कर्मचारीको विदेश भ्रमणमा कडाइ
३० असार २०७४
•
६ मिनेट पाठ
कर्मचारीको विदेश भ्रमणमा कडाइ
काठमाडौं- कर्मचारीको विदेश भ्रमण 'अलि बढी नै' भएको महसुस गर्दै सरकारले यस्तो भ्रमणमा कडाइ गर्ने भएको छ। कर्मचारीको विदेश भ्रमणमा अन्तिम स्वीकृति दिने अर्थ मन्त्रालयले साउन १ देखि यस्तो भ्रमणमा कठोर बन्ने निर्णय गरेको हो।




कर्मचारीको विदेश भ्रमणको अन्तिम स्वीकृति गर्ने अर्थ मन्त्रालयले साउन १ देखि भ्रमणमा कठोर बन्ने निर्णय गरेको हो।

नयाँ आर्थिक वर्षको पहिलो दिन साउन १ देखि नै अनावश्यक विदेश भ्रमणमा 'अंकुश' लगाउने निर्णय अर्थ मन्त्रालयले गरेको मन्त्रालयका बजेट महाशाखा प्रमुख केवलकृष्ण भण्डारीले बताए। 'विदेश भ्रमण अलि बढी नै भएछ भनेर हामीले सिनियर म्यानेजमेन्ट टिमबाट आन्तरिक निर्णय गरेका छौं,' बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा भण्डारीले भने, 'साउन १ देखिको विदेश भ्रमणको स्वीकृतिमा अर्थ मन्त्रालय कठोर हुने सहमति भएको छ।'

अखबारमा धेरै कर्मचारी विदेश गएको समाचार आएपछि सरकारले कडाइ गर्ने नीति लिएको हो। 'विदेश भ्रमणबारे हिजो पनि अखबारमा समाचार आएको छ', भण्डारीले भने, 'अर्थ मन्त्रालयले स्वीकृत कार्यक्रममा रहेको विदेश भ्रमणलाई अनुमति दिन्छ र मन्त्रालयको अनुमति नलिई कमै विदेश भ्रमण हुन्छन्।'

कतिपय सरकारी कर्मचारी दाताबाट सञ्चालित  प्रोजेक्टअन्तर्गत विदेश जाने गरेको र त्यो सरकारी बजेटमा नदेखिने भएकाले त्यसबारे आफूलाई जानकारी नहुने उनले समितिसमक्ष बताए।

उनले पछिल्लो एक महिनामा कतिपय विदेश भ्रमणलाई रोकिएको समेत बताए।  'भ्रमण रोकिएका कारणले कतिपयलाई अप्ठेरो परेको र विरोध भएको छ,' भण्डारीले भने, 'ट्रेड युनियनका पदाधिकारी आएर हामीलाई किन रोकियो भन्ने अवस्थासमेत भयो।'

बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकले चालू आर्थिक वर्षमा भएका वैदेशिक भ्रमणको विवरण र त्यसको खर्च विवरण पेस गर्न प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ। विदेश भ्रमणबारे पत्रपत्रिकमा आएको र सांसदले समेत यो विषयमा गम्भीर प्रश्न उठाएकाले सरकारलाई यसको विवरण पेस गर्न निर्देशन दिइएको समितिको निर्णय सुनाउँदै सभापति डोरप्रसाद उपाध्यायले बताए।  

बैठकमा उपस्थित सांसदले राज्यकोष खर्च गरेर सयौं कर्मचारी विदेश सयरमा गएको  खबर आएको भन्दै सरकारसँग यथार्थ विवरण माग्नुपर्ने बताएका थिए। कर्मचारी र नेताको विदेश भ्रमणलाई लेखा समितिले रोक्नुपर्ने सांसद धनराज गुरुङले बताए। गैरसरकारी संस्थाका नाममा विदेश हिँड्ने कर्मचारीको प्रवृत्ति शोभनीय नभएको र जनताले सिटामोल नपाएको अवस्थामा नेताले स्वास्थ्य उपचारका नाममा देशको ढुकुटी खर्च गर्ने प्रवृत्ति पनि गलत भएकाले रोक्नुपर्नेमा गुरुङको जोड थियो। 

अर्का सांसद रामहरि खतिवडाले विदेश भ्रमणमा जान कर्मचारीबीच लबिङ र चलखेल हुने गरेको बताए। 'उपसचिवलाई आएको निम्तोमा सहसचिव, सहसचिवको निम्तोमा सचिव र सचिवको निम्तोमा मन्त्री विदेश जाने प्रवृत्ति छ,' खतिवडाले भने, 'एक व्यक्तिलाई आएको विदेश भ्रमणको निम्तोमा अर्को जानु पनि भएन।'

सांसद भानुभक्त ढकालले यो बेला कर्मचारीको ठूलो समूह विदेश भ्रमणमा रहेको बताए। उनले वर्षभरि हुने विदेश भ्रमण र त्यसको खर्च  सार्वजनिक गर्नुपर्नेमा जोड दिए। 'वर्षभरिमा कति भ्रमण भए, कहाँ भए, कोको गए, कति खर्च लाग्यो भन्ने विवरण प्रकाशित गर्नुपर्छ,' ढकालले भने, 'वार्षिक रुपमा भ्रमण प्रतिवेदन आयो भने मात्र भ्रमणको औचित्य देखिन्छ।'

सांसद हरि नेपालले आर्थिक वर्षको अन्तिममा आएर विदेश भ्रमण जाने प्रवृत्तिले खर्च नभएको रकम खर्च भएको जस्तो देखिने बताए। आर्थिक वर्षान्त विदेश भ्रमणको उपयुक्त समय नभएको  पनि उनले बताए।

बैठकमा लेखा समितिमा एनसेलको पुँजीगत लाभकर, सरकारको बजेट खर्च, रकमान्तर र विदेश भ्रमण विषयमा छलफल भएको थियो। समितिमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र बजेट महाशाखा प्रमुख ढुंगानाले सांसदले उठाएका प्रश्नको जबाफ दिएका थिए।
अर्को समाचार
कर्मचारीको विदेश भ्रमणमा थप कडाइ
११ जेष्ठ २०७५
•
१० मिनेट पाठ
कर्मचारीको विदेश भ्रमणमा थप कडाइ
काठमाडौं – सरकारले कर्मचारीको विदेश भ्रमणमा थप कडाइ गरेको छ। अनावश्यक तालिम, अध्ययन र अवलोकनका नाममा विदेश भ्रमणमा नजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन अवज्ञा गर्दै कर्मचारीहरु विदेश जाने क्रम नरोकिएपछि सरकारले त्यसमा थप कडाइ गरेको हो।




अनावश्यक काममा विदेश भ्रमणमा जाँदा राज्य कोषबाट बर्सेनि करोडौं रुपैयाँ खर्च भएपछि यसलाई व्यवस्थित गर्न सरकारले केही साताअघि ‘कर्मचारीको वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५’ ल्याएको थियो। सरकारले फेरि ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५’ मार्फत कर्मचारीको विदेश भ्रमणमा थप कडाइ गरेको हो।

‘सरकारको स्रोतबाट वैदेशिक अवलोकन तथा अध्ययन भ्रमण तथा वैदेशिक ऋणको रकमबाट तालिम, अवलोकन तथा अध्ययन भ्रमण निरुत्साहित गर्ने,’ केही दिनअघि मन्त्रिपरिषद्बाट स्वीकृत ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५’ मा लेखिएको छ।

अनावश्यक तालिम, अध्ययन र अवलोकनका नाममा विदेश भ्रमणमा नजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन अवज्ञा गर्दै कर्मचारीहरु विदेश जाने क्रम नरोकिएपछि सरकारले त्यसमा थप कडाइ गरेको हो।

मार्गदर्शनलाई गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। यसअघि सरकारी पदाधिकारीको वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउन भन्दै सरकारले गत वैशाख १० गते ‘कर्मचारीको वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५’ ल्याएको थियो। निर्देशिका ल्याएको १६ दिन नबित्दै सरकारले नीतिगत मार्गदर्शन ल्याई कर्मचारीको अनावश्यक विदेश भ्रमणलाई थप कडाइ गर्न खोजेको हो।

नीतिगत मार्गदर्शनमा विदेशी राष्ट्र तथा आयोजक संस्थाले खर्च व्यहोर्ने तालिम, अध्ययन तथा अवलोकन भ्रमणमा मनोनयन भएका पदाधिकारीलाई सरकारले पकेट खर्च र भत्तासमेत दिन नहुने उल्लेख छ। गैरसरकारी संस्थाको निमन्त्रणामा जाँदा सरकारी कोषको प्रयोग हुन नहुने पनि मार्गदर्शनमा लेखिएको छ।

‘विदेशी राष्ट्र वा आयोजक संस्थाले खर्च व्यहोर्ने वैदेशिक तालिम, अध्ययन एवं अवलोकन भ्रमणमा मनोनयन भएका पदाधिकारीलाई नेपाल सरकारका तर्फबाट पकेट खर्च, बाटो म्यादबापतको भ्रमण भत्तालगायतको खर्च माग गर्न नहुने,’ सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शनमा उल्लेख छ, ‘विदेशस्थित गैरसरकारी संस्थाबाट प्राप्त निमन्त्रणाका आधारमा सरकारको स्रोत उपयोग गरी वैदेशिक भ्रमणमा भाग नलिने।’

सरकारले नयाँ नीतिगत मार्गदर्शनमार्फत सार्वजनिक निकायका पदाधिकारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुका साथै आयोजनासम्बन्धी निर्माण व्यवसायी एवं परामर्शदाताको खर्चमा विदेश भ्रमण नगर्नसमेत भनेको छ। सरकारले गर्नैपर्ने विदेश भ्रमण पनि सकभर छोटो अवधिको मात्र गर्न निर्देशन गरेको छ। ‘वार्षिक बजेट खर्चगरी वैदेशिक भ्रमण गर्दा मन्त्रिपरिषद्ले २०७५ वैशाख १० गते स्वीकृत गरेको वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकाको अधीनमा रही सानो, मितव्ययी र छोटो अवधिको भ्रमण व्यवस्था गर्ने,’ मार्गदर्शनमा भनिएको छ।

चालू आर्थिक वर्ष २०७४/०७५ को पहिलो ६ महिनामै विदेश भ्रमणका नाममा कर्मचारीले करिब दुई अर्ब १५ करोड रुपैयाँ राज्य कोषबाट रित्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत वैशाख १० गते वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका ल्याएको थियो। निर्देशिकामा सरकारी कर्मचारीले ठेकेदार वा परामर्शदाताको खर्चमा कुनै पनि देशको भ्रमण गर्न नपाउने उल्लेख थियो। बहालवाला सरकारी पदाधिकारीले बिदा लिई सरकारी प्रतिनिधिका हैसियतमा विदेश भ्रमणमा जान नपाउने समेत निर्देशिकामा लेखिएको थियो।

गत आर्थिक वर्ष २०७३/०७४ मा सरकारी कर्मचारीले विदेश भ्रमणका नाममा राज्य कोषबाट दुई अर्ब २० करोड रुपैयाँभन्दा बढी खर्च गरेका थिए। आर्थिक वर्ष २०७२/०७३ मा कर्मचारीले विदेश भ्रमणमा भएको खर्चभन्दा उक्त रकम एक सय २३ प्रतिशतले बढी हो । अघिल्ला दुई आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कर्मचारीले विदेश भ्रमणका नाममा झन् ठूलो रकम खर्चेका थिए। कर्मचारीले भ्रमणका नाममा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा दुई अर्ब १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ खर्च गरेका थिए। यो रकम चालू आर्थिक वर्षका लागि सरकारले भ्रमण खर्चमा छुट्याएको कुल बजेटभन्दा ४१ करोड ९६ लाख ६५ हजार रुपैयाँ बढी हो। चालू आर्थिक वर्षमा कर्मचारीको भ्रमण खर्चका लागि सरकारले कुल एक अर्ब ७२ करोड ८६ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।

भ्रमण खर्च नियमावली, २०७२ मा विदेश भ्रमण गर्दा कर्मचारीलाई दैनिक भत्ताको व्यवस्था गरिएको छ। नियमावलीअनुसार विदेश भ्रमण गर्दा अतिविशिष्ट कर्मचारीले दैनिक दुई सय ५० अमेरिकी डलर, विशिष्टले दैनिक दुई सय २५ अमेरिकी डलर, प्रथम तहले दैनिक एक सय ७५ अमेरिकी डलर, द्वितीय तहले दैनिक एक सय ५० अमेरिकी डलर, तृतीय तहले दैनिक एक सय २५ अमेरिकी डलर र चौथौ तहले दैनक एक सय अमेरिकी डलर भत्ता पाउँछन्। युरोपेली राष्ट्रहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान, बहराईनको भ्रमणमा भने उल्लिखित दरमा ३३ प्रतिशत थप रकम दिइने व्यवस्था छ। धेरै कर्मचारी यही भत्ताकै लागि मात्र भने पनि कम महत्वका कार्यक्रममा विदेश भ्रमणमा जाने गरेका थिए। सरकारले ल्याएको नयाँ नीतिगत मार्गदर्शनमा अबदेखि विदेशी राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्टिय गैरसरकारी संस्थाको निमन्त्रणामा विदेश भ्रमणमा जाने कर्मचारीलाई यस्तो भत्ता नदिने उल्लेख छ।

कर्मचारीको विदेश भ्रमणका लागि राज्य कोषबाट ठूलो रकम खर्च भएपछि गत फागुन १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्को निर्णय नहुन्जेलसम्मका लागि सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न निर्देशन जारी गरेको थियो। निर्देशन जारी गर्दा पनि कर्मचारीको विदेश भ्रमण रोकिएन। त्यसपछि सरकारले गत वैशाख १० गते कर्मचारीको विदेश भ्रमणलाई नियन्त्रण गर्न वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ ल्याएको थियो। निर्देशकामा राख्न छुटेका कुरा समेटी पुनः वैशाख २६ गते सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ ल्याई कर्मचारीको विदेश भ्रमणलाई निरुत्साहित गर्न खोजेको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस