नेपाल क्रिकेटको क्वार्टरफाइनलमा
०६ मंसिर २०६७
•
६ मिनेट पाठ
नेपाल क्रिकेटको क्वार्टरफाइनलमा
अजय फुयाँल, ग्वान्जाउ, मंसिर ६ - दक्षिण एसियाली प्रतिद्धन्द्वी माल्दिभ्समाथी ७५ रनको प्रभावशाली विजय दर्ता गराउदै नेपाल ग्वान्जाउ एसियाडअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा पुगेको छ। नेपाल अघिल्लो दिन हडकडसंग ३० रनले पराजित भएको थियो।

मंगलबार हुने माल्दिभ्स र हडकड बीचको समूह चरणको अन्तिम खेलले नेपालले क्वार्टरफाइनलमा को सँग खेल्ने भन्नेमात्र अर्थ राख्नेछ। हङकङले माल्दिभ्सलाई पराजित गरेमा नेपालले क्वार्टरफाइनलमा प्रशिक्षक रोय लुक डायसको राष्ट्र श्रीलंकाको सामना गर्ने सम्भावना छ। माल्दिभ्सले अनेपक्षित नतिजा निकाल्दै हङकङमाथी ठुलो विजय हात पारेमा नेपाल समूह विजेता बनी अफगानिस्तानलाई क्वार्टरफाइनलमा प्रतिद्वन्द्वीको रूपमा पाउने छ।

'श्रीलंकाविरुद्धको खेल हाम्रा लागि आफैमा अवशर हो। हामी त्यो खेलमा दवावमा हुनेछैनौ। क्रिकेट हो, हाम्रो पनि सम्भावना छ। त्यो दिन लागेमा हामी अर्को इतिहाँस बनाउनेछौ,' नेपाली टोलीका श्रीलंकाली प्रशिक्षक डायसले नागरिकसंग सम्भावित क्वार्टरफाइनल खेलबारे भने, 'नतिजा जस्तो भएपनि हाम्रा केटाहरुले राम्रो टोलीविरुद्धको अनुभव संगाल्ने अवशर पाउनेछन।'

टस जितेर व्याटिड रोजेपछि ओपनर विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनबाट नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २९ रन बनाएको थियो। विनोदले २२ बलमा पाँच चौकाका साथ ३२ रनको सानदार इनिड खेलेपछि नेपालले चुनौतीपुर्ण लक्ष्य बनायो। १५ रन बनाएको अवस्थामा अर्का ओपनर अनिलकुमार मण्डल (२) हसन इब्राहिमको बलमा एलबीडव्लु तथा त्यसपछि उपकप्तान ज्ञानेन्द्र मल्ल ५ रनमा आउट भए पनि नेपालको इनिड धर्मराउन पाएन।

विनोदले कप्तान पारश खडकासंग तेस्रो विकेटमा ३१ रनको साझेदारी गरी इनिङ उकासेका थिए। पारसले १९ बलको आफ्नो इनिडमा दुई चौकाका साथ २५ रन बनाए। अहमद निसान नासिरको बलमा बोल्ड भएर चौथो विकेटका रुपमा आफै पवेलियन फर्कनुअघि विनोदले शरद भेषावकरसंग १४ रनको साझेदारी गरे। शरदले १५ बलमा १४ रन बनाए।

नेपालका लागि बशन्त रेग्मीले १५ र पृथु बास्कोटाले ९ रनको योगदान गरे। रेग्मीले १९ बल खेल्दै एक चौका प्रहार गरे भने आठौ नम्बरमा व्याटिडका लागि गएका पृथुले ९ रन बनाउन १० बल सामना गरे। महेश क्षेत्री १० र विनोद दास १ रनमै पवेलियन फर्किए।

जवाफमा माल्दिभ्सले पूरा २० ओभर खेली ८ विकेट गुमाउदै ५४ रनमात्र बनाउन सक्यो। राहुलकुमार विश्वकर्माले ३, पृथुले दुई तथा सरद र महबुब आलमले एक/एक विकेट लिए। माल्दिभ्सका लागि सरफराज जलिल (१३) र अहमद हसन (११) बाहेक कसैले दोहोरो स्कोर गर्न सकेनन। माल्दिभ्सका कुनै खेलाडीले चौका प्रहार गर्न सकेनन्।

नेपालका कप्तान पारस खडकाले अघिल्लो खेलको तुलनामा सोमबार प्रदर्शनमा सुधार आएको बताउदै आगामी दिनमा अझै सुधरिएर प्रस्तुत हुने अपेक्षा व्यक्त गरे। 'आज खासगरी विनोद भण्डारी र पृथु बास्कोटाजस्ता युवा खेलाडीले राम्रो खेले। हाम्रो आगामी खेल सम्भवत श्रीलंकासंग पर्नेछ। हामी त्यो खेलमा थप सुधारिएर प्रस्तुत हुनेछौ। श्रीलंका पक्कै हामीभन्दा राम्रो छ, ट्वान्टी २० खेल हो भन्न सकिन्न,' पारसले भने।

यसैगरी नेपाली टोलीका प्रशिक्षक डायसले व्याटिडमा सुधार आएपनि अझै रन बनाउन नपुगेको प्रतिक्रिया दिए। 'प्रतियोगिताको आगामी खेलका लागि हामीमा थप सुधारको आवस्यकता छ। आज हामीले अझै ३० रन बढि बनाउन सक्नुपर्थ्यो। जित्नु राम्रो हो, तर यसमै खुसी हुन सकिन्न, सुधार जरुरी छ,' उनले भने। प्रशिक्षक डायसले ग्वाडडडको मैदान धेरै ठुलो भएकाले यहाँ छक्का हान्न खोज्नु नहुने बताउदै नेपाली खेलाडीले दुवै दिन यस्तै गल्ती गरेको बताए। छक्का हान्ने प्रयासमा कप्तान पारस आउट भएको उनको ठम्याई छ।
अर्को समाचार
नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलमा, स्क्वासमा महिला सिंगल्समा विपनाको जित
१५ असोज २०८०
•
६ मिनेट पाठ
नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलमा, स्क्वासमा महिला सिंगल्समा विपनाको जित
बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले १९औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार माल्दिभ्समाथि एक सय ३८ रनको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपालले कमजोर टोली माल्दिभ्समाथि सहज जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । अब क्वार्टरफाइनलको ‘ड्र’ सोमबार हुनेछ भने यसका खेल मंगलबार र बुधबार सुरु हुनेछन् । नेपाल क्वार्टरफाइनल खेल जित्दै अघिल्लो चरणको यात्रा तय गर्न चाहन्छ । मंगोलियाविरुद्धको पहिलो खेलमा कीर्तिमानको वर्षा गर्दै फराकिलो जित निकालेको नेपालले माल्दिभ्सविरुद्ध पनि सोही किसिमको नतिजा दोहोर्यायो ।

दुई सय १३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७५ रनमा नै अलआउट भयो । नेपालका अविनाश बोहोराले ६ विकेट लिँदै माल्दिभ्सको इनिङ धराशयी बनाए । सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो । माल्दिभ्सका लागि अब्दुल घानीले सर्वाधिक ३६ रन बनाए । उनले सन्दीपको बलमा छक्कासहित अन्य बलरलाई पनि बाउन्ड्री प्रहार गरे । उनी १६औं ओभरको पहिलो बलमा नै कुशल भुर्तेलद्वारा क्लिन बोल्ड भए ।  

त्यसअघि घानीले ३४ बलमा समान दुई चौका र छक्का हिर्काए । रसम रसिद १२ रनमा नटआउट रहँदा फरिद सिउसले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र माल्दिभ्स इनिङको दुई बलअगाडि नै समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १२ रनको विशाल योगफल खडा ग¥यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ बनाए ।

सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको नेपालले इनिङको अन्त्यसम्म पनि सोही प्रदर्शन जारी राख्यो । कुशल मल्ल २० बल खेल्दै ४७ रनमा नटआउट रहे । उनको इनिङमा समान तीन छक्का र चौका रह्यो । मध्यक्रमका ब्याटर गुल्सनले ३५ रन जोड्दा ओपनर कुशल भुर्तेलले पनि ३५ रन नै बनाए । तेस्रो ओभरको तेस्रो बलमा नै ओपनर आसिफ सेखलाई गुमाए पनि नेपालले आक्रामक ब्याटिङ भने जारी राख्यो । माल्दिभ्सको बलिङमा बाल्देउ स्माइलले तीन विकेट तथा नासिर नेर स्माइल, मिउभान मोहम्मद र थोलल रायनले समान एक विकेट लिए पनि नेपाललाई विशाल योगफलबाट रोक्न सकेनन् ।

नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनायो । अब नेपालले क्वार्टरफाइनलमा पाँच टेस्ट टोलीमध्ये भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीका कप्तान रोहित पौडलले आफूहरूले यो पिचमा खेलिसकेकाले त्यसको फाइदा पनि हुने र क्वार्टरफाइनलमा पनि सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् । उनले अविनाश ट्वान्टी–२० क्रिकेटमा राम्रो बलर रहेको र उनको लय फर्कनु सुखद पक्ष रहेको धारणा राखे । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अविनाशले यो पिचमा ब्याटिङ गर्न त्यति सहज नरहेको उल्लेख गर्दै यहाँबाट पदक लिएर फर्किने विश्वास रहेको बताए ।  

एथलेटिक्स : फूलमती १५औं स्थानमा

नेपालकी फूलमती राना हानझाउमा जारी १९औं एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५औं स्थानमा खुम्चिएकी छन् ।

हानझाउ ओलम्पिक स्टेडियममा आइतबार भएको १५ सय मिटरको दौड उनले १५औं स्थानमै रहेर पूरा गरिन् । उनले उक्त दूरी पूरा गर्न चार मिनेट ३७.६४ सेकेन्डको समय लगाइन् । यो समय फूलमतीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा चार मिनेट ४९.२२ सेकेन्डको समय निकालेकी थिइन् । आइतबार पूmलमतीले लाओस र पाकिस्तानकी खेलाडीलाई पछि पारिन् ।  

यस विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कांस्य जिते । स्वर्ण विजेता मुतिलले चार मिनेट ११.६५ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । पूmलमतीले अब आठ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।  

स्क्वास :विपनाको जित

नेपालकी विपना ब्लोनले जारी १९औं एसियाली खेलकुदअन्तर्गत स्क्वासमा महिला सिंगल्सतर्फ अन्तिम ३२ को खेलमा जित निकालेकी छन् ।  

हानझाओ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आइतबार भएको खेलमा थाइल्यान्डकी चुजित वारितसरालाई हराएकी हुन् । थाइल्यान्डका प्रतिद्वन्द्वीले चुनौती दिने प्रयास गरे पनि विपना सफल भइन् । उनले चुजितलाई ११–७, ११–७ र ११–८ ले पराजित गरिन् । विपनाले १५ मिनेटमा खेल आफ्नो बनाइन् । महिला सिंगल्सकै अन्तिम ३२ मा नेपालकी कृष्णा थापाले भने खराब प्रदर्शन गरिन् । कृष्णाले दक्षिण कोरियाकी ली जिहुनसँग निरीह प्रदर्शन गरेकी हुन् । पहिलो सेटमा ११–३ को फराकिलो अन्तरले पछि रहेकी कृष्णाले दोस्रो सेटमा खाता नै खोल्न सकिनन् ।

तेस्रो सेट पनि कृष्णाले ११–३ ले नै गुमाइन् । उनले ११ मिनेटभित्र नै विपक्षीलाई खेलको नतिजा सुम्पिइन् । पुरुष सिंगल्समा पनि अरहन्तकेशर सिंहाले मलेसियाका माई बिन बहतियारसँग ११–५, ११–३ र ११–३ को निराशापूर्ण प्रदर्शन गरे । नेपालले मिक्स डबल्समा पनि खराब प्रदर्शन गर्यो । स्वस्थानी श्रेष्ठ र अमिर भ्लोनको जोडीले हङकङका ली का ई र वङ ची हिमको जोडीसँग ११–१ र ११–३ को सहज रूपमा हार बेहोर्यो। पाँच राष्ट्र रहेको समूह ‘सी’ मा नेपालले दोस्रो खेल सोमबार मलेसियासँग खेल्नेछ ।  

आर्चरी : चारै खेलाडी छनोट चरण पार गर्न सफल

आर्चरीको पहिलो दिन आइतबार नेपालका चार खेलाडीले पहिलो चरण पार गरेका छन् । फुयाङ यिन्हु स्पोर्टस सेन्टर फिल्डमा आइतबार नेपालका चारै खेलाडी पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिलामा इमायुङ राई र मन्जु बजगाईंले छनोट चरण पार गरेका हुन् । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मञ्जुले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो । फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीको ७ सय पूर्णाङ्कमा पुरुषतर्फ ५२ वर्षीय योगेन्द्रले ६ सय २२ तथा महिलामा इमायुङले ६ सय ४७ को प्रदर्शन गरे । योगेन्द्र नेपालबाट सहभागी भएका सबैभन्दा पाका खेलाडी हुन् ।

दुई हप्तासम्म सञ्चालन हुने एसियाली खेलकुदमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीको पहिलो हप्ताको प्रतिस्पर्धा पूरा भएको छ ।

पहिलो हप्ताको खेल प्रतिस्पर्धा पूरा हुँदा चीनले पदकतालिकमा फराकिलो अन्तरले अग्रता बनाइरहेको छ भने उसलाई दक्षिण कोरिया र जापानले पछ्याइरहेका छन् । यो रिपोर्ट तयार पार्दासम्म चीनले १३० स्वर्ण पदक जितेको छ । आयोजक राष्ट्रले दक्षिण कोरियाविरुद्ध सय स्वर्णभन्दा बढीले अग्रता बनाएको छ । दक्षिण कोरियाले ३० र जापानले २९ स्वर्ण जितेका छन् । ८० हजार क्षमता रहेको ओलम्पिक स्पोर्टस सेन्टर स्टेडियममा खचाखच दर्शकका बीच चीनले भव्य समारोहको उद्घाटन गरेको एक हप्ता बितिसकेको छ ।

थ्री डी एनिमेसन र भर्चुअल टर्चवाहक यस एसियाली खेलकुदको उद्घाटन समारोहको विशेषता हो । यस पटक चार सय ८१ विधामा प्रतिस्पर्धा हुँदा ओलम्पिकमा भन्दा यहाँ धेरै राष्ट्रले पदक जित्ने सम्भावना पनि छ । यद्यपि, नेपालले भने अहिलेसम्म पदक जित्न सकेको छैन । यस पटक चीनले ‘माइन्ड गेम’ (दिमाखको खेल) भन्दै ब्रिज, चेस र चाइनिज चेसका साथै ई–स्पोटर््स ‘लिग अफ लिजेन्ड’ लगायत खेल प्रदर्शन भइरहेको छ । चीनले करिब ९ सय खेलाडी संख्यामा घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको छ ।  

तीमध्ये चीनलाई स्वर्ण दिलाउने सबैभन्दा कान्छी खेलाडी १३ वर्षीया स्केटबोर्डर हुन् । सुई चेन्छीले महिला स्ट्रिट स्केटबोर्डमा स्वर्ण पदक जितिन् । उनी आगामी वर्ष पेरिस ओलम्पिकमा समेत प्रतिस्पर्धा गर्दै छिन् । एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिरहेका ९ खेलले ओलम्पिकको छनोट चरणका लागि पनि खेल्नेछन् । आर्चरी, आर्टिस्टिक पौडी, बक्सिङ, ब्रेकिङ, हकी, मोडर्न पेन्टाथलन, सेइलिङ, टेनिस र वाटर पोलोले आगामी ओलम्पिकका लागि यहाँबाट नै छनोट चरण पार गर्नेछन् ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस