेशी लगानीमार्फत आर्थिक समृद्धि, समाजिक न्याय, मूल्यमा आधारित लोकतन्त्र, दिगो शान्ति र विधीको शासनका लागि एमालेको नवौं महाधिवेशनले दिशानिर्देश गर्नु आवश्यक छ। जनताको जीवनस्तर सुधारका लागि एमालेले यसैपटक नेपाली सपना सार्वजनिक गरी मुलुकलाई एकताबद्ध बनाउँदै राष्ट्रिय पुजीँको निर्माण र सदुपयोगको बाटोमा डोर्याउने प्रण गर्नुपर्छ।
स्पष्ट वैदेशिक नीति
मुलुकमा यति ठूलो परिवर्तन भइसक्ता समेत विदेशसँगका कतिपय सम्बन्ध राणा र शाह शासनकालकै कायम छन्। खासगरी छिमेकी मुलुक भारत र चीनप्रति अपनाउने नीति स्थायी देखिँदैन। सरकार परिवर्तन हुनेबित्तिकै छिमेकीसँगको सम्बन्धमा आउने उतारचढावले मुलुकको आन्तरिक राजनीतिक व्यवस्थासमेत लामो समयदेखि अस्थिर बन्दै आएको छ। भारतमा जुन पार्टीको सरकार आए पनि नेपाललाई हेर्ने नीतिमा तात्विक अन्तर पाइँदैन। उसले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर नेपालसम्बन्धी नीतिलाई दरिलो बनाएको देखिन्छ। नेपालमा भने राष्ट्रिय हितभन्दा दलीय र व्यक्तिगत स्वार्थ अनुुकूल विदेशीसँग व्यवहार गर्ने क्रम निकै लामो समयदेखि चल्दै आएको छ। यसले मुलुकको स्वाभिमानलाई त गिराएको छ नै क्षमता भएका नेताले समेत राजनेताको छवि निर्माण गर्नसक्ने अवसरमा अवरोध उत्पन्न गरेको छ। विदेशीसँग राख्ने अपारदर्शी सम्बन्धले मुलुकमा वैदेशिक चलखेल बढाएको छ। नेपाली जनताको अभिमतभन्दा विदेशी आशीर्वादलाई सत्तारोहणको आधार ठान्ने प्रवृत्ति हुर्किएको छ। मुलुकको जिम्मेवार राजनीतिक पार्टी हुनुको नाताले एमालेले छिमेकीसँगको सम्बन्धलाई पारदर्शी, सन्तुलित र व्यवस्थित बनाउने प्रतिबद्धता प्रकट गर्नुपर्छ। अनावश्यक रूपमा आउने दबाब र सुझावलाई अस्वीकार गर्नसक्ने हैसियत एमाले नेतृत्वले देखाएमा राष्ट्रका लागि ठूलो योगदान गरेको ठहरिनेछ।
अर्को दुवै छिमकीको सुरक्षा चिन्तामा नेपालका राजनीतिक दलहरूले साझा प्रतिबद्धता देखाउनुपर्छ। छिमेकीका विरुद्ध उपयोग हुनसक्ने खतरालाई समयमै हाम्रो विदेश नीतिले चिर्न जरुरी छ। ठूला शक्ति राष्ट्रको स्वार्थ अनुरूप हुने चलखेल समयमै बन्द गराई सन्तुलित व्यवहार देखाउने दृढता एमालेले नवौं राष्ट्रिय महाधिवेशनमार्फत् गर्नपर्छ। विश्वको पहिलो शक्तिका रूपमा उदाउँदै गरेको उत्तरी छिमेकी चीनको तिब्बत सुरक्षा चासो सबैभन्दा बढी महत्वपूर्ण र संवेदनशील छ। परम्परागतमा पञ्चशीलको सिद्धान्तको समयानुकूल परिमार्जन आवश्यक छ। आर्थिक शक्तिका रूपमा उदाउने क्रममा रहेका चीन र भारतबाट मुलुकले आर्थिक, प्रविधि र आबश्यकता अनुसारको सीप भिœयाउन सहयोग गर्ने किसिमको विदेश नीति तय गर्नुपर्छ। मुलुकमा भित्रिने वैदेशिक सहायता स्वाभिमानी अर्थतन्त्र निर्माणमा सहयोगी बन्ने दृष्टिकोणबाट मात्र स्वीकार गर्ने रणनीति बनाउनुपर्छ।
वर्गचरित्रमा आधारित विश्लेषण
कुनै पनि समाजलाई निश्चित गन्तव्यमा पुर्याउन सामाजिक चरित्रको विश्लेषण अति आवश्यक छ। नवौं महाधिवेशनलाई लक्षित गरेर एमालेभित्र सुरु भएको समाजको चरित्रको बहसले पार्टीभित्र सकरात्मक सोचको विकासमा योगदान पुर्याएको छ। नेपाली समाजको चरित्र २००६ साल अघि र अहिले प्रयोग गरिएका शब्द स्थितिमा फरक त आएको छ तर राष्ट्रियस्तरमा गरिएका अध्ययन अनुसन्धानमा आधारित तथ्य तथ्यांक, द्वन्द्वात्मक भौतिकवाद, मार्क्सवादी दृष्टिकोणमा आधारित सर्वेक्षणबाट प्राप्त हुन् वा होइनन् विश्लेषण गर्न जरुरी छ। मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्दै सबै किसिमका विभेदबाट मुक्त गराउने हो भने वास्तविक तथ्याङ्क आउने गरी वर्ग विश्लेषण गर्न आवश्यक छ। एमालेले पार्टी संजालमार्फत वर्ग विश्लेषणको स्पष्ट अध्ययन अनुसन्धान गरी उत्पादनका साधन र सम्बन्धको क्रिया, प्रतिक्रिया र अन्तरक्रियाबाट उत्पादनको पद्धतिकोे निचोड निकाल्नुपर्छ। यसबाट मात्रै एमालेले चाहेअनुसार मुलुकको आर्थिक सामाजिक रूपान्तरण, सामाजिक न्यायमा आधारित लोकतन्त्र, समानता, भौगोलिकआवश्यकता अनुसारको विकास र उद्यमशीलता सिर्जना गर्न सकिन्छ। उदारहणका लागि आजभन्दा चालीस वर्ष अघि र आज राष्ट्रिय अर्थतन्त्रमा कृषिले गर्ने योगदानलाई लिन सकिन्छ। चालीस वर्षअघि राष्ट्रिय अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने कृषि क्षेत्र अहिले संकुचित बन्दै ३५ प्रतिशत योगदान गर्ने अवस्थामा खुम्चिएको छ । त्यही समयमा कृषि क्षेत्रको ज्याला करिब ३ रूपैयाँ ५० पैसा थियो भने अहिले सरदर प्रतिदिन १ सय ७० पुगेको छ। कृषि क्षेत्रको ज्याला दर गैरकृषि क्षेत्रको तुलनामा आधा छ तर चार दशकअघि ६ गुणा कम थियो। यसबाहेक थप केही विसंगति छन्। अझैपनि ज्याला नगद र वस्तुमा विनिमय हुने गरेको अधियाँको चलन हटिसकेको छैन। औपचारिक रूपमा हलिया, हरुवा र कमैया छैनन् तर कमैया प्रथा उन्मूलन गरिएको एक दशक बितिसक्ता समेत सरकारी तथ्यांकमा उनीहरू मध्ये ८० प्रतिशतमात्र पुनस्थापन भएको देखिन्छ। यो समग्र जटिल परिस्थितिलाई उपेक्षा गरी बिनाअध्ययन तथ्यको अभावमा निकालिने निचोड सतही र दूरगामी असर पर्ने किसिमको हुन सक्छ। तर मुलुक पुँजीवाद उन्मुख छ तर राष्ट्रिय पुँजी निर्माणको वातावरण सिर्जना गर्न नदिने अवरोधहरूको पहिचान गरी हस्तक्षेपको नीति अंगीकार गर्नु आवश्यक छ।
समन्यायिक विकास र उद्यमशील पार्टी
यसअघि कतिपय जनपक्षीय नीति अघि सारेर अरुभन्दा फरक भएको एमालेले कम्तीमा पनि अबको चार दशकलाई दृष्टिगत गरी समन्यायिक विकासको अवधारणा ल्याउनुपर्छ। आगामी दिनमा मुलुकको नेतृत्व समाल्ने पार्टी तथा नेतृत्वसँग आर्थिक विकासको स्पष्ट आधार, प्रविधि मैत्री विकास निर्माणको ठोस योजना, जनमुखि अधारभूत नीति, ठुला र मेघा प्रोजेक्ट छनोट, संचालन तथा उपयोगको कार्यक्रम र रोजगारी सिर्जनाको अवधारणा, कार्यकर्ता र जनताको मन जित्ने गरी तय गर्नु आवश्यक छ। धेरथोर त छिमेकी भारतमा हालैको परिवर्तनले संकेत गरिसकेको छ। नरेन्द्र मोदी गुजराती प्रारूपको विकास र आर्थिक सुदृढीकरणलाई चुनावी कार्यसूची बनाएकाले सफल भए। अब त्यसको प्रभाव बिस्तारै नेपालमा पनि पर्नेछ। लामो समय जेल बसेको तथा आन्दोलनमा योगदान गरेको आधार पेस गरेरमात्र जनमतलाई समृद्धिको खाकाबिना आर्कषण गर्न सकिँदैन। मुलुकले अहिले समन्यायिक आधारभूत तहको विकास, ठुला र मेघा प्रोजेक्ट निर्माण र उद्यमशीलता खोजेको छ। एमालेले यसमा विश्वास जगाउन सबैभन्दा पहिले आफ्ना कार्यकर्तालाई उद्यमशील बनाएर देखाउनुपर्छ।
एमाले निकट बुद्धिजीवी परिषद्का अध्यक्ष