जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँः उपप्रधानमन्त्री श्रेष्ठ
०२ माघ २०८०
•
३ मिनेट पाठ
जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा जोड दिएका छन्।  




भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडाँै महानगरपालिकाले आज भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताए।  

संविधानले विपद् व्यवस्थापनलाई मुलतः स्थानीय तहको एकल अधिकारको सूचीका साथै सबै तहको साझा सूचीमा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन सबै तहका सरकारको दायित्व भएको बताए। “सङ्घीय सरकार पालिकालाई सामर्थ्यवान बनाउन मिलेर काम गर्न तयार छ”, उनले भने, “सङ्घीय सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई औजार तथा उपकरण उपलब्ध गराउँदै आएको छ।”

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वंसेवकको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले  स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए। उनले काठमाडौँ महानगरले स्वयंसेवीको परिचालन र तालिममा पहल गरेकामा खुसी व्यक्त गरे।  

जाजरकोट भूकम्पलगत्तै काठमाडौँ महानगरपालिकाले पुर्याएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले साधन र स्रोतका हिसाबले अग्रणी कामपाको यस्ता कार्यले आगामी दिनमा निरन्तरता पाओस् भनी शुभेच्छा प्रकट गरे। राजधानी रहेको महानगर पनि भएकाले काठमाडौँ महानगरको कदम अन्य पालिकाका लागि अनुकरणीय हुने उनले बताए।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “विद्यमान संरचना कति सुरक्षति छन्, कति असुरक्षित छन् भनेर जोखिम आकलन गर्ने, असुरक्षित रहेका भवनको प्रबलीकरणलगायत विधि प्रयोग गरी सुरक्षित बनाउने र नयाँ बन्ने भवन तथा संरचना भूकम्पबाट सुरक्षित हुनेगरी संहिता पालना गर्न गराउनमा महानगरले अग्रणी भूमिका खेल्ने विश्वास छ।”

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भूकम्पको जोखिममा रहेकाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्ने बताइन्। भूकम्पलगायत विपद्जन्य घटनाबाट नागरिकलाई जोगाउन तीनै तहका सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेकामा जोड दिँदै उनले स्थानीय प्रविधिको प्रयोग गरी बाबजुद संरचना निर्माण गरिनुपर्ने बताइन्।  

वि.सं. १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा वि.सं. २०५५ देखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। उक्त दिन दिउँसो २ः२४ बजे गएको आठ दशमलव चार म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार  १९९० सालको भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो। उक्त भूकम्पबाट ८० हजार घर ध्वस्त भएका थिए। ध्वस्त घरसहित, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवन गरी दुई लाख सात हजार दुई सय ४८ संरचना भत्किएका थिए।  

यसैगरी वि.सं.२०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार छ सय ७० जनाको निधन भएको थियो भने सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो। सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठलगायतले १९९० सालयताका भूकम्पमा परी मृत्युवरण गर्नुभएका व्यक्तिको सम्झनामा पुष्पगुच्छा अर्पण गरेका थिए। रासस
अर्को समाचार
रुसमा नेपालको ‘माइस टुरिजम’ बारे बहस
०५ पौष २०८२
•
३ मिनेट पाठ
रुसमा नेपालको ‘माइस टुरिजम’ बारे बहस
मस्कोमा भएको ग्लोवल माइस कंग्रेसमा ‘माइस टुरिजम’ बारे बहस गरिँदै। तस्बिरः नागरिक
पोखरामा तीनवर्ष अघि भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्टको उद्देश्य पोखरालाई ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) को गन्तव्यको रुपमा पहिचान दिलाउनु थियो। त्यसबाहेक गतवर्ष नै पोखरामा आयोजित नेपाल–इन्डिया–चाइना (नाइस) एक्स्पोले पनि ‘नाईस फर माइस’ भन्दै पोखरालाई माइस टुरिजमको गन्तव्य बनाउनुपर्ने उद्देश्य बोकेको थियो।  




पर्यटन क्षेत्रमा पछिल्लो समय ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) फस्टाउँदै गएको छ। विभिन्न सभा सम्मेलन, बैठक, गोष्ठि देखि पारिवारिक जमघटका गतिविधिलाई माइस टुरिजमले समेट्ने भन्दै छोटो समयमा ठूलो आकारमा पाहुना तान्ने गतिलो उपाय नै माइस टुरिजम रहेको सरोकारवालाको भनाई छ। त्यसका लागि बेलाबेला नेपालमा गतिविधि भईरहेपनि अन्तर्राष्ट्रियस्तरमा भने यस्ता गतिविधिबारे प्रवर्द्धन कम भएको व्यावसायीले बताउँदै आएका छन्।  

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका गतिविधि, सभा सम्मेलन, गोष्ठि, बैठक आयोजना गर्दा एकैसमयमा धेरै संख्यामा पाहुना आउने र त्यसको लाभ पर्यटन क्षेत्रले पाउने सरोकारवालाको भनाई छ। त्यसका लागि नेपालको सम्भाव्यताबारे अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन जरुरी रहेको पनि उनीहरुको भनाई छ। पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने भन्छन, ‘माइस टुरिजमले एकैपटक ठूलो आकारमा आर्थिक कारोबार गराउँछ। एकै समूहमा धेरै पाहुना आउने हुँदा त्यसको लाभ पर्यटन क्षेत्रमा पर्छ। त्यसैले यसका लागि आवश्यक संरचना सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन जरुरी छ।’

माइस टुरिजमको सम्भाव्यताबारे प्रवर्द्धन गर्नका लागि नेपालको प्रतिनिधित्व गर्दै लामिछाने केहीदिन अघि रुसको मस्कोमा आयोजित ‘ग्लोवल माइस कंग्रेस’ मा सहभागि भएका थिए। नेपालले पहिलोपटक सहभागिता जनाएको यो सम्मेलनमा ३५ देशका व्यावसायी तथा पर्यटनसम्बद्ध सरकारी अधिकारी सहभागि थिए। उक्त सम्मेलनमा माइस पर्यटनलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भनेर अनुभव आदानप्रदान गरिएको थियो।  

‘ग्लोवल माइस कंग्रेस’ मार्फत नेपालले आफ्नो सम्भाव्यताबारे जानकारी दिएको छ। यसले आगामि दिनमा रुसका मात्र नभई अन्य देशका पाहुना पनि भित्र्याउन सकिने अपेक्षा छ,’ उनले भने, ‘माइस मात्र नभई अरु खालका पर्यटक पनि भित्रिन सक्छन। रुसकै पर्यटक आगमन पनि नेपालमा बढिरहेकोले यो प्रवर्द्धनले समग्र रुपमा पर्यटन क्षेत्रमा लाभ दिलाउने विश्वास छ।’  
उक्त छलफलमा सहभागि लामिछानेका अनुसार पछिल्लो समय मान्छेले महंगो सामान किन्नुलाई भन्दा यात्रा अनुभवलाई साझा गर्न थालेकोबारे छलफल भएको थियो। ‘पहिलापहिला मान्छेले नयाँ र महंगो सामान किने भनेर अरुलाई देखाउने चलन थियो। तर, अहिले नयाँ ठाउँ घुमेर आइयो भनेर देखाउन थालेका छन,’ उनले भने, ‘अहिले मान्छेले यात्राको अनुभवलाई प्राथमिकता दिन थालेका छन। त्यसैले घुमफिरले प्राथमिकता पाउन थालेकोबारे अन्तर्राष्ट्रिय मञ्च पनि सहमत छ।’

रुसमा भएको सम्मेलनका अधिकांश सहभागि माइस टुरिजम चलाउने विभिन्न मुलुकका व्यावसायी थिए। ‘पछिल्लो समय माइस टुरिजमका लागि नेपाल पनि गतिलो गन्तव्य बन्दै गएको छ। एकैपटक धेरै संख्यामा पाहुना अट्ने सभाहल सहितका पूर्वाधार बनिरहेका छन,’ उनले भने, ‘संरचना तयार पारेर बजारीकरण गर्ने हो भने ठुला व्यावसायिक घरानाहरु सभासम्मेलन र गोष्ठि बैठक संचालनकै लागि भनेर नेपाल आउन सक्छन। त्यो बेला पर्यटनमा लाभ पुग्छ।’  

नेपालमा कोभिडका बेलामा समेत माइस पर्यटन फस्टाएको उनले बताए। ‘पोखरामा त झनै सहज छ। भारतीय पाहुनालाई त्यहाँको गर्मिको बेला चौबिसै घण्टा एसी चलाएर सभा सम्मेलन गर्नुका साटो पोखरामा गरियो भने बाहिरी हावाको अनुभव गर्न पाउँछन। त्यस्तै विवाह जस्ता पारिवारिक जमघटका लागि पोखराजस्ता सहर उपयुक्त बन्न सक्छन। एकै समूहमा धेरै पर्यटक भित्रिने भएकोले यसले व्यावसायमा फाइदा दिने उनले बताए।  

रुसमा माइस टुरिजम बाहेक त्यहाँका पर्यटकलाई नेपाल बोलाउने गरि प्रवर्द्धनात्मक गतिविधि पनि संचालन गरेको लामिछानेले जानकारी दिए। नेपालको पर्यटन क्षेत्रका लागि रुस पनि एउटा पर्यटन बजार रहेको उनले बताए। सन् २०१९ सम्म १० हजार हाराहारीमा रसियन आएकोमा यो वर्ष १५ हजारको संख्यामा आउने अपेक्षा छ। सन् २००२ ताकासम्म मस्कोदेखि नेपालसम्मै सिधा हवाई उडान हुने गरेको थियो। तर, २००२ देखि रसिया नेपालको सिधा उडान बन्द भएपछि पर्यटक आगमन केही प्रभाव परेको थियो। यो सम्मेलनमा सिधा उडानबारे पनि छलफल भएको उनले बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस