दुई विधेयक संसद्मा
२४ असार २०७४
•
६ मिनेट पाठ
दुई विधेयक संसद्मा
काठमाडौं- सरकारले अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस भएको छ।




अर्थमन्त्री ज्ञानेन्›बहादुर कार्कीले सदनसमक्ष ती विधेयक प्रस्तुत गर्दै संघ, प्रदेश र केन्›का बीचमा वित्तीय व्यवस्थापन गर्न विधेयक आएको जानकारी गराए।

संविधानमा तीनै तहले आर्थिक स्रोतको बाँडफाँट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमार्फत गर्ने भनिएको छ। सोहीअनुसार सरकारले राजस्व संकलन र बाँडफाँटबारे सबै तहको अधिकार कानुनमा स्पष्ट गर्न लागेको हो।

विधेयकमा स्थानीय तहलाई केन्द्रबाट नियन्त्रण गर्नेगरी राखिएको व्यवस्था संशोधन गरेर मात्र दर्ता गर्नुपर्ने माग गर्दै नेपाल मजदुर किसान पार्टीका तर्फबाट विरोधको सूचना दर्ता गरिएको थियो। नेमकिपाका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरद्वारा संयुक्त रुपमा प्रस्तुत विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो।

संविधानमा तीनै तहले आर्थिक स्रोतको बाँडफाँट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमार्फत गर्ने भनिएको छ। संविधानको सोही व्यवस्थाबमोजिम सरकारले राजस्व संकलन र बाँडफाँटबारे सबै तहको अधिकार कानुनमा स्पष्ट गर्न लागेको हो।

विधेयकमा राजस्व असुल गर्ने सम्पूर्ण अधिकार प्रदेश र केन्द्रमा राख्दै स्थानीय सरकारलाई निश्चित प्रतिशत दिने व्यवस्था प्रस्ताव गरिएको  छ।  जनताको काम गर्ने निकाय स्थानीय सरकार भए पनि त्यसलाई कम राजस्व असुुल गर्नसक्ने गरी प्रस्ताव गर्दै सरकारले पुनः केन्द्रीकृत राज्य चलाउने प्रयास गरेको छ।

प्राकृतिक स्रोत उपयोगबाट प्राप्त हुने रोयल्टीको ८५ प्रतिशत हिस्सा केन्द्र सरकारले पाउने व्यवस्था प्रस्ताव गरिएको छ। यस्तो रोयल्टीको १० प्रतिशत प्रदेश र ५ प्रतिशत स्थानीय तहले  राख्न पाउने व्यवस्था विधेयकमा छ। त्यस्तै पर्वतारोहण, विद्युत्, वन र खानी तथा खनिज उपयोगबापत प्राप्त हुने रोयल्टीको पनि ८५ प्रतिशत केन्द्रले, १० प्रतिशत प्रदेशले र पाँच प्रतिशत स्थानीय तहले पाउने प्रस्ताव गरिएको छ।

मिर्गौला विवाद सदनमा

मनमोहन मेमोरियल मेडिकल कलेजले पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मिर्गौला झिकेको भन्दै व्यवस्थापिका–संसद बैठकमा सांसदले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन्। शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसदले दोषीमाथि कारबाही गर्न समेत माग गरे।

पत्थरीको उपचार गराउन आएका नुवाकोट विदुर नगरपालिका–१२ का शिवप्रसाद रिमालको अस्पताल प्रशासन र चिकित्सकको मिलेमतोमा मिर्गौला झिकेको आरोप लागेको छ।

'मनमोहन अधिकारीलाई म सम्मान गर्छु तर उहाँकै नाममा अस्पताल खोलेर ठगीको काम गर्नेमाथि सरकारले कारबाही गरोस्', संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले भने, 'जनताले जसोतसो ऋण गरेर उपचार गर्न आउँछन् तर अस्पतालले चरम लापरबाही गर्छन्।'

नेकपा माओवादी केन्›का सांसद रामनारायण बिडारीले अस्पताल र चिकित्सकको मिलेमतोमा मिर्गौला तस्करी भएको भन्दै दोषीमाथि कारबाहीको माग गरे। उनले एउटा रोगको उपचार गर्न आएकोमा अर्को धन्दा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

माओवादी केन्›कै सांसद राममाया बोगटीले पनि मिर्गौला झिक्ने अस्पताललाई चाँडोभन्दा चाँडो कारबाहीको माग गरिन्। यस्तो काममा ठूलो गिरोह पनि संलग्न हुन सक्ने भन्दै उनले छानबिनको समेत माग गरिन्।

मनमोहन अस्पतालले जेठ २५ गते बिरामीको सहमतिबेगर मिर्गौला झिकेको भनी विवाद भएको छ।

विशेष समयमा एमाले सांसद रामेश्वर फुयाँलले असारे विकास अन्त्य गर्न ध्यानाकर्षण गराए। विकासका नाममा रकम सक्ने कार्य तत्काल अन्त्य गर्दै आर्थिक वर्षको सुरु वा बीचमा आयोजना सुरु गर्न उनले सरकारको ध्यानाकर्षण गराए।
अर्को समाचार
कर्णाली प्रदेशकाे संसद् बैठक शुक्रबारदेखि
१० जेष्ठ २०७५
•
२ मिनेट पाठ
कर्णाली प्रदेशकाे  संसद् बैठक शुक्रबारदेखि
सुर्खेत - कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । दोस्रो अधिवेशन अगावै संसद्मा सात वटा विधेयक दर्ता भएका छन् । संसद् सचिवालयले तीमध्ये दुईवटा विधेयक शुक्रबार बस्ने बैठकमा पेस गर्ने तयारी गरिरहेको छ । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपछि प्राथमिकतामा आधारमा विधेयक निर्धारण गछौं’ सभामुख राजबहादुर शाहीले भने, ‘त्यहाँबाट पारित भएकामध्ये दुई विधेयक छलफलका लागि संसद्मा टेबुल गर्ने तयारी गरेका छौं ।’ पहिलो अधिवेशनकै क्रममा संसद्मा यी विधेयक दर्ता भएका थिए । सातमध्ये कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ संसद्मा टेबुल भइसकेको छ।




सामाजिक संघसंस्था सञ्चालन तथा व्यवस्थापन विधेयक–२०७४, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी कानुन तर्जुमा गर्न बनेको विधेयक–२०७५, कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन–२०७५, कर्णाली प्रदेशको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियासम्बन्धी ऐन–२०७५ सचिवालयमा दर्ता भए पनि संसद्मा टेबुल भएका छैनन् ।

यस्तै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक–२०७५, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन–२०७५ पनि सचिवालयमा दर्ता भएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस