सरकारभित्रै ‘जनसत्ता’ विवाद
०२ वैशाख २०७५
•
१२ मिनेट पाठ
सरकारभित्रै ‘जनसत्ता’ विवाद
दाङ/रुकुम – माओवादीले द्वन्द्वकालीन समयमा खडा गरेको ‘जनसत्ता’ ले गरेका कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ। कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अहिले जनसत्ताले गरेका जग्गासम्बन्धी लिखतलाई लिएर विवाद चर्किएको हो। द्वन्द्वकालीन समयमा माओवादी जनसत्ताको लिखत आधारमा जग्गा किनबेच गरेका दुवै पक्षले त्यसमा दाबी गरेपछि विवाद बढेको छ। पाँच नम्बर प्रदेशको पूर्वी रुकुम र रोल्पामा जनसत्ताको विवाद उत्कर्षमा छ।  कर्णाली प्रदेशको पश्चिम रुकुम र सल्यानमा पनि यो विवाद चुलिँदो छ।




जनसत्ता लिखतले निम्त्याएको यो विवाद समाधान गर्ने विषयमा कर्णाली प्रदेश र ५ नम्बर प्रदेश सरकारमा सहभागी एमाले र माओवादीबीच मत बाझिएको छ। माओवादी द्वन्द्वकालीन समयमा आफैंले सञ्चालन गरेको जनसत्ताका निर्णयलाई प्रदेश सरकारबाटै कानुन निर्माण गरेर आधिकारिकता दिने पक्षमा उभिएको छ। प्रदेश सरकारको नेतृत्व गरेको एमालेले भने जनसत्ताको लिखतलाई मान्यता दिने कानुन प्रदेश सरकारबाट निर्माण गर्न नसकिने बताइरहेको छ।

‘अब कानुनको मस्यौदा गर्ने बेलामा जनसत्ताका निर्णयलाई मान्यता दिनेसम्बन्धी व्यवस्था गरिनेछ,’ पाँच नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले भने, ‘यो विषयले प्रदेश सरकारबाट निर्मित कानुनी बाटोबाटै मान्यता पाउनेछ। जनसत्तालाई मान्यता दिनुबाहेक विकल्प छैन।’ उनले भूमि व्यवस्थासम्बन्धी ऐन निर्माणक्रममा यो विषयलाई सम्बोधन गरिने दाबी गरे। उनले जनसत्ताको विषय बृहत् शान्तिसम्झौताकै अंग भएकाले यसलाई कानुन बनाएर मान्यता दिनुपर्ने दायित्व सरकारको रहेको तर्क गरे।

माओवादी भन्छ– कानुन निर्माण गरेर जनसत्ताका लिखतलाई मान्यता दिनुपर्छ। एमाले भन्छ– मान्यता दिने कानुन प्रदेशबाट निर्माण गर्न मिल्दैन।

मन्त्री केसीले भनेजस्तै जनसत्तालाई कानुन निर्माण गरी मान्यता दिने अवस्था आए त्यो लिखतका आधारमा जग्गा किन्ने नै मालिक बन्नेछन्। ‘यो त बृहत् शान्तिसम्झौताकै एउटा बुँदा हो नि,’ मन्त्री केसीले भने, ‘अहिले यो विषयलाई विवादित बनाउनु हुँदैन। यसलाई मान्यता दिन प्रदेश सरकारले कानुन निर्माण गर्नैपर्छ।’ उनले यो विषय सम्बोधन गर्ने कानुन निर्माणका लागि संविधान बाधक नबन्ने तर्क पनि गरे। त्यस्तै सर्वोच्च अदालतको फैसलाले पनि यो विषयलाई रोक्न नसक्ने दाबी गर्छन् उनी। ‘सर्वोच्च अदालतलाई राजनीतिक मुद्दाको फैसला गर्ने अधिकार त हैन नि,’ उनले भने, ‘यो राजनीतिक मुद्दा हो र यसलाई राजनीतिक पहलकदमीबाटै हल गर्नुपर्छ, गरिन्छ।’

तत्कालीन जनसत्ता प्रमुखको भूमिकामा रहेका पूर्णबहादुर घर्ती अहिले प्रदेश ५ को सभामुख छन्। उनले पनि जनसत्तालाई प्रदेशसभाबाट कानुन निर्माण गरेर आधिकारिकता दिलाइने यसअघि नै बताइसकेका छन्।

सरकारको नेतृत्व गरेको एमालेले भने जनसत्ताको लिखतलाई मान्यता दिनेगरी प्रदेश सरकारले कानुन निर्माण गर्नै नमिल्ने दाबी गरेको छ। सरकारका प्रवक्ता एवं भौतिक योजना तथा पूर्वाधारमन्त्री बैजनाथ चौधरीले कुनै पार्टी विशेषले सञ्चालन गरेको जनसत्तालाई सरकारी मान्यता दिनै नसकिने बताए। ‘उहाँ (कानुनमन्त्री कुलप्रसाद केसी) ले कसरी प्रदेश सरकारबाट कानुन निर्माणको कुरा गर्नुभयो त्यो उहाँलाई नै थाहा होला,’ चौधरीले भने, ‘तर जनसत्ताका लिखतलाई आधिकारिकता दिलाउने सम्बन्धमा प्रदेश सरकारले कानुन निर्माण गर्नै सक्दैन।’ चौधरीका अनुसार तत्कालीन माओवादीले सञ्चालन गरेको जनसत्तालाई मान्यता दिने हो भने भोलिका दिनमा अन्य दलविशेषले पनि यस्तै काम गरे त्यसलाई सरकारले मान्यता दिनुपर्ने हुन्छ, जुन सम्भव हुँदैन। अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न जिल्लामा निर्माण गरेको जनसत्ताको प्रसंग उल्लेख गर्दै मन्त्री चौधरीले भने, ‘त्यसो भए विप्लवले निर्माण गरेको जनसत्तालाई पनि सरकारी मान्यता दिन मिल्छ ?’ जनसत्तालाई  आधिकारिकता दिने नदिने विषय केन्द्रीय सरकारमा निर्भर रहने मन्त्री चौधरीले बताए। ‘केन्द्रीय सरकारले यो विषयमा ठोस निर्णय गर्न सक्यो भने प्रदेश सरकारले त्यसलाई कार्यान्वयन गर्न सक्ला,’ उनले भने, ‘तर प्रदेश सरकारले आफूखुसी कुनै दल विशेषको जनसत्तालाई मान्यता दिनेगरी कानुन निर्माण सम्भव छैन।’ उनको बुझाइमा प्रदेश सरकारले कानुन निर्माण गरेर यो विषयलाई आधिकारिकता दिनु भनेको अराजकता निम्त्याउनु हो।

यसैगरी जनसत्ताका निर्णयलाई लिएर कर्णाली प्रदेशको पश्चिमी रुकुम र सल्यानमा बढेको विवाद सल्ट्याउने विषयमा पनि कर्णाली प्रदेशमा सरकारभित्रै मत बाझिएको छ। कर्णाली प्रदेशमा पनि माओवादी प्रदेशबाटै कानुन निर्माण गरेर जनसत्ताको लिखतलाई मान्यता दिनुपर्ने पक्षमा छ भने एमालेले प्रदेशबाट यस्तो कानुन निर्माण सहज नहुने बताएको छ। माओवादीबाट प्रदेश सरकारमा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बनेकी विमला केसीले जनसत्ताको लिखत पासलाई मान्यता दिने गरी प्रदेश सरकारमार्फत कानुन निर्माण हुने दाबी गर्छिन्। ‘यो विषयलाई कानुन बनाएर समाधान गर्छौं,’ उनले भनिन्, ‘हिजोदेखिको यो समस्यालाई अब लम्बिन दिइने छैन। जनसत्ताको लिखतले मान्यता पाउने गरी कानुन निर्माण हुनेछ।’ सर्वोच्च अदालतले जनसत्ताको लिखतलाई मान्यता नदिने भन्दै गरेको फैसला न्यासंगत नभएको भन्दै उनले अब यो विषयमा प्रदेश सरकारले न्यासंगत निर्णय गर्ने बताइन्। ‘हिजो सर्वोच्च अदालतले गरेको निर्णय न्यायसंगत थिएन,’ उनले  भनिन्, ‘अब यो विषयमा प्रदेश सरकारले न्यायसंगत निर्णय गर्नेछ ।’ उनका अनुसार प्रदेश सरकारको न्यायसंगत निर्णय भनेको जनसत्ताको लिखतलाई मान्यता दिनु हो। यो विषय बहसमा आए पनि कानुन निर्माण प्रक्रिया भने थालनी नभएको उनले बताइन्। ‘अहिलेसम्म यो विषयमा प्रदेश संसद्मा आवाज उठेको छैन,’ उनले भनिन्, ‘तर अब तत्काल यो विषयले प्रवेश पाउँछ र चाँडै न्यायसंगत निर्णय हुन्छ।’ जनसत्ताको विवाद माओवादीसँग मात्रै नजोडिएको भन्दै उनले कांग्रेस र एमालेका कार्यकर्तासमेत यो विवादका कारण मारमा परेको बताइन्। त्यसैले यो विषयमा कानुन निर्माणका लागि कतैबाट पनि अवरोध नआउने उनको दाबी छ। ‘यो समस्या माओवादीसँग मात्रै जोडिएको छैन,’ उनले भनिन्, ‘एमाले र कांग्रेसकै कार्यकर्ता पनि यो समस्याबाट पीडित बनेका छन्, यसर्थ यो सबै दलको सहमतिमा सल्टिने विषय हो।’

कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री भएका प्र्रकाश ज्वाला भने जनसत्ताको विवाद आपसी सहमतिमा टुंग्याइनुपर्ने विषय भएको बताउँछन्। यसलाई आधिकारिकता दिने कानुन निर्माण भने सम्भव नभएको उनको भनाइ छ। ‘जनसत्ताको लिखतले अहिले ठूलो समस्या निम्त्याएको छ, यसलाई समाधान गरिनुपर्छ,’ उनले भने, ‘तर यसको समाधानको बाटो भनेको आपसी सहमति हो, कानुन निर्माण सम्भव छैन।’ कुनै दल विशेषले कुनै परिस्थितिमा सञ्चालन गरेको जनसत्तालाई कानुनी मान्यता दिन नमिल्ने तर्क उनको छ। ‘कुनै दल विशेषको जनसत्तालाई सरकारबाटै कानुन निर्माण गरेर आधिकारिकता दिने विषय असम्भव कुरा हो,’ उनले भने।

कर्णाली प्रदेशको पश्चिम रुकुममा जनसत्ताको विवाद सबैभन्दा बढी छ। सबैभन्दा बढी जनसत्ताले जग्गा पास गरिदिएका जाजरकोट, सल्यान, रुकुम र रोल्पा जिल्ला हुन्। यी मध्ये पनि सबैभन्दा बढी जग्गा रुकुममा पास भएका थिए। रुकुममा झन्डै चार हजारको हाराहारीमा जग्गा पास गरिएको थियो।

स्थानीय र प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा माओवादीले जनसत्ता लिखतलाई मान्यता दिने भन्दै मत मागेको थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस