सामाजिक सञ्जाल विधेयक : सरकारको नियतमाथि प्रश्न
२१ माघ २०८१
•
६ मिनेट पाठ
सामाजिक सञ्जाल विधेयक : सरकारको नियतमाथि प्रश्न
सरकारले 'सामाजिक सञ्चालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गराएको छ। 




विधेयकलाई लिएर यसबेला पक्ष-विपक्षमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित अरु पार्टी, पत्रकार सङ्गठनहरू र नागरिक समाजहरूले यसको विरोध गरेका छन्।

विधेयकमा कतिपय प्रावधान नेपालको संविधानसँग बाझिने गरी राखिएका छन् भने कतिपय शब्द-शब्दावली अपुष्ट र अपुरा छन्। अर्थात्, त्यहाँ थुप्रै त्यस्ता 'लूप होल' छन्, जहाँ सरकारले आफूअनुकूल व्याख्या गर्न सकोस्। विधेयकको विरोध हुनुको मुख्य कारण यही हो।

अर्कोचाहिँ यससम्बन्धीका सबै कारबाहीमा स्वयम् सरकार वादी हुनेछ। अर्थात्, त्यस्ता लूप होलहरूमा आफूअनुकूल अर्थ्याउन सहज होस्।

यससँगै यस्ता विधिविधिको कारबाही र्‍यापिड सेस्पोन्स टिममार्फत गर्ने भनिएको छ। साधारणतया: र्‍यापिड रेस्पोन्स टिम त्यतिखेला बनाइन्छ, जतिबेला जनहितका लागि तत्कालै केही काम गरिहाल्नुपर्ने हुन्छ। जस्तै: कुनै प्राकृतिक विपद् आयो। तर, सरकारले र्‍यापिड रेस्पोन्स टिम यसका लागि बनाउने प्रावधान राखेको छ।

अब विधेयकका संविधानसँग बाझिने प्रावधान र त्यसका लूप होलबारे चर्चा गरौँ।

विधेयक नेपालको संविधानको धारा १७ र १९ सँग स्पष्ट रूपमा बाझेको देखिन्छ। संविधानको १७ ले स्वतन्त्रताको हकको सुनिश्चितता गरेको छ। त्यहाँ भनिएको छ, 'कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन।'

तर, विधेयकमा वैयक्तिक स्वतन्त्रको त के कुरा; सामाजिक सञ्जालमा पोष्ट, सेयर, लाइक, रिपोष्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब,कमेन्ट, ट्याग, ह्यासट्याग वा मेन्सन गर्दा पनि कारबाहीको भागिदार बन्नुपर्ने प्रावधान राखिएको छ।

विधेयकको दफा १६ को २ मा भनिएको छ, 'गलत मनसायले सामाजिक सञ्जालमा पोष्ट, सेयर, लाइक, रिपोष्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग वा मेन्सन गर्न हुँदैन।'

लाइक, कमेन्ट गरिएकै कारणले भन्ने त प्रष्ट छ तर, 'गलत मनसाय'ले भन्ने शब्दावली अस्पष्ट छ। यसका सीमा र अर्थ स्पष्ट छैन। उक्त प्रावधानलाई हेर्ने हो भने यसमा कोही-कसैले 'गलत मनसायले गरेको थिइनँ' भन्यो भने फार्से पाउन सक्छ।

अर्थात्, यसमा यस्तो लूप होल छ, जहाँ सरकारका मान्छेहरू नफसून्। सरकारका मान्छेहरूले विधेयकमा राखिएका प्रावधानविरुद्धका कार्य गरे र यो प्रावधान आकर्षित भएपछि उनीहरूले भन्ने छन्, 'मैले गलत मनसायका साथ गरेको थिइनँ'। अब उनीहरू उम्किनेछन्? स्पष्ट छैन।

यसमा पाँच लाखसम्म जरिबाना हुनसक्ने प्रावधान राखिएको छ।

यस्तै नेपालको संविधानको धारा १९ ले सञ्चारको हकको प्रत्याभूत गरेको छ। त्यहाँ भनिएको छ, 'विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्य-दृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्नपूर्व प्रतिबन्ध लगाइने छैन।'

१९ कै २ मा थप प्रष्ट पारिएको छ, 'कुनै श्रव्य, श्रव्य-दृश्य वा विद्युतीय उपकरणको माध्यम वाछापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनैसामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापेबापत् त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन।'

तर, अर्कोतिर विधेयक संविधानको यो प्रावधानलाई पनि ङ्याक्छ। विधेयकको दफा १६ को १ को 'क'मा तस्बिरको ट्रोल बनाउनेसम्मलाई कारबाही गर्ने भनिएको छ। कहाँको सञ्चारको हक!

तर, यसमा पनि ट्रोल शब्द अस्पष्ट छ। अर्थात्, यसमा पनि सरकारले आफ्ना मान्छेहरूको संरक्षणका खातिर खेल्ने ठूलै ठाउँ निकालेको देखिन्छ। ट्रोलका सीमा र अर्थबारे विधेयक केही बोल्दैन। हुनसक्छ, सरकारका मान्छेहरूले यसमा आफूअनुकूल व्याख्या गर्नेछन्।

संविधान (बायाँ) र विधेयक (दायाँ)।
विधेयकको दफा २० को १ मा 'गोप्य जानकारी खुलासा' गर्न नहुने प्रावधान छ। यो अझ आपत्तिजनक छ। सरकारका कमी कमजोरी वा अहिलेको जल्दोबल्दो समस्या बनेका भ्रष्टाचार, कमिसन, घुसलगायतका कुरा खुल्ला हुँदैनन्, सबै गोप्य नै हुन्छन्। यसो हो भने कुनै पत्रकारले सूचना पायो र समाचार बनायो भने ऊ सजायको भागिदार बन्नुपर्ने हुन्छ। सिधासिधी रूपमा यही बुझिन्छ।

सरकारको मनसाय हुनसक्छ, आफ्ना कमी कमजोरीहरू बाहिर नआऊन्। यदि आइहाले बाहिर्‍याउने मान्छेहरूलाई दण्डित गर्न सकियोस्। 

हुन त विधेयकको सैद्धान्तिक अवधारणामा 'मौलिक हकको रूपमा संरक्षित विचार र अभिव्यक्तिको स्वतन्त्रता कायम गर्दै सञ्चार र गोपनीयताको हक विद्युतीय माध्यममा समेत सुनिश्चित गर्न' भनिएको छ। तर, वास्तविकतामा त्यस्तो देखिँदैन।

विधेयकले वाक् स्वतन्त्रता, गोपनीयता र सञ्चारको हकमाथि प्रहार गरेको छ। विधेयकको दफा १२ को 'ञ'मा भनिएको छ, 'यस ऐनबमोजिम जाँचबुझ वा कसूरको अनसुन्धान गर्ने प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताको विवरण (युजर डिटेल) सम्बन्धित निकायलाई उपलब्ध गराउने।'

अर्थात्, प्रयोगकर्ताको गोपनीयता रहने अवस्था देखिँदैन। जबकि, उसले आफ्नो सबै डाटा सम्बन्धित निकाय अर्थात् नियमनका लागि बनेको विभागतलाई बुझाउनुपर्नेछ। यदि यसो गरिए २५ लाखदेखि एक करोडसम्म सजाय हुने भनिएको छ।

सरकारको नियतमाथि प्रश्न

त्यसो त सामाजिक सञ्जालमा नियमन गर्नुपर्ने थुप्रै त्यस्ता विषयहरू छन्। विधेयकमा सबै नराम्रा मात्रै प्रावधान छैनन्। तर, विधेयकका माथि उल्लिखित प्रावधानहरू भने नागरिक (प्रयोगकर्ता)का वाक् स्वतन्त्रता, गोपनीयता र सञ्चारको हकलाई ङ्याक्नेखाले छन्।

अझ अगाडि बढेर भन्ने हो भने सरकारले सामाजिक सञ्जाल विधेयकमार्फत आफ्ना विरोधीहरूलाई थुन्ने र थुनिरहने नियत राखेको देखिन्छ। विधेयकको दफा २८ मा 'मिटरब्याजी सजाय' प्रतिपादन गरेको छ।

विधेयकको २८ को २ भन्छ— यस ऐनबमोजिमको कुनै कसूर एक पटकभन्दा बढी गर्ने कसूरदारलाई पटकैपिच्छे त्यस्तो कसूरमा हुने सजायको दोब्बर सजाय हुनेछ।

अर्थात्, सजाय ब्याजको स्याज हुनेछ, थपिँदै जानेछ। यसर्थ, सरकारको नियतमाथि नै प्रश्न उठ्ने अधिकारकर्मी श्याम बाबु काफ्ले बताउँछन्। 'विधेयक अस्वाभाविक जस्तो लाग्छ। त्यसैले धेरैले विधेयक बनाउँदाको नियमतमाथि पनि प्रश्न उठाएको देखिन्छ। सजायका कुराहरू एकदमै अस्वाभाविक छन्,' काफ्लेले भने।

संविधान (बायाँ) र विधेयक (दायाँ)।
अहिले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० सक्रिय छ। तर, थप नियमन गर्ने नाउँमा सरकारले नियन्त्रण नै गर्न खोजेको कतिपयको आरोप छ।

विघटित उच्चस्तरीय सूचना तथा प्रविधि आयोगका उपाध्यक्ष रहिसकेका सूचना प्रविधि तथा विद्युतीय सुशासनविज्ञ मनोहरकुमार भट्टराई विधेयकले अभिव्यक्ति स्वतन्त्रलाई नै सङ्कुचित पार्ने डर बढेको बताउँछन्।

यद्यपि, नियमनकारी व्यवस्था गर्नुपर्छ भन्ने अवस्था भने देखिएको उनको भनाइ छ। 'सरकारले विधेयक अघि बढाएकोमा मेरो आपत्ति छैन तर, त्यसमा प्रयोगकर्तालाई पनि कस्ने गरी जसरी कडा व्यवस्थाहरू राखिएका छन् त्यसप्रति मेरो विमति छ।'
अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
•
३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 




‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस