निर्वाचन सबै तयारी पूरा
०८ मंसिर २०७४
•
८ मिनेट पाठ
निर्वाचन सबै तयारी पूरा
गोरखाको माथिल्लो भेगमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्दैै ।
पोखरा- पहिलो चरणमा निर्वाचन हुने प्रदेश–४ भित्रका जिल्लाको सबै तयारी पूरा भएको छ । पहिलो चरणमा प्रदेशभित्रका विभिन्न ६ वटा जिल्लामा निर्वाचन हुँदैछ ।

कर्मचारी खटनदेखि निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित मतदानस्थलसम्म पुगिसकेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले पहिलो चरणमा निर्वाचन हुने जिल्लाको सबै तयारी पूरा भएको जानकारी दिए ।

‘२७ वटा मतदान स्थलमा हेलिकप्टरबाट आवश्यक कर्मचारी र निर्वाचन सामग्री ढुवानी गरिएको छ । सबै तयारी पूरा भएको छ । सुरक्षा व्यवस्था चुस्त पारिएको छ । मतदान गर्नबाट मतदाता त्रसित हुनुपर्ने कुनै कारण छैन ।’

निर्वाचन आयोगका पदाधिकारीसहित सुरक्षा निकायका क्षेत्रीय र प्रदेश प्रमुख बिहीबार पहिलो चरणमा निर्वाचन हुने जिल्लाको सुरक्षा अवस्था बुझ्न गएकोमा सन्तोषजनक रूपमा तयारी भएको प्रशासक अर्यालले बताए । ‘क्षेत्रस्तरीय सुरक्षा निकायको टोली बिहीबार पहिलो चरणमा निर्वाचन हुने प्रदेश–४ का विभिन्न ६ वटा जिल्लामा गएका थियौं,’ अर्यालले भने, ‘सबै तयारी पूरा भएको छ । सुरक्षा व्यवस्था चुस्त पारिएको छ । मतदान गर्नबाट मतदाता त्रसित हुनुपर्ने कुनै कारण छैन ।’

प्रदेशभित्र पहिलो चरणमा मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, लमजुङ र गोरखामा निर्वाचन हुँदैछ । क्षेत्रीय प्रशासक अर्यालले सहज र मोटरबाटो पुगेको ठाउँसम्म मोटर र उच्च हिमाली भेगमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरेको जानकारी दिए । ‘अब सबै तयारी पूरा भएको छ । मतपत्र, मतपेटिकासहित आवश्यक सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी मतदानस्थनमा पुगेका छन्,’ उनले भने, ‘बिहीबार बेलुकीसम्म सबैजसो मतदानस्थलमा कर्मचारी पुगिसक्छन् । दुई दिनमा कर्मचारीले अन्य व्यवस्थापनको काम गर्नेछन् । पहिलो चरणमा ६ वटा जिल्लाका ५ लाख ६३ हजार मतदाताले मतदान गर्नेछन् ।

अर्यालका अनुसार उच्चहिमाली र पहाडी क्षेत्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिएको छ । गोरखाको उच्चहिमाली भेगमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिएको अर्यालले बताए । ‘गाडी पुग्न नसक्ने ठाउँमा हेलिकप्टरले आवश्यक सामग्री ढुवानी भएका छन् । बाँकी ठाउँमा गाडीबाटै पुगेका छन्,’ उनले भने । चिसो बढ्दै जाँदा हिमाली क्षेत्रमा हिमपात हुने हो कि भन्ने त्रास रहेकोमा अहिलेसम्म हिउँ नपरेपछि निर्वाचन गराउन सहज भएको उनले बताए । ‘हिउँ नपरेपछि सहज भएको छ । सबै ठाउँमा कर्मचारी पुगिसकेकाले अब प्राकृतिक प्रकोपबाट पनि डर छैन,’ उनले भने ।

मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले हिमाली जिल्लाको सबै तयारी पूरा भएको बताए । मतदान अधिकृत र कर्मचारी बिहीबारसम्म सबै मतदानस्थलमा पुगिसकेको उनले बताए । ‘सदरमुकाम चामेबाट सबैभन्दा टाढा फु मा कर्मचारी २ दिन पैदल हिँडेर पुगिसकेका छन्,’ ढकालले भने, ‘टाढामध्येको नार मा पनि मतदानका लागि तयारीसहितको टिम बिहीबार बेलुकी पुग्नेछ ।’ खटिएका कर्मचारीले मतदानअघिको २ दिन अवधिमा मतदान केन्द्र व्यवस्थापन गर्ने, दलसँग बैठक गर्ने उनले बताए । मनाङको दुर्गम नार र फुमा निर्वाचनका लागि खटिएका कर्मचारी र आवश्यक सामग्री लैजान हेलिकप्टर माग गरेपनि निर्वाचन आयोगले नपठाएपछि कर्मचारी हिँडेरै गएको उनले बताए ।

गोरखाका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले माथिल्लो भेगमा समेत निर्वाचनमा खटिएका कर्मचारी आवश्यक निर्वाचन सामग्रीसहित पुगेको बताए । उनका अनुसार माथिल्लो गोरखामा केही भौगोलिक चुनौती भए पनि मतदानका लागि आवश्यक कर्मचारी र सामग्री पुगेपछि तयारी पूरा भएको बताए । ‘आवश्यक जनशक्ति सहयोगी कर्मचारी र सुरक्षाकर्मीसहित खटाएका ठाउँमा पुगेका छन्,’ उनले भने ।

उनका अनुसार उत्तरी दुर्गमका सबैभन्दा टाढाको मतदानस्थलमा छिटो गरी कर्मचारी र सामग्री पुगिसकेका छन् । नगरपालिका क्षेत्रमा बिहीबार बेलुकीसम्म पुगेका छन् । उनका अनुसार गोरखाका २७ वटा मतदान स्थलमा हेलिकप्टरबाट आवश्यक कर्मचारी र निर्वाचन सामग्री ढुवानी गरिएको छ । ‘गोरखाका २७ वटा मतदानस्थलमा हेलिकप्टरबाट सामान र जनशक्ति पु¥याएका छौं,’ उनले भने, ‘४–५ वटा मतदानस्थललाई आधार मानेर हेलिकप्टरबाट जनशक्ति पठाएका छौं ।’ उनका अनुसार ४–५ वटा मतदानस्थललाई पायक पर्नेगरी हेलिकप्टरबाट सामग्री र मान्छे पु¥याएपछि केही घन्टा हिँडेर मतदानस्थलमा पुगिसकेका छन् ।

प्रदेश–४ का प्रहरी प्रमुख एआइजी कमलसिंह बमका अनुसार मतदानस्थलमा म्यादी, प्रहरीबाहेक सशस्त्र र सेनाले पनि सुरक्षा दिनेछ । जिल्लामा अति संवेदनशील भनिएका मतदानस्थलमा १५ जना, संवेदनशीलमा ११ र सामान्यमा ८ जना सुरक्षाकर्मी प्रहरीको तर्फबाट खटिँदैछन् । तीबाहेक एक मतदान केन्द्रमा ४ जनाको दरले थप सुरक्षाकर्मी थपिनेछन् । सबैतिर सुरक्षा व्यवस्था बलियो र भरपर्दाे भएकाले निर्वाचनमा मतदान गर्न जानबाट कोही डराउनुनपर्ने सुरक्षा निकायले बताएको छ ।
अर्को समाचार
नेपाल बारमा चुनावी सरगर्मी, निर्वाचन तयारी पूरा
११ चैत्र २०७२
•
६ मिनेट पाठ
नेपाल बारमा चुनावी सरगर्मी, निर्वाचन तयारी पूरा
काठमाडौं–नेपाल बार एशोसिएशनको २४ औं नेतृत्वका लागि हुन गइरहेको निर्वाचन तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिले निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको हो।

बारको निर्वाचन चैत २० गते काठमाडौंमा हुँदै छ । निर्वाचनका लागि उपत्यका र अन्य जिल्ला गरी ३३ वटा केन्द्र तोकिएको प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले बताए। विभिन्न पदमा गरी ७१ जनाले उम्मेदवारी दिएको निर्वाचन प्रमुख निरौलाले बताए। देशभर गरी ९ हजार ५ सय २२ जना मतदाता रहेको बारले १९ पदमा नयाँ पदाधिकारी चयन गर्नेछ।

12895545 10209280527959691 648553943 n

प्रगतीशील समूह

बार निर्वाचनमा हालसम्म लोकतान्त्रिक र प्रगतीशील दुई खेमाको मुख्य प्रतिस्पर्धा रहेको छ। बारको उपत्याका क्षेत्रमा ५ हजार ८ सय ६२ जना सदस्य रहेका छन् भने बाहिर ३ हजार ६ सय ६० जना मतदाता रहेका छन्। काठमाडौंपछि पोखरामा धेरै मतदाता रहेका छन्। पूनरावेदन वार र जिल्ला बार गरी ४ सय १९ मतदाता रहेका छन्। दुई खेमा वाहेक अन्यले पनि उम्मेदवार दिएका छन् । बारको अध्यक्षका लागि स्वतन्त्र समेत गरी चारजना आकांक्षी रहेका छन्।

लोकतान्त्रिका तर्फवाट अधिवक्ताहरु शेरबहादुर केसी, प्रगतीशीलबाट विजयकान्त मैनाली उम्मेदवार रहेका छन्। अध्यक्ष पदका लागि अन्य अधिवक्ताहरु रामप्रसाद प्रजापति र मनोहर साह पनि प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै सात उपाध्यक्ष पदको लागि दुवै तर्फका १७ कानुन व्यवसायी मैदानमा उत्रिएका छन्। पूर्वान्चल उपाध्यक्षको लागि मदनकुमार खड्का र टंकप्रसाद उप्रेती, मध्यमान्चल उपाध्यक्षको लागि विनय सिंह र रामसहाय राय यादव, मध्यमान्चल उपाध्यक्षका लागि मोतीराज गौतम, राजकुमार थापा, बीरेन्द्रकुमार ठाकुर र रमेश बडाल प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी पश्चिमान्चल उपाध्यक्षको लागि घनश्याम पन्त, लीलाधर मरासिनी र गुमानसिंह अर्याल, मध्यपश्चिमान्चल उपाध्यक्षको लागि रेवतीरमण भट्टराई, शालिकराम सापकोटा, सुदुरपश्चिमान्चलको उपाध्यक्षको लागि गंगाराम पाध्याय र कलानन्द उपाध्यायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । खुला महिलाको उपाध्यक्ष एक सिटको लागि शान्ता सेढाइ सापकोटा र उषा मल्ल पाठकको उम्मेदवारी परेको छ ।
12674497 10209280527359676 672285381 n

लाेकतान्त्रिक समुह

निर्वाचन समितिले महासचिव एक पदको लागि ६ जनाको नाम प्रकाशित गरेको छ । दीनमणि पोखरेल, विराट न्यौपाने, खम्मबहादुर खाती, नरहरिनाथ योगी, गजेन्द्रबहादुर थापा र चेतबहादुर आलेबीच प्रतिस्पर्धा हुने समितिले अन्तिम नामावलीमा उल्लेख छ ।

एक कोषाध्यक्ष पदको लागि ज्ञानरत्न शाक्य, हरिओम तिमिल्सिना, नीना डंगोल र हरिबहादुर खड्काको उम्मेदवारी परेको छ। दलित सदस्यका लागि श्यामकुमार विश्वकर्मा, दुर्गाबहादुर विश्वकर्माबीच प्रतिस्पर्धा हुने भएको छ । मधेशी/मुश्लिम काठमाडौं उपत्यका बाहिर सदस्य पदको लागि अनिलकुमार साह र मधुर पाठकले उम्मेदवारी दिएका छन् ।

खुला मधेशी/मुश्लिमको सदस्य पदमा रमणकुमार कर्ण र विनोद कुमार, आदिवासी खुला सदस्य पदको लागि अस्मिनकुमार राई र रामसुन्दर श्रेष्ठ, जनजाति काठमाडौं उपत्यका बाहिरको सदस्य पदको लागि हरिनारायण चौधरी, राजकुमार श्रेष्ठ, काठमाडौं उपत्यका बाहिरको महिला सदस्यको लागि इन्दु कोइराला र शान्ति मोदीको उम्मेदवारी दर्ता भएको छ ।

खुला महिला पद एकको लागि सानु मैयाँ महर्जन, आशा राई र कविता राईको नाम निर्वाचन समितिले प्रकाशित गरिएको छ। यसैगरी खुलातर्फ काठमाडौं उपत्यका बाहिरको सदस्य पदको लागि पदमबहादुर शाही, शिवराज दाहाल र दलबहादुर धामीको नाम रहेको छ ।

सात खुला सदस्य पदको लागि ज्ञानेन्द्रप्रसाद, अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, शुकदेव काफ्ले, इन्द्रबहादुर अधिकारी, खड्कबहादुर बुढाथोकी, मदन श्रेष्ठ, चुरामणी भुसाल, गणेश गिरी, नागेशकृष्ण पोखरेल, गोपालप्रसाद शर्मा, तोयानाथ ढुंगाना, दीपक राई, अजयकुमार स्वर्णकार, विष्णुमायाँ भुसाल, कृष्णकुमार आङ्गदम्बे, चुडामणि पौडेल, विषण राई, मंगल महर्जन, नरबहादुर खड्का र भूपेन्द्र पोखरलेको उम्मेदवरी परेको निर्वाचन समितिले जनाएको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस