प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कडा आलोचना गरेका छन्।
अध्यक्ष ओलीसँगको विवादका क्रममा कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीको आलोचना गर्दै १९ पृष्ठ लामो प्रस्ताव प्रस्तुत गरेका छन्।
त्यही प्रस्तावलाई केन्द्रीय सदस्य थापाले ‘अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण’को संज्ञा दिएका हुन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले त्यो प्रस्ताव फिर्ता नहुँदासम्म पार्टीको कुनै पनि बैठक नबस्ने चेतावनीसमेत दिएका छन्।
‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो,’ प्रेस सल्लाहकार थापाले शनिबार फेसबुकमा लेखेका छन्, ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन। पार्टी विधान, परम्परा, अभ्यास र दुवै जना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो। यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ।’
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि व्यंग्य गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् आज एक ट्वीट गर्दै थापाले दाहाललाई आफैले भाँड्न चाहेको एकता कति प्यारो? भन्दै व्यंग्य गरेका हुन्।
दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रतिनिधिसभा विघटनको फैसला बदर हुँदा लड्डु खाएर खुसी मनाएको भन्दै व्यंग्य गरेका छन्।
उनले भनेका छन्,'सर्वोच्च अदालतको फैसला । लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ ! निवेदक महोदयप्रति सहानुभूतिचाहिं छ: सम्हालिनुहोस र राजनीति गर्नुहोस ! राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ ! आफैले भाँड्न चाहेको एकता कति प्यारो ?'
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...