सञ्चार क्षेत्रमा सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउँछौँ: मन्त्री शर्मा
०८ पौष २०८०
•
१ मिनेट पाठ
सञ्चार क्षेत्रमा सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउँछौँ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबै क्षेत्रका श्रमिकहरूलाई अनिवार्य रुपमा लागु गरिने बताएकी छिन्।




आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनिवार्य गर्न कानुनमै परिवर्तन गरिन लागेको बताएकी हुन्।

मन्त्री शर्माले सामाजिक सुरक्षा योजना अनिवार्य नगरिए के कारबाही हुने भन्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिइन्। उनले भनिन्,‘सामाजिक सुरक्षा योजनालाई अनिवार्य भनिए पनि सञ्चार प्रतिष्ठान, उद्योग तथा अन्य विभिन्न क्षेत्रमा लागू नभइरहेको अवस्थालाई मध्यनजर गरेर कानुनमै श्रमिकहरूलाई सहभागी नगराए के कारबाही हुने भन्ने व्यवस्था पनि गर्दैछौं।’

मन्त्री शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा देश भित्र तथा वैदेशिक रोजगारीमा रहेका  सबै श्रमिकहरूलाई  अनिवार्य सहभागी हुने वातावरण सरकारले तयार पार्ने स्पष्ट पारिन्। उनले पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरूलाई सामाजिक सुरक्षामा अनिवार्य रुपमा आबद्ध हुने व्यवस्था कार्यान्वयनमा पनि ल्याइसकेको जानकारी दिइन्।

शर्माले सरकार गठन भएको एक वर्ष पुग्न लागेकाले अब, सरकार गिएर बदल्ने दाबी गरिन्। उनले भनिन्, ‘सुशासन, विकास, सहज सेवा प्रवाह र आर्थिक समृद्धिका लागि सरकारले अब, गिएर परिवर्तन गरेर अघि बढ्दैछ ।’ मन्त्री शर्माले एक वर्षको अवधिमा सरकारले देश र जनताको हितका विषयमा धेरै राम्रा कामहरू गरेको पनि बताइन्। 
अर्को समाचार
साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयामः मन्त्री शर्मा
२४ मंसिर २०८०
•
२ मिनेट पाठ
साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयामः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताइन्।




स्लिङ्टन कलेज काठमाडौँले साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरेको साइबर सेक्युरिटी रिचर्ज हबको उद्घाटन गर्दै मन्त्री शर्माले साइबर सेक्युरिटी सरकारको राष्ट्रिय प्राथमिकतामा रहेको बताइन्। साढे दुई करोड लगानीमा स्थापना गरिएको यो साइबर सेक्युरिटी रिसर्च हब नेपालकै पहिलो शैक्षिक अनुसन्धान केन्द्र भएको जनाएको छ।

‘सूचना र प्रविधिको उच्चतम विकास र प्रयोगसँगै साइबर सुरक्षा निकै महत्त्वपूर्ण पक्ष बन्दै गएको छ। साइबर स्पेसलाई सुरक्षित गर्नु आज विश्वभरि ठूलो चुनौतीको विषय बन्दै गएको छ’– मन्त्री शर्माले भनिन्– ‘साइबर स्पेस सुरक्षित गरी व्यक्तिगत डाटा सुरक्षादेखि राष्ट्रिय सार्वभौमिक अक्षुण राख्नेसम्मका कार्य अब महत्त्वपूर्ण बन्दै गएका छन्।’

सूचना प्रविधि आफैमा उदाउँदो क्षेत्र भएको र त्यसमा अझ साइबर सेक्युरिटी महत्त्वपूर्ण क्षेत्र उल्लेख गर्दै उनले भनिन्– ‘तपाइँहरुलाई थाहा नै छ, हामीले नेपालमा पहिलो पटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेका छौँ। सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा हुनसक्ने आक्रमणहरूबाट सुरक्षित रहन साइबर सुरक्षा नीति जारी गरिएको हो।’

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० ले नौ वटा रणनीति अघि सारेको उल्लेख गर्दै मन्त्री शर्माले जसअनुसार आफूहरू साइबर सुरक्षासम्बन्धी कानुनी र संरचनागत व्यवस्थामा जुटेको जानकारी दिइन्। मन्त्रालयमा साइबर सुरक्षा विधेयकको मस्यौदा गर्ने काम भइरहेको जानकारी दिँदै उनले साइबर सुरक्षाका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको प्रक्रिया पनि अघि बढाइएको बताइन्।

साइबर सुरक्षा नीतिले जनचेतनामा पनि जोड दिएको र साइबर सुरक्षाका लागि अति संवेदनशील सूचना प्रविधि पूर्वाधार घोषणा गरेर त्यसको संरक्षण गर्ने नीति कानुनबाटै व्यवस्थित गरिने उनले जानकारी दिइन्। सूचना प्रविधिले सिमानारहित डिजिटल अर्थतन्त्रमा जोड दिने र यसमा भूपरिवेष्टिताले असर नगर्ने भएकाले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने एक मात्र क्षेत्र नेपालका लागि सूचना प्रविधि नै हुने उनले स्पष्ट गरिन्।

आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेपछि साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै आएको र मन्त्रालय परिसरमै सेक्युरिटी अप्रेसन सेन्टर (सक) स्थापना गरेर जीआइडिसी र जी क्लाउडमा होस्टिङ भएका सरकारी प्रणालीको २४ घण्टे अनुगमन सुरु गरिएको पनि मन्त्री शर्माले जानकारी दिइन्। त्यसपछि सरकारी सूचना प्रणालीमाथि आक्रमणका घटनामा पनि कमी आएको उनले स्पष्ट पारिन्।

साइबर सेक्युरिटी विषयमा नेपालकै विश्वविद्यालयमा उच्च शिक्षा पठनपाठन सुरु गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट गर्दै उनले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थाले साइबर सेक्युरिटी विषयमा स्नातकोत्तर तहको कोर्ष डिजाइन गरिरहेको जानकारी दिइन्।
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस