एमाले बामाले हुँदै झोलेमा झर्दै रहेछ भन्ने तथ्य स्पष्ट भयो : रावल
२७ जेष्ठ २०८२
•
१ मिनेट पाठ
एमाले बामाले हुँदै झोलेमा झर्दै रहेछ भन्ने तथ्य स्पष्ट भयो : रावल
नेकपा (एमाले) का पूर्वउपाध्यक्ष तथा मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले एमाले बामाले हुँदै झोलेमा झर्दै गरेको तथ्य स्पष्ट भएको टिप्पणी गरेका छन्। एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४अ‍ौं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियाको सन्दर्भलाई लिएर रावलले यस्तो टिप्पणी गरेका हुन्।




'विभिन्न पदमा उम्मेदवार भई प्रतिस्पर्धामा जान हुन इच्छुकहरूलाई दलका नेताबाट मौखिक र लिखित रूपमा दबाब र धम्की दिँदै पदाधिकारीको नाम पार्टी नेताले  नै घोषणा गर्दा त्यसकाविरूद्ध नाराबाजी भएपछि चुनावको कार्यक्रम प्रकाशित गरिएछ। यसले साँच्चै एमाले बामाले हुँदै झोलेमा झर्दै रहेछ भन्ने तथ्य स्पष्ट हुन्छ,' उनले भनेका छन्।

उनले पार्टीमा काम गर्दै गर्दा एमाले यहाँसम्म झर्छ भनेर कल्पनासमेत नगरेको बताएका छन्। ' मलगायतकाले अनेरास्ववियु (एकताको पाँचौँ) को स्थापना गर्दा तथा लामो समय दलमा काम गर्दा उक्त प्रकारले सङ्गठन बामाले र झोले स्वार्थी झुण्डमा झर्ला भनेर कल्पनासम्म पनि गरेका थिएनौँ,' उनले भनेका छन्।

अनेरास्ववियुको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि पार्टी नेताहरू हाबी भएका छन्। यसपछि विद्यार्थी नेताहरूले आफ्नो नेतृत्व निर्वाचनमार्फत आफैँले चुन्न पाउनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन्। यही सन्दर्भमा रावलले यस्तो बताएका हुन्।
अर्को समाचार
केपी ओली र पुष्पकमलसँग अँगालो मार्नु रास्वपाको लागि प्रत्युत्पादक: भीम रावल
०९ साउन २०८२
•
१ मिनेट पाठ
केपी ओली र पुष्पकमलसँग अँगालो मार्नु रास्वपाको लागि प्रत्युत्पादक: भीम रावल
नेकपा एमालेका पूर्व नेता भीम रावलले केपी ओली र पुष्पकमलसँग अँगालो मारेर पदलिनु रास्वपाको लागी घाटा भएको भनाई  भनाइ राखेका छन्। ‘नागरिक फ्रन्टलाइन’ का लागि बुधवार नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा  रावलले ‘नो नट अगेन’ भन्नेले तिनै पुराना नेतालाई अँगाल्दा प्रत्युत्पादक भएको धारणा राखे।




‘उहाँहरूले अङ्ग्रेजी शब्द प्रयोग गरेर ‘नो नट अगेन’ भन्नुभयो। अर्थात् पुराना यी नेतालाई थोत्रा भन्दै यिनलाई समर्थन पनि नगर्ने र यिनीहरूसँग नजाने भनेको कुरा त साँचो हो नि,’  ’उनले भने,  ‘तर उहाँहरूले तिनै केपी ओली र पुष्पकमलसँग अँगालो मारेर पद लिनुभयो। त्यही मन्त्रालय चाहियो भनेर लिनुभयो।’

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सम्भावना लिएर आएको सबैले महसुस गरकाले पहिलो चरणमा संसद्मा राम्रो उपस्थिति भए पनि पछिल्ला गतिविधिका कारण कमजोर बन्दै गएको रावलको बुझाई छ।‘रवि लामिछानेजीका बारेमा उठेका कतिपय विषयले त्यो पार्टीप्रतिको दृष्टिकोणमा धेरै असर परेको देख्छु,’ उनले भने, ‘यद्यपि उहाँहरूले हस्ताक्षर गर्ने र सदस्यता बढाउने कुरा सचेततापूर्वक गरिएको देखिन्छ।’ 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस