पोखरा- प्रदेश ४ को नाम र राजधानी तोक्न ९ सदस्यीय समिति गठन गरिएको छ। प्रदेश सभाको सोमबार बसेको बैठकले प्रदेशको नामाकरण र राजधानी तोक्न विशेष समिति गठन गरेको हो।
सोमबार प्रदेशसभा सदस्य मायाँनाथ अधिकारीले उक्त समिति गठनको लागि प्रस्ताव पेश गरेका थिए भने अर्का सदस्य मणिभद्र शर्माले समर्थन जनाएका थिए।
विशेष समिति गठन गर्न सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सदस्य समक्ष हुन्छ र हुन्नको पक्ष विपक्षमा हात उठाउन लगाएका थिए। प्रदेशका सबै सदस्यहरुको सर्वसहमतिको आधारमा उक्त समिति गठन गरिएको हो।
समितिमा धनञ्जय दवाडी, मिनप्रसाद गुरुङ, भगवतप्रकाश मल्ल, विन्दुकुमार थापा, दिपक कोईराला, कृष्ण थापा, चन्द्रबहादुर बुढा, हरिशरण आचार्य रहेका छन्। संसद सचिवालयका सचिव भने पदेन सदस्य रहेका छन्।
यो समितिले आगामी एक महिनाभित्रै प्रदेशको नामाकरण र राजधानीको विषयमा प्रतिवेदन बुझाईसक्नुपर्नेछ। समितिले कार्यक्षेत्र र अधिकारको सीमा तोकेर कार्यप्रारम्भ भएको एक महिनाभित्र रायसुझाव सहितको प्रतिवेदन ल्याउनेछ ।
समितिका सदस्य धनञ्जय दवाडीले भने, ‘कार्यप्रारम्भ भएको मितिले १ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने कुरा छ, मंगलबार नै समितिको बैठक बसेर प्रक्रिया अगाडि बढाईनेछ ।’
प्रदेश नामाकरणको विषयमा कार्यविधी तयार गरेर अगाडि बढिने उनले बताए। ‘सबै निर्वाचन क्षेत्रमा पुग्न नसकेतापनि कम्तीमा सबै जिल्ला सदरमुकाममा पुगेर सरोकारवालादेखि स्थानीयहरुसँग अन्तरक्रिया र रायसुझाव लिनेछौँ’ उनले भने, ‘सामाजिक सञ्जालबाट पनि प्रदेश भित्रका जोकोहीले पनि आफ्नो सुझाव दिन पाउनेछन।’
यसअघि विभिन्न समुदायले प्रदेशको नाम जातीय हिसाबबाट राख्न ध्यानाकर्षण पत्र बुझाएतापनि सबैको सहमतिको आधारमा मात्र नामाकरण गरिने दवाडीले बताए। ‘जातीय माग, दलीय माग राखेतापनि सबैको प्रदेश एउटै हो, यो विषयमा विवाद होलाजस्तो मलाई लाग्दैन।’ उनले भने । प्रदेशको महत्वपूर्ण विषयमा विवाद हुन नदिनको लागि नै यो विकल्प रोजिएको उनले बताए। जनस्तरबाट आएका नामहरु मध्ये सबैभन्दा धेरैले रोजेको नाम नै प्रदेशको नाम हुनसक्ने उनले संकेत गरे।
समितिका अर्का सदस्य हरिशरण आचार्यले भने, ‘जनताको अधिकारको कुरा भएको हुँदा सबै ठाउँमा जान नसकिएतापनि कुनै माध्यमबाट उनीहरुलाई पनि संलग्न गराउनेछौँ ।’
समितिले बैठक पश्चात कार्यविधी बनाउने, सदस्य सचिव तोक्ने, विज्ञहरुको विषयमा छलफल गर्ने, स्थान पहिचान गरेर मात्र अगाडि बढ्ने उनले बताए।
प्रदेशका ११ वटै जिल्लाका ३६ वटै निर्वाचन क्षेत्रमा पुगेर उक्त समितिले प्रतिवेदन तयार पार्नेछ। समितिले स्थानीयवासीको रायसुझाव पनि लिनेछ । प्रदेशको नाम के राख्दा उचित हुने विषयमा स्थानीयहरुसँग अन्तरक्रिया समेत गरिने आचार्यले बताए।
संवैधानिक व्यवस्था बमोजिम प्रदेशसभाको नामाकरणको विषयमा प्रदेशसभाको सम्पूर्ण सदस्यको दुई तिहाई बहुमत आवश्यक पर्दछ । संविधानको धारा २९५ को उपधारा २ अनुसार धारा ५६ को उपधारा ३ बमोजिमका प्रदेशको नामाकरण सम्बन्धित प्रदेशसभाको सम्पूर्ण सभाको दुई तिहाई बहुमतबाट हुनेछ, उल्लेख गरिएको छ ।
समितिले तोकिएको सम्पूर्ण काम सकेपछि तयार पारेको प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गर्नेछ र बैठकले सबै रायसुझावमाथि छलफल गर्दै उपयुक्त नाम दुई तिहाई बहुमतले पारित गर्नेछ।
सामाजिक सञ्जाहरु प्रयोगकर्ताहरुले भने यो प्रदेशको नाम गण्डक, गण्डकी, गोरखा, धौलागिरी तमुवान–मगरात, माछापुच्छ«े, अन्नपूर्णलगायतका नामहरु राखिनुपर्ने आशयसहितको सुझाव दिएका छन् ।