बुधबार (हिजो) बसेको नेकपा (एमाले) को सचिवालय बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गर्यो
त्यसमा पनि रावललाई निष्कासन नै गर्यो भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गर्यो । कारबाहीपछि नेताहरूले पार्टीमा आन्तरिक लोकतन्त्र सकिएको टिप्पणी गरेका छन् ।
तर, तीन नेतालाई कारबाही गर्ने निर्णयमा सचिवालयका पाँच नेताहरूले असहमति राखेका थिए । असहमति राख्नेमध्येका एक नेताले नागरिकसँग भने, 'त्यस्तो गर्नै हुन्नथ्यो, हामीले अध्यक्ष कमरेडलाई सम्झाएकै पनि हौँ तर, उहाँले हुँदैन भन्नुभयो ।'
युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई र गोकर्ण विष्ट ।असहमति राख्ने नेताहरूमा उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट थिए । उनीहरूले तीन नेतामाथिको कारबाहीका बारेमा पुनर्विचार गर्नका लागि माग गरेका थिए ।
'कारबाही नै चाहिँ गरिनहाल्ने भनेका थियौँ,' ती नेताले भने, 'तर, उहाँ (अध्यक्ष केपी शर्मा ओली) ले उहाँहरू पार्टीमा रहँदा र नरहँदा खास फरक देखिएन भन्नुभयो । र, निर्णय भयो ।'
नेताहरूले कारबाही गर्दा बाहिर राम्रो सन्देश नजाने भन्दै रोक्न चाहेका थिए तर, अध्यक्ष केपी शर्मा ओली रोकिएनन्, निर्णय लेखाए । यसपछि पाँच नेताहरूले कुनै 'रेस्पोन्स' गरेनन् । ती नेता थप्छन्, 'हामीले अध्यक्ष कमरेड हामीले तपाईंलाई मानेरै आएका छौँ, मानिरहेकै छौँ । यसमा हामीले भनेको पनि मान्नुस् भन्यौँ । उहाँ नरोकिएपछि हामी बोलेनौँ ।'
यसअघि यी तीन नेताहरूले व्यवसायी मीनबहादुर गुरुङले पार्टीलाई दिएको १० रोपनी १४ आना जग्गाबारे अभिव्यक्ति दिएका थिए । उनीहरूले 'दानमा बनेको आलिसान बिल्डिङभन्दा मदननगरमा बनेको सानै घर प्यारो हुने' बताएका थिए ।
एमाले कार्यालयको शिलान्यास गर्दै ओली र मीन विश्वकर्मा ।पछि उनीहरूले स्पष्टीकरणसमेत दिनुपर्यो तर, पार्टीले पष्टीकरणमा चित्त बुझाएन, कारबाही नै गर्यो ।
त्यसो त पछि सर्वोच्च अदालतले एमालेलाई जग्गा नलिन अन्तरिम आदेश नै गर्यो । यसपछि तीन नेताको नैतिक जित भएको बताइँदै थियो, ठीक यही बेला उनीहरू कारबाहीको भागीदार बन्नुपर्यो ।
नेकपा एमालेका पूर्व नेता भीम रावलले केपी ओली र पुष्पकमलसँग अँगालो मारेर पदलिनु रास्वपाको लागी घाटा भएको भनाई भनाइ राखेका छन्। ‘नागरिक फ्रन्टलाइन’ का लागि बुधवार नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा रावलले ‘नो नट अगेन’ भन्नेले तिनै पुराना नेतालाई अँगाल्दा प्रत्युत्पादक भएको धारणा राखे।
‘उहाँहरूले अङ्ग्रेजी शब्द प्रयोग गरेर ‘नो नट अगेन’ भन्नुभयो। अर्थात् पुराना यी नेतालाई थोत्रा भन्दै यिनलाई समर्थन पनि नगर्ने र यिनीहरूसँग नजाने भनेको कुरा त साँचो हो नि,’ ’उनले भने, ‘तर उहाँहरूले तिनै केपी ओली र पुष्पकमलसँग अँगालो मारेर पद लिनुभयो। त्यही मन्त्रालय चाहियो भनेर लिनुभयो।’
राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सम्भावना लिएर आएको सबैले महसुस गरकाले पहिलो चरणमा संसद्मा राम्रो उपस्थिति भए पनि पछिल्ला गतिविधिका कारण कमजोर बन्दै गएको रावलको बुझाई छ।‘रवि लामिछानेजीका बारेमा उठेका कतिपय विषयले त्यो पार्टीप्रतिको दृष्टिकोणमा धेरै असर परेको देख्छु,’ उनले भने, ‘यद्यपि उहाँहरूले हस्ताक्षर गर्ने र सदस्यता बढाउने कुरा सचेततापूर्वक गरिएको देखिन्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...