त्रिशूली (नुवाकोट) - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अब चार दल भित्रमा नै निर्वाचन हुने नहुने प्रश्न गर्न थालिए तोकिएको समयमा निर्वाचन नहुने बताएका छन्। सदरमुकाम विदुरमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा नेता डा महतले चार दलले बिना कुनै भ्रम संविधानको अल्पविराम र पूर्णविराम चिह्न पनि परिवर्तन नगरी पूर्णतया निर्वाचनमा समर्पित भएमा मात्र निर्वाचन तोकिएको समयमा हुने विश्वास व्यक्त गरे।नेकपा–माओवादीलगायत निर्वाचनको बहिष्कार गर्ने भन्ने दलसँग औपचारिक वार्ताको समय सकिएकाले निर्वाचनका लागि कुनै पनि दलसँग वार्ता गर्न भनेर समय खेर फाल्न नहुने उहाँले बताउनुभयो। 'अब वार्तामा प्रवेश गर्नु भनेको निर्वाचनमाथि थप आशङ्का सिर्जना गर्नु हो, निर्वाचनलाई पर सार्नु हो,' डा महतले भने।
डा महतले क्षेत्र निर्धारणमा संविधानअनुसार ३५ स्थान मात्र हेरफेर गर्न पाउने भएकाले अब संविधान परिवर्तन गरेर क्षेत्र निर्धारण गर्नुभन्दा यथास्थितिमा नै निर्वाचन गर्नुपर्ने सुझाव दिए।
डा महतले क्षेत्र निर्धारणमा संविधानअनुसार ३५ स्थान मात्र हेरफेर गर्न पाउने भएकाले अब संविधान परिवर्तन गरेर क्षेत्र निर्धारण गर्नुभन्दा यथास्थितिमा नै निर्वाचन गर्नुपर्ने सुझाव दिए।