चितवन– नेपाल पुलिस क्लब र मध्यमाञ्चल महिला राष्ट्रिय लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार नारायणगढ क्याम्पाचौरमा भएको समूह ‘क' अन्तर्गतको खेलमा पुलिसले पुर्वाञ्चललाई ४–० ले पराजित गर्योण। समूहका सबै तीन खेल जितेको पुलिस विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको हो।पुलिसका लागि निरु थापाले २ गोल गरिन भने निर्मला सुनार र यसोदा लामाले १–१ गोल गरे। यसैगरी मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलाई ३–० को नतिजामा हराउँदै समूहको उपविजेताका रुपमा सेमिफाइनलमा स्थान पक्का गर्योच। मध्यमाञ्चलका लागि एसिसा जिम्बा, रोजिना माझी र सपना बस्नेतले गोल गरे।
समूह ‘ख' मा अन्तिम चरणका खेल शनिबार हुदैछन्। समूह चरणका अन्तिम खेलअघि नै समान २ खेल जितेका आर्मी र एपिएफ क्लब सेमिफाइनल पुगिसकेका छन्। शनिबार आर्मी र एपिएफबीचको खेलले समूह विजेताको टुंगो लगाउनेछ।
समूह ‘बी' को अर्को खेलमा पश्चिमाञ्चल सुदूर पश्चिमाञ्चलले खेल्नेछन्। लगातार दुई खेलमा पराजय भोगेका पश्चिमाञ्चल र सुदूर पश्चिमबीचको खेल औपचारिकता लागि मात्र हुनेछ। प्रतियोगिताको सेमिफाइनल असोज ६ गते र फाइनल असोज ८ गते हुने आयोजक अखिल नेपाल फुटबल संघले जनाएको छ।
जारी प्रतियोगितामा पाँच क्षेत्रीय टिम सहित पुलिस, आर्मी र एपिएफ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।