काठमाडौ, असोज ९ (नागरिक)- भोला सिलवालको निर्णायक गोलमा नेपाल पुलिस क्लब दशरथ रंगशालामा चालु सेनमिगल 'ए' डिभिजन नकआउट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
यसै बर्ष पुनः 'ए' डिभिजन क्लबमा बढुवा पाएका बौद्ध क्लबविरुद्ध क्वाटरफाइनल खेलमा भोलाले पहिलो हाफको १९ औं मिनेटमा रमेश कटुवालबाट पाएको उत्कृष्ट पासलाई सदुपयोग गरे। गत सिजन लिग जित्दाको लयमा नदेखिएको पुलिसका लागि गोल थप्ने थुप्रै अवसर प्राप्त भएको थियो। २७ मिनेटमा जितेन्द्र सिंह विष्ट गोल गर्नबाट चुके। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा योगेश श्रेष्ठपनि चुकेका थिए। पुलिसका सफल प्रशिक्षक विराटकृष्ण श्रेष्ठले छोटो तयारीमा पनि नतिजा आफ्नो पक्षमा पर्न गएकोमा खुसी जनाए। 'हाम्रो तयारी फितलो थियो', उनले भने। यस्तै, बौद्धका प्रशिक्षक अर्जुन लामाले पनि नयाँ टोली निमार्ण गर्न समय खर्चिनु परेकोले खासै तयारी गर्न नपाएको गुनासो सुनाए। 'आउँदो प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने आशा लिएको छु', उनले भने। राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजेश शाहीको कप्तानीमा बौद्धले पनि गोल गर्ने केही अवसर चुकाएको थियो। बौद्धले पहिलो खेल बाइ पाएको थियो।