चार विधेयक फिर्ता लिने तयारी
०४ साउन २०७४
•
५ मिनेट पाठ
चार विधेयक फिर्ता लिने तयारी
काठमाडौं – व्यवस्थापिका संसद्मा दर्ता भएर कारबाहीको प्रक्रियामा रहेका विधेयकहरूमध्ये चारवटा विधेयकलाई सरकारले फिर्ता लैजाने तयारी गरेको छ । विधेयकमा उल्लेख भएका विषयमा केही विषयमा सहमति नजुटेको तथा कतिपय विधेयकमा राखिएका प्रावधान अन्य ऐनले समेटेका कारण विधेयक फिर्ता गर्न लागिएको छ । फिर्ता हुन लागेका विधेयकहरूमा राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७३, निजी सुरक्षा सेवा व्यवसायलाई नियमित र व्यवस्थित गर्नेसम्बन्धी विधेयक २०७१, लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३, वनस्पती तथा वनस्पती स्रोतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७२ तथा नेपाल पशुचिकित्सा परिषद् विधेयक २०७२ छन् । 

नेपाल पशु चिकित्सा परिषद् विधेयक र वनस्पती विधेयकलाई फिर्ता लैजानका लागि मन्त्रिपरिषद्ले केही दिनअघि निर्णय गरेको थियो । 

राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७३, निजी सुरक्षा सेवा व्यवसायलाई नियमित र व्यवस्थित गर्नेसम्बन्धी विधेयक २०७१, लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ मा रहेका केही विषयमा सम्बन्धित पक्षहरूमा सहमति नजुटेपछि फिर्ता गर्ने भनी रोकिएको छ । तर यी तीन विधेयकबारे संसद् सचिवालयलाई फिर्ता गर्ने भनी औपचारिक पत्र भने आएको छैन । नेपाली सेनाका विभिन्न तहको परीक्षा लोकसेवा आयोगले लिने भन्ने विषय विधेयकमा राखिएपछि नेपाली सेनाले आपत्ति जनाएको छ । जसका कारण लोकसेवा आयोगसम्बन्धी विधेयक अघि बढ्न सकेको छैन । राष्ट्रिय निकुञ्ज ऐन र वन ऐनमा वनस्पती विधेयकमा रहेका विषय उल्लेख भएका कारण यो विधेयक फिर्ता लैजान लागिएको छ। 

२०७१ सालको मंसिर ५ गते संसद्मा दर्ता भएको निजी सुरक्षा सेवा व्यवसायलाई नियमित र व्यवस्थित गर्नेसम्बन्धी विधेयक सदनमा प्रस्तुत भएको थियो । गृहमन्त्रालयबाट आएको यस विधेयकलाई सांसदहरूमाझ वितरण गरेपछि अहिलेसम्म अघि बढाइएको थिएन । 

यसैगरी, राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७३ सालको असार ६ गते संसद् सचिवालयमा दर्ता भएर थन्किएको थियो । रक्षामन्त्रालयबाट आएको यस विधेयक २०७३ को असार २० गते सदनमा प्रस्तुत भएको थियो । त्यसपछि यो विधेयक पनि अघि बढ्न सकेको थिएन। 

लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई २०७३ को असोज १३ गते सदनमा प्रस्तुत गरिएको थियो । यसैगरी, २०७२ को पुस २० गते वन तथा भूसंरक्षण मन्त्रालयले ल्याएको वनस्पती तथा वनस्पती स्रोतका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ भदौ २० गते सामान्य छलफलपछि २०७३ भदौ २७ गते वातावरण समितिमा पठाइएको थियो । नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयकलाई २०७३ को कात्तिक २ गते सामान्य छलफल भएपछि कात्तिक ९ गते कृषि तथा जलस्रोत समितिमा पठाइएको थियो । 

विद्युत् नियमन आयोग विधेयक, नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, कर्मचारी समायोजन विधेयक, स्थानीय शासन सञ्चालन विधेयक र अन्तर सरकारी वित्त व्यवस्थापन विधेयकलाई समितिमा पठाउने वा सदनबाटै पारित गर्ने विषयमा निर्णय भएको छैन । विद्युत् नियमन आयोग विधेयकमा बाहेक अन्य विधेयकमा संशोधन प्राप्त भएको छ । संशोधन प्राप्त भएपछि ती विधेयक सदनमा पुगेका छैनन् । सदनबाट समितिमा पठाउने वा पारित गर्ने विषयमा निर्णय गर्न बाँकी रहेको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए। 
अर्को समाचार
पाँच अध्यादेश अघि बढ्ने भएपछि कांग्रेस–एमालेले लगाए सांसदलाई ह्विप
२० फागुन २०८१
•
१ मिनेट पाठ
पाँच अध्यादेश अघि बढ्ने भएपछि कांग्रेस–एमालेले लगाए सांसदलाई ह्विप
बुधवार बस्ने संघीय संसदका बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएपछि नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ। दुवै पार्टीले संसदीय दलबाट आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशका पक्षमा मत जाहेर गर्न ह्विप जारी गरेका हुन्। 

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मङ्गलवार सबै सांसदहरूलाई मोबाइल फोनमा म्यासेज(सन्देश) पठाएर बैठकमा उपस्थित हुन निर्देशन गरेका छन्। 

जसमा फागुन २१ गते दिउँसो १ बजेबाट बस्ने प्रतिनिधिसभा बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले अनिवार्य उपस्थित भई अन्तिमसम्म बस्न ह्विप लगाइएको भनिएको छ। 

यस्तै मङ्गलवार नै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि सबै सांसदलाई बैठकमा उपस्थित हुन ह्विप जारी गरेका छन्। बर्तौलाद्वारा जारी ह्विपमा ‘प्रतिनिधि सभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध छ’ भनिएको छ। 

सरकारले संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि ६ वटा अध्यादेश जारी गरेको थियो। माघ १८ गते हिउँदे अधिवेशन सुरु हुँदा सरकारले सदन सुरु ६ वटै अध्यादेश संसद्मा पेस गरेको थियो। 

तर राष्ट्रिय सभामा अध्यादेशका पक्षमा बहुमत नजुट्ने स्थिति देखिएपछि हालसम्म अघि बढ्न सकेका थिएनन्। सरकारलाई समर्थन दिइरहेका दलहरू जसपा नेपाल र लोसपाले भूमि सम्बन्धी अध्यादेशमा फरक मत राखेसँगै बहुमत नजुट्ने अवस्था देखिएको हो। 

अहिले भूमि अध्यादेश रोकेर बाँकी ५ वटा अध्यादेश स्वीकृत गर्ने भन्ने सहमति जुटेपछि ती अध्यादेश स्वीकृतिका लागि बुधवार पेस गर्ने सरकारको तयारी छ। भूमि सम्बन्धी अध्यादेश भनेर सरकारले प्रतिस्थापन विधेयक ल्याएर फिर्ता लिने तयारी गरेको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस