अझै उथलपुथलको आशामा प्रधानमन्त्री दाहाल
२१ असार २०८१
•
८ मिनेट पाठ
अझै उथलपुथलको आशामा प्रधानमन्त्री दाहाल
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गर्नु उचित हुने निष्कर्ष निकालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुलुकलाई निकास दिन र राष्ट्रिय सहमतिको सरकारका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको हो।




झन्डै चार महिनाअघि अर्थात् फागुन २१ गते सत्ता साझेदार कांग्रेसलाई विभिन्न आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नयाँ समीकरण गरेका थिए। कांग्रेसका कारण काम गर्न नसकेको सहित महासमिति बैठकमा पेस गरेका प्रतिवेदनलाई कारण देखाउँदै दाहालले समीकरण तोडेका थिए। साथै २०८४ सालमा हुने आम निर्वाचनमा कांग्रेसले तालमेल गर्न नचाहेको भन्दै दाहालले एमालेसहित दलहरूसँग नयाँ समीकरण बनाएका थिए। तर, त्यसको चार महिना बित्दानबित्दै एमाले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिन तयार भएको हो।

दुई दलीय सहमतिलाई अनुमोदन गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठकले आलोपालोमा सरकारको नेतृत्व गर्ने पनि जनाएको छ। सरकारको पहिलो नेतृत्व एमालेले गर्ने र दोस्रो कांग्रेसले गर्ने स्पष्ट पारेको छ। 
त्यससँगै प्रतिनिधिसभाको पहिलो र दोस्रो दल कांग्रेस र एमाले मिलेर सरकार गठनसहित संविधान संशोधनजस्ता विषय अघि बढाउने समझदारी सोमबार राति गरेका छन्। दुई दलबीचको समझदारीसँगै लामो समय सत्तामा टिकिरहने दाहालको सपना मात्र होइन, आगामी निर्वाचनमा पनि एमालेसहित दलसँग तालमेल गर्ने रणनीतिमा पूर्णविराम लागेको छ।

कांग्रेसले प्रतिनिधिसभाका दुई ठूला दल (नेपाली कांग्रेस र एमाले)बीच सहमतिको सरकार गठन गर्ने समझदारी भएको जनाउँदै दाहाललाई प्रधानमन्त्रीबाट राजीनामा गर्न आग्रह गरेको छ। दुई दलीय सहमतिलाई अनुमोदन गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठकले आलोपालोमा सरकारको नेतृत्व गर्ने पनि जनाएको छ। सरकारको पहिलो नेतृत्व एमालेले गर्ने र दोस्रो कांग्रेसले गर्ने स्पष्ट पारेको छ। संविधानको धारा ७६ को २ अनुसार एमाले अध्यक्ष केपी ओली नेतृत्वमा नयाँ सरकार गठन गर्ने पनि उसले जनाएको छ।

संवैधानिक व्यवस्थाअनुसार दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन्। एउटै समीकरणभित्र कसले नेतृत्व गर्ने भन्ने कुराका आधारमा राजीनामा गर्ने कुरा आउनसक्ने जनाउँदै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले विपक्षसँग मिलेर जबरजस्ती रूपले राजीनामा दिने भन्ने नहुने दाबी गरे। 
‘नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकामा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई ध्यानमा राखी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,’ बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीताप्रति सुदृढता व्यक्त गर्दै कांग्रेसले दुई दलबीच राष्ट्रिय हितको रक्षा र भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्नुका साथै विकास निर्माणको अभियानलाई तीव्रता दिने सहमति भएको जनाएको छ। दुई दलीय सहमति कार्यान्वयन गर्न कांग्रेसले दृढता व्यक्त गरेको छ। तर, सरकारको नेतृत्व गरिरहेका दाहालले प्रधानमन्त्रीबाट तत्काल राजीनामा नगर्ने संकेत गरेका छन्। 

संविधानको धारा ७६को २ अनुसार पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ गते नै उपधारा ४ अनुसार विश्वासको मत लिइसकेको शीतलनिवासको बुझाइ छ।
संवैधानिक व्यवस्थाअनुसार दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन्। एउटै समीकरणभित्र कसले नेतृत्व गर्ने भन्ने कुराका आधारमा राजीनामा गर्ने कुरा आउनसक्ने जनाउँदै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले विपक्षसँग मिलेर जबरजस्ती रूपले राजीनामा दिने भन्ने नहुने दाबी गरे। ‘राजीनामा स्वेच्छा हो,’ राजधानीमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘राजीनामाको प्रक्रियाबाट मात्रै ७६(२) को सरकार बन्ने हो अन्यथा बन्दैन।’

संविधानका प्रावधानलाई कांग्रेस र एमालेले मिच्न खोजेको माओवादी बुझाइ छ। प्रधानमन्त्रीले राजीनामा नगरेर विश्वासको मतको सामना गरे नयाँ सरकार संविधानको धारा ७६ को ३ अनुसार गठन गर्नुपर्ने उनीहरूको विश्लेषण छ। त्यस्तो अवस्थामा कांग्रेस र एमाले सहमतिअनुसार ओली होइन, प्रतिनिधिसभाको ठूलो संसदीय दलको नेता प्रधानमन्त्री बन्ने अवस्था आउने माओवादी बुझाइ छ।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार सत्ता जोगाउने र टिकाउने कुनै जादुमय उपायको खोजीमा दाहाल जुटेका छन्।
तर, राष्ट्रपति कार्यालय भने संविधानको धारा ७६को २ अनुसार नै नयाँ सरकार गठनको गृहकार्यमा छ। दाहालले प्रधानमन्त्रीबाट राजीनामा गरेमा वा संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र संसद्को सामना गरे पनि ७६ को २ अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउने तयारीमा रहेको स्रोतको दाबी छ। संविधानको धारा ७६को २ अनुसार पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ गते नै उपधारा ४ अनुसार विश्वासको मत लिइसकेको शीतलनिवासको बुझाइ छ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले उपधारा ४ अनुसार ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेको अवस्थामा मात्र ७६ को ३ अनुसार ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्ति गर्ने संवैधानिक व्यवस्था र कल्पना भएको शीतलनिवासको दाबी छ। एमाले सरकारबाट अलग भए वा समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले संविधानको धारा १००को २ अनुसार विश्वासको मत लिने जनाउँदै दुई अलगअलग व्यवस्था र प्रावधान भएको शीतलनिवास स्रोतको दाबी छ।

कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग सत्ता साझेदारी गर्दा पार्टी एकता गर्दै २०८४ को निर्वाचनपछि मुलुकको राष्ट्राध्यक्ष बन्नेदेखि छोरी रेणु दाहाललाई एकीकृत (एमाले र माओवादी केन्द्र)पार्टीमा समेत स्थापित गर्ने रणनीतिमा दाहाल रहेको स्रोतको दाबी छ।
तर, माओवादीका नेताहरू संवैधानिक सोही व्यवस्थाले ओली प्रधानमन्त्री बन्न नसक्ने र दुई दलीय सहमति भत्कने अवस्था आउने आशामा छन्। संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार सत्ता जोगाउने र टिकाउने कुनै जादुमय उपायको खोजीमा दाहाल जुटेका छन्।

दुई दल सहमतिमा पुगेको सूचना पाएपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवालाई दाहालले प्रधानमन्त्रीका लागि प्रस्ताव गरिसकेका थिए। ओलीलाई माओवादीसहित दलको समर्थनमा प्रधानमन्त्री बन्न दाहालले प्रस्ताव गरेका थिए। कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग सत्ता साझेदारी गर्दा पार्टी एकता गर्दै २०८४ को निर्वाचनपछि मुलुकको राष्ट्राध्यक्ष बन्नेदेखि छोरी रेणु दाहाललाई एकीकृत (एमाले र माओवादी केन्द्र)पार्टीमा समेत स्थापित गर्ने रणनीतिमा दाहाल रहेको स्रोतको दाबी छ। सोहीअनुसार एमालेसँग फागुन २१ गते सत्ता साझेदारीमा सहमत भएको दाहालनिकटस्थको दाबी छ।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको दुई पटकको प्रयास सर्वोच्च अदालतबाट असफल भएपछि ओलीले दाहालसहित नेतासँग इख पालेर बसेका थिए। सोहीअनुसार कांग्रेससहित दलहरूबीच फागुन २१ गतेअघिको गठबन्धन भत्काउन ओलीले निकै प्रयास गरेका थिए। 
तर, ओलीले भने माओवादीसँग रणनीतिक रूपमा मात्र साझेदारी गरेको दाहाल निकटहरूले अहिले विश्लेषण गर्न थालेका छन्। पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसकेपछि पटक पटक प्रतिनिधिसभा विघटन गर्ने ओली चाहनालाई दाहालसहित नेताले असफल बनाएका थिए।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको दुई पटकको प्रयास सर्वोच्च अदालतबाट असफल भएपछि ओलीले दाहालसहित नेतासँग इख पालेर बसेका थिए। सोहीअनुसार कांग्रेससहित दलहरूबीच फागुन २१ गतेअघिको गठबन्धन भत्काउन ओलीले निकै प्रयास गरेका थिए। त्यसमा सफल भएका ओली माओवादीसहितका दललाई साथ लिएर अघि बढ्नेभन्दा कांग्रेससँग अलग गराउन मात्र लागेको उनीहरूको बुझाइ छ। त्यति मात्र होइन, कांग्रेससँग तत्काल मिल्नै नसक्नेगरी माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रतिनिधिसभामा ओलीले भिडाइदिएका थिए। विपक्षीको विरोधबीच संसद्बाट विश्वासको मत लिएका दाहालमा विस्तारै अहम् बढ्दै गएको थियो।

राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन र सद्भावसहित देउवालाई फागुन २१ गते अघिको अवस्थामा पुर्‍याउन सकिन्छ कि भन्ने रणनीतिमा दाहाल रहेको निकट स्रोतको दाबी छ। तर, एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले बुधबारै राजीनामा गरेसँगै दाहालमाथि प्रधानमन्त्रीबाट राजीनामा गर्न थप दबाब परेको छ।
दाहालको दम्भको अन्त्य गर्नुका साथै मुलुकलाई राजनीतिक निकासका लागि कांग्रेस र एमालेका शीर्ष नेता एक ठाउँमा उभिएका छन्। जसले गर्दा दाहालको पछिल्लो प्रस्तावलाई उनीहरूले अस्वीकार गरेको निकटहरूको दाबी छ।

फागुन २१ गते अनायास गठबन्धन भत्काएपछि रुष्ट बनेका देउवाले त प्रधानमन्त्री दाहाललाई कांग्रेस र एमालेबीच सहमति निर्माण भइसकेको जवाफ फर्काएका छन्। तर, उनले देउवालाई प्रधानमन्त्री बनेर फागुन २१ गतेअघिको गठबन्धनलाई निरन्तरता दिन आग्रह गरेका थिए। राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन र सद्भावसहित देउवालाई फागुन २१ गते अघिको अवस्थामा पुर्‍याउन सकिन्छ कि भन्ने रणनीतिमा दाहाल रहेको निकट स्रोतको दाबी छ। तर, एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले बुधबारै राजीनामा गरेसँगै दाहालमाथि प्रधानमन्त्रीबाट राजीनामा गर्न थप दबाब परेको छ। ७९ सिट भएको एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहाल स्वतः अल्पमतमा परेका छन् ।
अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
•
३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 




‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस