दार्चुलाकाे गागामा अब सशस्त्रको गुल्म: यस्तो छ तयारी
०३ जेष्ठ २०७७
•
१० मिनेट पाठ
दार्चुलाकाे गागामा अब सशस्त्रको गुल्म: यस्तो छ तयारी
नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु (गागा) मा सशस्त्र प्रहरीको गुल्म बस्ने स्थानको जग्गा नापजाँच गर्दै सशस्त्र प्रहरीका इन्जिनियर प्रहरी नायब उपरीक्षक मिलनमान मास्केलगायतको टोली । यहाँ बुधबार सरकारले सशस्त्र प्रहरीको विओपी स्थापना
दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी रहने गरी गुल्म नै स्थापना गर्न आवश्यक प्रक्रिया शुरु गरिएको छ । बिहीबार मात्रै सशस्त्र प्रहरीको इञ्जीनियरको टोली सो क्षेत्रको नापनक्सा गरेर फर्किएको छ । लकडाउनलगत्तै भवन निर्माणका लागि बोलपत्र आह्वान हुनेछ । गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १६० जनाको टोली रहने छ ।




उक्त गुल्मले कालापानी, लिपुलेक, व्यास गुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा गर्नेछ । सकेसम्म छिटो गुल्म स्थापना गर्ने तयारी गरिएको र यसबाट सीमा रक्षा, आपराधिक क्रियाकलाप नियन्त्रण तथा सर्वसाधारणको शान्ति सुरक्षामा महत्वपूर्ण कदम हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

गुल्मका लागि अपिनम्पा संरक्षित क्षेत्रको मातहतमा रहेको कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये तिङ्कर नदीको किनारको १५ रोपनी जग्गा सशस्त्र प्रहरीलाई प्राप्त भइसकेको छ । गृह मन्त्रालयबाट बहुवर्षीय योजनाअनुरुप संरचना निर्माणका लागि  ११ करोड रूपैयाँ रकम विनियोजन गरिसकिएको छ । लकडाउनलगत्तै बोलपत्र आह्वान गरेर भवन निर्माणको काम थालिने गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा डा इन्द्रजीत राईले बताए ।

सशस्त्र प्रहरीका इञ्जीनियर प्रहरी नायब उपरीक्षक मिलनमान मास्केसहितको टोलीले गुल्मका लागि प्राप्त जग्गाको बिहीबार स्थलगतरूपमा पुगेर आवश्यक नापजाँच गरेको छ । सुरक्षाका दृष्टिले यहाँको सामरिक महत्व रहेकाले सरकारले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । अन्य क्षेत्रमा सुरक्षाफौज तैनाथ गर्ने योजना रहे पनि पहिलो प्राथमिकतामा यहाँको गुल्म छ । भवन आधुनिक प्रविधियुक्त र यहाँको वातावरण सुहाउँदो बन्नेछ । बाह्रैमहिना चिसो हुने र जाडोको समयमा अत्यधिक हिउँ पर्ने भएकाले त्यस अनुकूलको संरचना निर्माण गरिने छ । ३२ कोठे दुईतले भवन ‘सी’ आकारको बन्नेछ । ग्यास हिटिङसहितको भवन निर्माण गरिने छ ।

भारतीय एसएसबी फोर्स र सेनाले सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेका बेला नेपाली सुरक्षा फौज आउनु महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ । अहिलेको अवस्थामा यहाँ सबैभन्दा ठूलो टेलिफोन समस्या छ । त्योसँगै सडकको पनि समस्या छ । सरकारले यहाँ भएर तिङ्कर जाने ८७ किलोमिटर सडक नेपाली सेनालाई बनाउन जिम्मा दिने निर्णय गरेकाले केही आशा पलाएको छ ।
सन् १९६२ मा भारत–चीनसँगको द्वन्द्वका बेला यहाँको कालापानीलगायत क्षेत्रमा भारतले सेना प्रवेश गराएको थियो । त्यो बेला राखिएको सेना अझै कालापानीमा छ । दार्चुलाका प्रजिअ पौडेलका अनुसार पहिले त्यस आसपास क्षेत्रमा नेपालको पाँच इलाका थियो । तिङकर र छाङ्रु नेपालमा छ । नेपालको तिकु र गुञ्जी भारतीय नियन्त्रणमा छ । भारतले काली नाघेर कालापानी तल भएर बग्ने अर्को नदीलाई कालीको नाम दिई सीमा नदी बनाएर विवाद निकाल्दै आएको छ ।

त्यसैले पनि सरकारले यहाँ गुल्मको सोच राखेर त्यस आसपासका सीमा क्षेत्रमा बिओपी स्थापना गर्ने योजना अघि सारेको हो । सशस्त्र प्रहरीको नं ५० गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले गुल्म बसेपछि सो क्षेत्रको सुरक्षा मजबुत हुने बताए।

भारतले महाकाली नदी किनारकिनारै सडक बनाएर गुञ्जी, कालापानी, हुँदै लिपुभञ्जाङ पु-याएको छ । तर नेपालतर्फ कुनै प्रयास छैन । यस्तो अवस्थामा यहाँ सीमा रक्षाका लागि सुरक्षाकर्मी परिचालन गरीएको छ । “राज्यको उपस्थिति अहिलेका लागि ठूलो हो, सीमा क्षेत्रमा सशस्त्र मात्रै होइन, प्रहरीका दुई समूहसमेत पु-याएकाले आपराधिक गतिविधि नियन्त्रण, जनताको सुरक्षा र सीमा रक्षाका लागि दूरगामी र ऐतिहासिक कदम भएको छ”, प्रजिअ पौडेलले भने । गुल्मका लागि भवन नबन्दासम्म भने मासिक २५ हजार रूपैयाँ भाडा तिर्ने गरी यहाँ सशस्त्रको बिओपी बसेको छ । त्यसको पश्चिमपट्टि १५ रोपनी जग्गामा भवन बन्ने छ ।

गत मङ्सिर २३ गते यहाँलगायत मुलुकका विभिन्न सीमा क्षेत्रमा ११४ बिओपी स्थापना गर्ने निर्णय सरकारले गरेको थियो । यो सहति १४ स्थानमा मात्रै बिओपी स्थापना भएको छ । अन्यत्र हुनसकेको छैन । यहाँको बिओपी राख्ने निर्णय दार्चुला प्रशासनले विसं २०७५ मै गरेको थियो । सोही क्षेत्र हुँदै चीनको मानसरोवर जोड्नका लागि सन् २००८ देखि नै यहाँ भारतले सडक निर्माण गरेकामा अहिले उक्त सडक उद्घाटन भएपछि सीमा विवाद चुलिएको थियो । सरकारले त्यसलगत्तै यही वैशाख ३१ गते छाङ्रुमा सुरक्षाकर्मी पु-याएको छ । नेपाली सेनाको हेलिकोप्टरले तीन दिन लगाएर आज बिहान यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित बन्दोबस्तीको सामान पु-याएको छ । हेलिकोप्टरले आठ ट्रिप गरेको र सो क्रममा १९ हजार किलो सामान लगिएको जनाइएको छ ।

यहाँ २१ जना नेपाल प्रहरी पनि पु-याइएको छ । त्यसमध्ये १२ तिङ्करमा र बाँकी छाङ्रुको नीतिकुण्ड (सीतापुल सीमानजिक) राखिने दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। यहाँको व्यास गाउँपालिका–१ छाङ्रुमा ११५ घरधुरी छ । १० किलोमिटर पर रहेको तिङ्करमा ६८ घरधुरी छ । यहाँ दुवै क्षेत्रमा गरेर एक हजार २२० जनसङ्ख्या रहेका छन् । यहाँबाट माथि कालापानी झण्डै १५ किलोमिटरको दूरीमा पर्छ । तिङ्कर १० किलोमिटरमा पर्छ । तिङ्करबाट लिपुलेक अन्दाजी १० किलोमिटरको दूरीमा रहेको स्थानीय जीतबहादुर बोहराले बताए ।

दार्चुलाबाट उत्तरपूर्वमा पर्ने छाङ्रुबाट लिपुलेक अन्दाजी २५ किलोमिटरको दूरीमा रहेको बताइन्छ । बाटो नभएकाले हिँडेर जान सकिने अवस्था छैन । सशस्त्र प्रहरी आएपछि भने यहाँका स्थानीयमा छुट्टै खुशी छाएको छ । सरकारले शुक्रबारको नीति तथा कार्यक्रममा भारतले मिचेको जग्गा समेटेर नक्सा बनाउने घोषणा गरेको छ ।

भारतीय एसएसबी फोर्स र सेनाले सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेका बेला नेपाली सुरक्षा फौज आउनु महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ । अहिलेको अवस्थामा यहाँ सबैभन्दा ठूलो टेलिफोन समस्या छ । त्योसँगै सडकको पनि समस्या छ । सरकारले यहाँ भएर तिङ्कर जाने ८७ किलोमिटर सडक नेपाली सेनालाई बनाउन जिम्मा दिने निर्णय गरेकाले केही आशा पलाएको छ ।

अन्य क्षेत्रमा थपिँदै लगिने
सरकारले गत मङ्सिर २३ गते यहाँ बिओपी राख्ने निर्णय गरेको थियो । तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ ठाउँमा बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि यो सहित जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सरकारी निर्णयपछि भारतको सीमा क्षेत्रमा १२ र एउटा सङङ्खुवासभाको किमाथाङ्कामा राखिसकिएको छ । तत्कालीन समयमा उत्तरी नाकामा सात र बाँकी दक्षिणी सिमानामा बिओपी राख्ने निर्णय भएको थियो ।

अब हुम्लाको हिल्सा, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङचुङगोला तथा रसुवा र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा क्रमशः बिओपी राख्ने तयारी यसअघि नै गरिएको थियो । तर कार्यान्वयन हुनसकेको थिएन । अहिले भने भारतले सीमा अतिक्रमण गरेपछि मात्रै तत्कालै छाङ्रुमा सशस्त्रको टोली पठाइएको हो ।

हाल कायम रहेको १२० स्थानमा सशस्त्रको सीमा निगरानी चौकी रहेको छ । एउटा चौकीमा ३५ सशस्त्र प्रहरी रहेका छन् । एक सुरक्षा चौकीको दूरी झण्डै १७ किलोमिटरको रहेको छ । यसलाई दूरी घटाउनुपर्ने आवश्यकता छ । भारतमा ५३० स्थानमा बिओपी रहेकाले सरकारले त्यही हाराहारीमा नेपाली सीमा क्षेत्रमा पनि सुरक्षा चौकी स्थापना गर्ने तयारी गरिरहेको छ ।
अर्को समाचार
एसइईको अस्थिरता
१६ चैत्र २०८०
•
३ मिनेट पाठ
एसइईको अस्थिरता
मुलुकभर बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ। यो परीक्षामा पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन्। यसका लागि ७७ हजार पाँच सय जनशक्ति खटाइएको छ। सुरक्षाकर्मी मात्र ३० हजार परिचालन गरिएको छ। विभिन्न विद्यालयले यो परीक्षामा सहभागी हुने आफ्ना विद्यार्थी फूलमाला पहि¥याएर बिदाइ गरेका छन्। यी सबै घटना प्रसंगले पुष्टि गर्छन् कि एसइइ ठूलै घटना हो।




परीक्षा कुनै पनि विषय/क्षेत्रमा उसको निपूर्णता मापन गर्ने एक माध्यम हो। यसरी मापन गर्दा त्यो सोचे जस्तो भएन भने आकासै खसिहाल्दैन। त्यसैले परीक्षा औपचारिक पढाइका क्रममा सामान्य प्रक्रिया हो। तर नेपालको सन्दर्भमा माथिका तथ्यांकले पुष्टि गर्छन् कि परीक्षालाई निकै ठूलो घटनाका रूपमा प्रष्ट्याउन खोजिएको छ। सोझो अर्थमा भन्दा एसइइलाई बालबालिकालाई तर्साउन फेरि प्रयोग गरिएको छ। विगतमा एसएलसीलाई ‘फलामे ढोका’का रूपमा यसरी नै चित्रण गरिएको थियो।

परीक्षाका लागि प्रयोग गरिएका भनिएका यति ठूलो जनशक्ति एसइइका लागि आवश्यक थियो त ? खासमा यति जनशक्ति प्रयोग गर्नुको अर्थ उनीहरूले परीक्षाका क्रममा अरू कुनै माध्यमबाट सार्न नसकून् भनेरै हैन ? हाम्रो पढाइ र प्रश्नपत्रलाई मौलिक बनाउन सकेको भए परीक्षार्थीले चोर्ने त्रास पाल्नुपर्ने थिएन। नचोर्ने भएपछि यतिका जनशक्ति चाहिने थिएन। त्यसैले मौलिक पाठ्यक्रम र प्रश्नपत्र बनाउने काममा शिक्षा क्षेत्र जिम्मा लिएको नेतृत्व चुक्दै आएको छ। यसबापतको मूल्य भने यसैगरी अनावश्यक जनशक्तिमार्फत चुकाउनु परिरहेको छ।

अर्कोतर्फ ३० हजार हाराहारीका सुरक्षाकर्मीको व्यवस्था पनि यही ‘चोर्ने’ र ‘चोराउने’ विषयसँग सम्बन्धित छ। झगडा गर्छन् र छुट्याउनुपर्छ भनौँ भने त्यसको मुख्य कारण पनि यही हो। अन्य कारणले हुने झैझगडाका लागि यति धेरै सुरक्षाकर्मी शायदै आवश्यक पर्छ। त्यसैले शान्ति सुरक्षाका लागि खटिनुपर्ने सुरक्षा निकायका कर्मचारी परीक्षार्थीको सम्भावित चोराइ रोक्न खटिनुपर्ने अवस्था हाँस्यास्पद छ। यसले पनि नेपालका शैक्षिक जिम्मेवारी सम्हालेर बसेकाहरूको सोचाइ र ज्ञान मापन गर्न सकिन्छ।

यति मात्र हैन, हाम्रो शिक्षा नीतिमा एकरूपता छैन। न कुनै अडान नै छ। कहिले ग्रेडिङ प्रणाली भनेको छ। कसैलाई पनि फेल नगराउने नीति लिइएको छ। कहिले त्यसलाई परिवर्तन गरेर पास र फेल हुने निर्णय गरिन्छ। कहिले पास हुन यति ल्याउनै पर्ने भनिन्छ अनि कहिलेचाहिँ त्यसलाई फेरि घट–बढ गरिन्छ। शिक्षा क्षेत्रमा यति धेरै नीतिगत परिवर्तन किन ? जाँचले मात्र उचित जनशक्ति तयार हुने हो र ? के मुलुकको शिक्षा क्षेत्र हाँक्ने ठाउँमा बसेकाले गर्ने निर्णयको कुनै आधार चाहिन्न ? व्यक्तिको मात्र नभएर सिंगै राष्ट्रको समेत भविष्य गाँसिएको शिक्षा जस्तो क्षेत्रमा गरिने निर्णय ‘गाई कि त्रिशूल?’ खेल जस्तो गराउन पाइन्छ?

अघिल्लो पटकसम्म एसइइमा सहभागी भएपछि कोही फेल हुनु नपर्ने, सबै पासको नीति थियो। अहिले आएर फेरि पास र फेलको व्यवस्था गरिएको छ। यसको सरकारी कारण छ कि नयाँ पाठ्यक्रमअनुसार परीक्षा लिनु। अनि कोही फेल हुनु नपर्ने ग्रेडिङ प्रणालीले पढाइको स्तर कमजोर बनायो रे। ठीक छ, ग्रेडिङ प्रणालीमा यस्तो समस्या आयो भने यसबारे यो लागु गर्नुअघि नै किन सोचिएन? कसैलाई मन लाग्दैमा त्यस्तो प्रणाली लागु गरिएको हो भने त्यस्तो प्रणाली लागु भएबापत विद्यार्थी, अभिभावक र सिंगो शैक्षिक क्षेत्रमा पुगेको क्षति कसले बेहोर्छ? अहिले लागु गरिएको पास/फेलले पनि अर्को विकृति नल्याउला भन्ने के छ? यसबारे पनि पर्याप्त छलफल भएको हो वा होइन?

यी यावत् पक्षमा सोचविचार नगरुन्जेल नेपालको माध्यमिक शिक्षा परीक्षा मात्र हैन, सिंगो शैक्षिक क्षेत्र अनिश्चयको भूमरीमा पर्छ। मुलुकले सबैभन्दा बढी लगानी गर्ने शिक्षा क्षेत्रलाई केही व्यक्तिलाई मनमा लागेका कुरा परीक्षण गर्ने प्रयोगशाला बनाउन पाइन्न। यसका लागि पर्याप्त आधार, अनुसन्धान हुनुपर्छ। कसैलाई केही लागेका भरमा नीति परिवर्तन गरिरहने, त्यो पनि लामो समय टिक्न नसक्ने र त्यसको शिकार सामान्य शिक्षार्थी भइरहने अवस्था चिन्ताजनक छ। जाँचले मात्र राम्रो जनशक्ति उत्पादन हुँदैन, पढाइ नै सर्वोपरि हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस