वनस्पतिको दिगो उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्छः वनमन्त्री सुडी
२९ चैत्र २०८०
•
२ मिनेट पाठ
वनस्पतिको दिगो उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्छः वनमन्त्री सुडी
वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पतिको दिगो उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्नेमा बताएका छन्। 




वनस्पति विभागको ६४औँ वार्षिकोत्सव तथा २५ औँ वनस्पति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री साहले वनस्पतिका माध्यमबाट मुलुकको अर्थतन्त्र सुधारमा जोड दिएका हुन्।  

‘स्थानीय समुन्नतिमा स्वस्थानीय वनस्पति’ नाराका साथ सम्पन्न विभागको वार्षिकोत्सवमा मन्त्री साहले वनस्पति राज्यको अर्थतन्त्र सुधारको मेरुदण्ड रहेको भन्दै अब वनस्पतिका माध्यमबाट राज्यको अर्थतन्त्र सुधार गरी रोजगारी वृद्धि गर्न आवश्यक रहेको बताए।

‘सीमित स्रोतसाधनका बीचमा पनि वनस्पतिको अनुसन्धानका गतिविधि अगाडि बढाइएको छ’, उनले भने।

‘अनुसन्धानको गतिविधिलाई अझै प्राथमिकता दिइ वनस्पतिको दिगो उपयोगमार्फत राज्यको अर्थतन्त्र सुधारमा योगदान बढाउनुपर्छ।’  

मन्त्रालयका सचिव डा.दीपककुमार खरालले वनस्पतिबाट आर्थिक आयआर्जन बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। 

वनभित्रको जडीबुटीलाई औषधिका रुपमा प्रयोग बढाएर जडीबुटीका माध्यमबाट अर्थतन्त्र सुधारमा लाग्न आवश्यक रहेको उनको भनाइ थियो।

विभागका महानिर्देशक डा.सञ्जिवकुमार राईले मानव स्रोत विकासमा पर्याप्त लगानीको आवश्यकता रहेकामा जोड दिए। 

वनस्पति विभागले स्थापनाकालदेखि नै वनस्पतिक स्रोतको पहिचान, सदुपयोग एवं प्रविधि विकास गरी आर्थिकरुपमा समृद्ध राष्ट्र निर्माणमा आफूलाई समर्पित गरेको छ।  

नेपालमा वनस्पतिक स्रोतको अध्ययन,अनुसन्धान तथा प्राध्यापनमा लामो समय समर्पित रही वनस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान दिएका प्राध्यापक डा.लोकेश रत्न शाक्यलाई राष्ट्रिय वनस्पति पुरस्कारले सम्मानित गरिएको छ।  

यस वर्षको राष्ट्रिय वनस्पति दिवसको नारा ‘स्थानीय समुन्नतिमा स्वस्थानीय वनस्पति’ नामक शीर्षकमा गत वर्ष राष्ट्रिय वनस्पति पुरस्कार विसं २०७९ बाट सम्मानित प्राध्यापक डा.निर्मला प्रधानले विशेष प्रवचन दिएका हुन्।

वनस्पति विभागअन्तर्गत राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीबाट प्रकाशित र प्राध्यापक डा.शिवकुमार राई र सजिता ढकालबाट लिखित ‘अलगल फ्लोरा अफ नेपाल भोलुम टु’ नामक पुस्तक मन्त्रालयका सचिव डा.दीपककुमार खरालबाट विमोचन गरियो।
अर्को समाचार
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
३२ मिनेट अघि
•
० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
फाइल तस्बिर
काठमाडौं । राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ। नेपालका राजनीतिक दलहरूमध्ये महाधिवेशनमा पहिलोपटक इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने दल राप्रपा हो।




तत्कालीन राप्रपा नेपालले २०७१ सालको महाधिवेशनदेखि सुरु गरेको यो अभ्यासलाई २०७३ र २०७८ सालका महाधिवेशनमा समेत निरन्तरता दिएको थियो।

पार्टीको आगामी आठौँ केन्द्रीय महाधिवेशन (२०८३) मा पनि इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत नेतृत्व चयन गरिने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

भोटिङ मेसिनमार्फत निर्वाचन गराउने निर्णय केन्द्रीय निर्वाचन समितिको बैठकले गरेको श्रेष्ठले बताए।

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ।
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस