पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले नेपाली कागजी मुद्रामा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्बिर राख्न माग गरेका छन्।
यसअघि नेकपा (एमाले) का सांसद सूर्य थापाले यो माग गरेका थिए। त्यसको समर्थन गर्दै रावलले भनेका छन्, 'नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाह र विश्व शान्तिका अग्रदूत गौतम बुद्धको तस्बिर नेपालको कागजी मुद्रामा राखिनुपर्छ।'
उनले थापाले गरेको मागलाई 'देशभक्तिपूर्ण प्रस्ताव' भनेका छन्। उनले सिक्कामा समेत उनीहरूको तस्बिर राख्न माग गरेका छन्।