प्रधानमन्त्री केपी शर्मा ओलीले अझैँ १५–२० पछि मात्रै सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुने सङ्केत गरेका छन् । शुक्रवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको २५ औँ स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेशले शासन खोज्यो भने । १५-२० दिनभित्र संसद् आइसक्छ । संसद् आएको पहिलो दिन त्यहाँ पेस गर्छौँ । त्यहाँ छलफल गर्छौँ । र अगाडि बढाउँछौँ । दुई महिनाभित्र त्यसको टुङ्गो लागिसक्नुपर्छ ।’
तर दुई महिनासम्म काम रोकेर बस्न नमिल्ने भएकाले अध्यादेश ल्याएको प्रधानमन्त्री ओलीले दाबी गरे । उनले भने, ‘एउटा देशको दुई महिना भनेको महत्त्वपूर्ण छ । उद्यमी व्यवसायीहरू अहिले तड्पिएका छन् । हाम्रा नीतिहरू, कानुनहरू बन्नुपर्दछ, काम गर्नका लागि, काम रोक्नका लागि होइन । रोक्न कानुन बनेका छन् भने त्यस्ता कानुनलाई फेर्न पर्दछ ।’
कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पु¥याउने र व्यवसायीलाई सकारात्मक सन्देश दिने कानुनहरू ल्याइएको उनले दाबी गरे । ‘एक हप्ता ढिलो हुन्छ भने एक हप्ता अगाडि गर्नुपर्दछ । अध्यादेश भनेको कुनै छुट्टै पृथक् केही कुरा होइन’, प्रधानमन्त्री ओलीले भने।