ऐन संशोधन गरेर जनप्रतिनिधिलाई सुविधा थप्दै
३० असार २०७७
•
४ मिनेट पाठ
ऐन संशोधन गरेर जनप्रतिनिधिलाई सुविधा थप्दै
कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई सेवा सुविधा दिन ऐन संशोधनको प्रस्ताव प्रदेशसभाबाट पास गरेको छ। मुलुक कोरोना संकटसँग जुधिरहेको बेला प्रदेश सरकारले यसअघिकोभन्दा धेरै सुविधासहितको ऐन प्रदेशसभाबाट पारित गरेको हो।




प्रदेशले ऐन बनाएर यसभन्दाअघि संविधानमा भएको व्यवस्थाविपरीत जनप्रतिनिधिलाई मासिक पारिश्रमिक दिँदै आएका थिए। उक्त भत्ता तथा तलब खारेज सर्वोच्च अदालतले २०७६ कात्तिक १ गते आदेश दिएको थियो। त्यसपछि जनप्रतिनिधिले लिँदै आएको तलब सुविधा कटौती भएको थियो। सर्वाेच्चको आदेशपछि रोकिएको तलब सुविधाभन्दा बढी रकम दिने गरी जनप्रतिनिधिको दबाबमा प्रदेश सरकारले ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धि कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रदेशसभाबाट पारित गराएको छ।

ऐन संसद्बाट पारित भएपछि कर्णालीमा मासिक तीन करोड बढी रकम जनप्रतिनिधिको सुविधामा खर्च हुने देखिएको छ। ऐनमा स्थानीय तहका प्रमुखदेखि सदस्यसम्मलाई सुविधाको व्यवस्था गरिएको छ। नयाँ व्यवस्थाअनुसार जिल्ला समन्वय समिति (जिसस) प्रमुखले मासिक ४० हजार, उपप्रमुखले ३५ हजार जिसस सदस्यले १२ हजार पाँच सय रूपैयाँ सुविधाबापत पाउने छन्।  

त्यस्तै नगरपालिकाका प्रमुखले ३८ हजार, उपप्रमुखले ३२ हजार, वडाध्यक्षले २२ हजार, कार्यपालिका सदस्यले ११ हजार पाँच सय र नगरसभा सदस्यले ६ हजार पाँच सय रूपैयाँ सुविधा पाउने व्यवस्था गरिएको छ। त्यस्तै गाउँपालिकाका अध्यक्षले ३३ हजार, उपाध्यक्षले २८, वडाध्यक्षले २०, कार्यपालिका सदस्यले १० हजार पाँच सय र सभा सदस्यले पाँच हजार पाँच सय रूपैयाँ सुविधा पाउने छन्।

ऐन संसद्बाट पारित भएपछि कर्णालीमा मासिक तीन करोड बढी रकम जनप्रतिनिधिको सुविधामा खर्च हुने देखिएको छ। ऐनमा स्थानीय तहका प्रमुखदेखि सदस्यसम्मलाई सुविधाको व्यवस्था गरिएको छ। 
जिसस प्रमुखले पत्रपत्रिका तथा इन्टरनेटवापत मासिक तीन हजार, टेलिफोनतर्फ तीन हजार, अतिथि सत्कारका लागि पाँच हजार, अनुगमन खर्चवापत २० हजार, खानेपानी मर्मत तथा सरसफाइतर्फ पाँच हजार, विद्युत् तथा उर्जा खर्चतर्फ मासिक चार हजार सुविधा पाउने छन्। मासिक एक सय लिटर डिजेल पनि समन्वय प्रमुखले पाउने छन्।

उपप्रमुखले अनुगमन खर्चवापत १८ हजार, पत्रपत्रिका, टेलिफोन अतिथि सत्काखानेपानी तथा मर्मत र विद्युत् तथा उर्जा खर्चतर्फ १७ हजार पाउने छन्। जिल्ला समन्वय उपप्रमुखलाई मासिक ९० लिटर डिजेल सुविधा पनि दिइएको छ। समन्वय समितिका सदस्यहरूका लागि पत्रपत्रिकाका, टेलिफोन र अतिथि सत्कारमा आठ हजार रूपैयाँ सुविधा तोकिएको छ।  

नगरपालिकाका प्रमुखलाई अनुगमन खर्चवापत १८ हजार, पत्रपत्रिका तथा इन्टरनेटवापत तीन हजार, टेलिफोनतर्फ तीन हजार, अतिथि सत्कारका लागि पाँच हजार, खानेपानी मर्मत तथा सरसफाइतर्फ पाँच हजार, विद्युत् तथा उर्जा खर्चतर्फ मासिक चार हजार उपलब्ध गराइने भएको छ। यस्तै मासिक ८० लिटर डिजल पनि नगर प्रमुखले पाउने छन्। अन्य जनप्रतिनिधिहरुले पनि यस्तै शिर्षकमा सुविधा पाउने ऐनमा उल्लेख गरिएको छ।  

सुविधा थपियो

प्रदेशसभामा दर्ता भएको विधेयकमा स्थानीय तहका जनप्रतिनिधिलाई थप सुविधाको पनि व्यवस्था गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखलाई मासिक यातायात खर्चवापत १२ हजार, चाडपर्व खर्चवापत वार्षिक १५ हजार, बैठक भत्तावापत १५ सय प्रमुखलाई र एक हजार दुई सय ५० उपप्रमुखलाई तोकिएको छ। यस्तै दैनिक भ्रमण भत्तावापत प्रमुखलाई दुई हजार र उपप्रमुखलाई १८ सय दिइने विधेयकमा उल्लेख छ। विदेश भ्रमणको दैनिक भ्रमण भत्ता प्रमुखले एक सय ५० अमेरिकी डलर र उपप्रमुखले एक सय २५ अमेरिकी डलर पाउनेछन्। दुवैको यात्रा वीमा दश लाख गरिने विधेयकमा उल्लेख छ।

नगरपालिकाका प्रमुख र उपप्रमुखले यातायात खर्चवापत १२ हजार, चाडपर्व खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय र एक हजार दुई सय ५०, दैनिक भ्रमण भत्ता दुइ हजार र १८ सय र विदेश भ्रमण भत्ता एक सय ५० र एक सय ४० डलर तोकिएको छ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई पनि अन्य सुविधा दिइने भएको छ। अध्यक्ष र उपाध्याक्षलाई  यातायात खर्चवापत भनेर दश हजार, चाडपर्व खर्च १५ हजार, बैठक भत्ता एक हजार पाँच सय र एक हजार दुई सय ५०, दैनिक भ्रमण भत्ता एक हजार आठ सय र एक हजार ६ सय र विदेश भ्रमण भत्ता एक सय ५० र एक सय ४० डलर तोकिएको छ।

यस्तै नगरपालिका तथा नगरपालिकाका वडाध्यक्ष र सदस्यहरूलाई पनि अन्य सेवासुविधा तोकिएको छ। कानुनले दिएको अधिकार प्रयोग गरेर उक्त विधेयक पारित गरेको आन्तरिक मामिलता तथा कानुन मन्त्री भण्डारीले जनाए। राजनीति पेसा नभइ सेवा भएकाले जनप्रतिनिधिलाई सुविधाका नाममा तलब दिइनु गलत भएको अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जनाए। ‘कित राजनीतिलाई पेसा मान्नु प¥यो,’ उनले भने, ‘नत्र भने राजनीति सेवा भएकाले सेवा नै गर्नुपर्छ।’ प्रदेश सरकारले जनप्रतिनिधिको दबाबमा विधेयक पास गरेको उनको भनाइ छ।
अर्को समाचार
सरकारी विद्यालयमा छोराछोरी पढाउन मुसिकोट नगरपालिकाले दिए जनप्रतिनिधिलाई निर्देशन
२८ फागुन २०८०
•
१ मिनेट पाठ
सरकारी विद्यालयमा छोराछोरी पढाउन मुसिकोट नगरपालिकाले दिए जनप्रतिनिधिलाई निर्देशन
फाइल तस्वीर
गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ।




नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक सत्रदेखि अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो। नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ।

नयाँ शौक्षिक सत्रदेखि सबैले सामुदायिक÷सरकारी विद्यालयमा अनिवार्य रूपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेल जानकारी दिए। मुसिकोट नगरपालिकाभित्र हाल १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय रहेको बताइएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस