सरकारले दुर्गा प्रसाई नेतृत्वको बिहीवारको प्रदर्शन निस्तेज पार्न उपत्यकामा विभिन्न स्थानमा एकपछि अर्को स्थानमा निषेधाज्ञा जारी गरिरहेको छ। विशेष गरी ‘हाई प्रोफाइल’हरूको बसोबास र कार्यालय क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको छ।
बुधवार बिहानबाट सुरु भएको निषेधाज्ञा जारी गर्ने काम बिहीबार बिहानसम्म नियमित छ। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ र ललितपुरका जिल्ला प्रशासन कार्यालयले धमाधम निषेधाज्ञा जारी गरिरहेका छन्।
यसैबिच काठमाडौँ जिल्ला प्रशासन कार्यालय काठमाडौँले दोस्रो पटक प्रेस विज्ञप्ति जारी गर्दै शीतल निवास (राष्ट्रपति निवास) र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको हो। यसअघि काठमाडौँ प्रशासनले माइतीघर क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कसपसम्म, पश्चिम सामाखुसी निस्किने नाला, उत्तर प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पतालमा जाने मोडसम्म निषेधाज्ञा जारी गरेको हो।
प्रशासनले बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैङ्क चोक र सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १ सय मिटरसम्म पाँच जना भन्दा बढी भेला हुन नदिने बताएको छ।
यसैगरी ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पनि विज्ञप्ति जारी गर्दै ‘हाइ प्रोफाल’बसोबास क्षेत्र र ठुला कार्यालयहरू भएका क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन्।
ललितपुर महानगरपालिका वडा न.३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलबाटो, पश्चिम किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजश्व कार्यालय तथा युएन हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र निषेधाज्ञा जारी गरिएको छ।
उक्त क्षेत्रमा २०८० मङ्सिर ५ गतेदेखि आगामी ६ महिनाका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ। दुवै जिल्लाका प्रशासनले उक्त क्षेत्रमा पाँच भन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको जनाएका छन्।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम यो निषेधाज्ञा जारी गरेका हुन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईले विभिन्न माग राख्दै बिहीबारदेखि उपत्यकामा नियमित प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। उनले प्रदर्शनमा सहभागी गराउन उपत्यका बाहिरबाट समेत सर्वसाधारणलाई काठमाडौँ ल्याउने तयारी गरिरहेका छन्। उनले वित्तीय तथा बैङ्कका ऋणिहरुलाई मुक्ति दिलाउने नाममा वर्तमान राजनीतिक दलहरू विरुद्ध समेत आफ्नो प्रदर्शनलाई केन्द्रत गरिरहेको र त्यसको प्रतिकार गर्ने चेतावनी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भातृ सङ्गठन युवा सङ्घले दिएको छ। सरकारले सम्भावित असुरक्षालाई निस्तेज पार्न यो कदम चालिएको बताउँदै आएको छ ।
सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।
आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिए।
उनले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार वि.सं. २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो।
सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए। खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ।
‘नियमित रुपमा ती बालबालिकालाई लगाइने पोलियोविरुद्धको खोप गाभीले त्यतिबेला उपलब्ध गराउन सकेको थिएन’, उनले भने, ‘अहिले फेरि खोप उपलब्ध गराएपछि लगाउने तयारी गरिएको हो।’
नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ।
दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ। सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ। रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...