सरोकारवाला र स्थानीयको चर्को विरोधका बाबजुद २००७ सालका क्रान्ति योद्धा स्वर्गीय नारदमुनि थुलुङ राईको सालिक अनावरण हुने भएको छ । परिवारका सदस्य, आफन्तजन र स्थानीयवासीको असहमति तथा नारद मुनि थुलुङ स्मृति परिषद्को सहमति बेगर सालिक अनावरण गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत कार्यक्रम रोक्न आग्रह गरे पनि बुधकार निर्धारित समयमै सालिक अनावरण गरिने भएको छ ।
चौदण्डीगढी नगरपालिकाले मदन भण्डारी लोकमार्गमा पर्ने ४ नं. वडाको बसाहास्थित बर्खेडाँडा चोकमा ३ दशकअघि राखिएको अद्र्धकदको थुलुङको पुरानो सालिक हटाएर नयाँ पूर्णकदको राख्न लागेको छ । सालिक अनावरण गर्न प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलाई नगरपालिकाले बोलाएको छ ।
बिहान १०ः०० बजे अनावरण गर्ने भनिएको सालिक विवादका कारण दिउँसो १ः०० बजे गर्ने गरी समय संशोधन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले निर्धारित समय अनुसार अनावरणका लागि मुख्यमन्त्री कार्की विराटनगरबाट हिँडिसकेको खबर आएको बताए । तर, पौने २ः०० बजे (यो समाचार तयार पार्दा)सम्म मुख्यमन्त्री कार्यक्रम स्थल आई नपुगेको सिडिओ घिमिरेले बताए । ‘उहाँ आउँदै हुनुहुन्छ भन्ने खबर आएको छ’ उनले भने ‘तर, यहाँ आइपुग्नु भएको छैन ।’
सिडिओ घिमिरेले केही संस्था र व्यक्तिहरुले कार्यक्रम रोक्न आग्रह गर्दै दिएको ज्ञापन पत्र प्राप्त भएको तर, पूर्व निर्धारित कार्यक्रम रोक्न नमिलेकाले सिडिओ घिमिरेले बताएका छन् । कार्यक्रमलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मिलाइएको पनि उनले बताए । कार्यक्रम स्थलदेखि आसपास हुँदै उदयपुर र सुनसरीको सिमानाका चतारादेखि चौदण्डीगढी सदरमुकाम बेलटार बजारसम्मै मदन लोकमार्गभरी सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई बाक्लो परिचालन गरिएको छ ।
यसअघि कार्यक्रम रोक्न र मुख्यमन्त्रीलाई जिल्ला आउनबाट रोक्न ज्ञापन पत्र दिँदै स्थानीय राजनीतिक दलहरु र पहिचान पक्षधरले प्रशासनको ध्यानाकर्षण गराएका थिए । बुधबार गर्ने भनिएको सालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री कार्कीलाई आउनबाट रोक्न उनीहरुले संयुक्त ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए ।
नेपाली कांग्रेसका नेता राजेन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष दिनेश राई, जनता समाजवादी पार्टीकी अञ्जना राई, स्मृति परिषद्का अध्यक्ष भीम बान्तवा राई, किरात राई यायोक्खा उदयपुर, आदिवासी जनजाति महासङ्घ चौदण्डीगढी अध्यक्ष मनकुमार राईले संयुक्त ज्ञापन पत्र बुझाउँदै आफूहरूको असहमतिका बाबजुद कार्यक्रम नगर्न सचेत गराएका थिए ।
एमाले बाहेकका स्थानीय राजनीतिक दलहरु, थुलुङ परिवार, उनका आफन्तजन र थुलुङको नाममा स्थापना भएर दशकौँदेखि क्रियाशील रहेको ‘नारद मुनि थुलुङ स्मृति परिषद्, नेपाल’सँग सरोकारै नराखी उनीहरूको सहमतिबेगर फलामे सालिक फालेर फाइबरको सालिक राख्न खोजको भन्दै उनीहरुले चर्को विरोध गरिरहेका छन् ।
मुख्यमन्त्री कार्कीलाई पहिचान विरोधीको रुपमा आरोपित गर्दै स्मृति परिषद् र थुलुङ परिवारको सहमतिबेगर फलामे सालिक फालेर फाइबर सालिक राख्न खोज्नुले नगरपालिकाले द्वन्द्व निम्त्याउन खोजेको आरोप उनीहरूको छ ।