लेखनाथ पाण्डे, काठमाडौं, साउन ७- परराष्ट्र मन्त्रालयले जथाभावी कर्मचारीको विदेश भ्रमण रोक्न सबै सरकारी निकायलाई कडा सर्कुलर गरेको छ। कर्मचारीको विदेश भ्रमण व्यवस्थित गर्न एवं अनावश्यक रोक्न यसै साता यस्तो सर्कुलर गरिएको परराष्ट्रले जनाएको छ।
मन्त्रालयका अनुसार अनावश्यक व्यक्तिसमेत सरकारी कामका लागि भन्दै परराष्ट्रबाट दूतावासहरूमा भिसाका लागि पत्र (भिसा नोट) लेखाउन, अन्य कूटनीतिक पत्राचार र सिफारिसपत्र लेखाउन दबाब दिने क्रम बढेपछि कडाइ गरिएको हो।
शिष्टाचार महाशाखाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि सबै मन्त्रालय, संवैधानिक अंग, आयोग, संविधानसभा सचिवालय, सर्वोच्च अदालतलगायत केन्द्रीय स्तरका सम्पूर्ण सरकारी कार्यालयलाई पत्र लेखेको हो।
पत्रमा उपयुक्त च्यालनबाट मात्र विदेशमा हुने कार्यक्रममा भाग लिन जाने कर्मचारी निर्णय गर्न, तोकिएका व्यक्तिले मात्र यस्तो निर्णय गर्न र सम्बन्धित व्यक्तिलाई मात्र यस्ता कार्यमा पठाउन आग्रह गरिएको छ।
‘सरकारी कामका लागि सही व्यक्ति विदेश जाऊन्, अनावश्यक व्यक्ति नपरून् भनेर सर्कुलर गरेका हौँ,' परराष्ट्र सचिव मदन भट्टराईले नागरिकसँग भने, ‘यो सर्कुलर व्यक्तिविशेषका निम्ति होइन, सिद्धान्तमा टेकिएर गरिएको हो।'
प्रधानमन्त्री, मन्त्री, सचिवहरूका सिफारिसपत्र लिएर सम्बन्धित/असम्बन्धित कर्मचारी र गैरकर्मचारीसमेत परराष्ट्रमा भिसा नोट लिन आउने गरेका धेरै घटना छन्। यस्ता व्यक्तिलाई भिसा नोटलगायत विषयमा परराष्ट्रले दूतावासलाई पत्राचार गर्दा कतिपय अवस्थामा भिसा अस्वीकार हुने गरेका छन्।
सामान्यतः परराष्ट्रले भिसा नोट लेखिदिएपछि दूतावासले भिसा दिनुपर्छ। अन्यथा परराष्ट्रकै विश्वसनीयतामा प्रश्न उठाइएको अर्थ लाग्न पुग्छ। दूतावासले कतिपय अवस्थामा यस्तै असम्बन्धित व्यक्तिको आधारमा ‘जेनुइन' व्यक्तिका समेत भिसा अस्वीकार गरेको परराष्ट्र अधिकारी बताउँछन्।
‘जथाभावी व्यक्तिलाई भिसा देऊ भनेर लेख्नुपर्दा सही व्यक्तिका भिसासमेत अस्वीकार भएका छन्, यसले परराष्ट्रकै विश्वसनीयतामा प्रश्न उठाउँछ,' परराष्ट्रका एक अधिकारीले भने, ‘यसलाई रोक्न पनि सर्कुलर गरिएको हो।'
सरकारी कार्यालयमा विदेश भ्रमण जाने व्यक्तिको सिफारिसका लागि परराष्ट्रलाई आग्रह गर्ने निश्चित अधिकारी तोकिएका हुन्छन्। तोकिएका अधिकारीले बाहेक अरूले समेत दूतावासलाई भिसा नोटलगायत ‘थर्ड पर्सन नोट' लेखिदिन परराष्ट्रमा पत्र आउने गरेका छन्। यस्तो प्रवृत्तिलाई निरुत्साहित गरेर भ्रमणलयायत कूटनीतिक ‘डिलिङ' व्यवस्थित गर्न पत्राचार गरिएको ती अधिकारीले बताए।
गृहका एक अधिकारीले परराष्ट्र र अन्य सरकारी कार्यालयबीच हुने सम्पूर्ण कार्यलाई व्यवस्थित गर्ने उद्देश्यले परराष्ट्रले पत्र पठाएको बताए।
‘पत्रको उद्देश्य विदेश भ्रमणलाई नियमन गर्न मात्र केन्द्रित छैन, परराष्ट्र र अन्य सरकारी कार्यालयबीच हुने सबै कार्य व्यवस्थित गर्न भन्ने देखिन्छ,' ती अधिकारीले भने।
तालिम र क्षमता विकासका नाउँमा कर्मचारीको बढ्दो विदेश यात्रा निरुत्साहित गर्ने पनि यसको उद्देश्य रहेको परराष्ट्रका अधिकारीले बताए।
यसअघि परराष्ट्रले एकैचोटि दर्जनौँ ‘तालिम' का नाममा विदेश जाँदा कार्यालयमा कर्मचारी अभाव भएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो। अर्थले पनि यस्ता भ्रमणमा खर्च नभर्न दातृनिकायलाई समेत आग्रह गरेको थियो।
गत महिना प्रधानमन्त्री माधवकुमार नेपालले सचिवहरूसँगको छलफलमा पनि अनावश्यक रूपमा विदेश भ्रमण नगर्न/नगराउन उच्चपदस्थ कर्मचारीलाई निर्देशन दिएका थिए।