मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई जल उत्पन्न प्रकोपबाट जानकी माता र भगवान पशुपतिनाथले बचाऊन् भन्ने कामना गरेका छन् ।
प्रदेश स्तरीय विपद् व्यवस्थापन संयुक्त अभ्यास कार्यक्रमलाई बुधवार रौतहटको नुनथरमा अवलोकन गर्र्दै मुख्यमन्त्री यादवले विपद् व्यवस्थापनको लागि प्रदेश सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउँदै प्रदेशमा कुनै विपद् नआऊन् भन्ने कामना गरेका छन्।
मधेश प्रदेश विपद् व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा मुख्य अतिथिको रुपमा रहेका मुख्यमन्त्री यादवले गृहमन्त्रीलाई विपद् व्यवस्थापनको लागि सबै किसिमको आवश्यक सामग्री किन्न निर्देशन दिइसकेको बताएका छन्।वर्षाअगाडि नै सबै सामग्री उद्धार समितिलाई हस्तान्तरण गर्न निर्देशन दिइसकिएको बताउँदै मुख्यमन्त्री यादवले उद्धार तालिम अभ्यासका सामग्रीहरु खरिदको लागि आफूले निर्देशन दिएको बताएका छन्।
मुख्यमन्त्री यादवले विपद्मा सहयोग गर्ने काम निकै महत्वपूर्ण भएको बताउँदै मधेश प्रदेशका कोशी, कमला, बागमती र बकैया नदीमा बाढीको समयमा बढी समस्या आउने बताएका छन् । मुख्यमन्त्री यादवले मधेश प्रदेशमा गर्मीमा अत्यधिक गर्मीले, जाडोमा अत्यधिक जाडोले तथा वर्षामा सबैभन्दा बढी बाढीले विपद् निम्त्याउने गरेको पनि स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री यादवले संक्षिप्त मन्तव्य दिँदै उद्धार तथा राहत कार्यमा खट्ने सुरक्षाकर्मीको प्रशंसा गरेका छन् ।कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले बाढीजन्य विपद् कसरी आइपर्छ र विपद्मा सुरक्षा टोलीले कसरी उद्धार गर्छ भनेर विभिन्न किसिमका प्रदर्शन गरेका छन् । बाढीजन्य विपद्बाट जोगिन पनि संयुक्त उद्धार अभ्यास प्रभावकारी भएको देखिएको छ ।
प्रदेश स्तरीय विपद् व्यवस्थापन संयुक्त अभ्यास उद्धार कार्यक्रममा मुख्यमन्त्री यादव बागमती नदीमा ढुंगा चढेर उद्धार टोलीको मनोबल बढाएका छन् । विभिन्न किसिमको उद्धार अभ्यासलाई मुख्यमन्त्री यादवले हेर्दै उद्धारको तयारीबारे जानकारी लिएका छन् ।
समितिले विपद् उद्धार सामग्रीहरुको प्रदर्शनी पनि गरेको छ। प्रदर्शनीको मुख्यमन्त्री यादवसहितको टोलीले स्थलगत अवलोकन पनि गरेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी मधेश प्रदेश छिन्नमस्ता बाहिनीका प्रमुख डिआइजी दीपेन्द्र शाह, नेपाल प्रहरी मधेश प्रदेश कार्यालय जनकपुरका प्रमुख डिआइजी जनक भट्टराई, मधेश प्रदेशका आठओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा आठओटै जिल्लाका सुरक्षा निकायको उपस्थिति रहेको थियो।
चितवन। सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई सम्बोधन गर्ने गरी समयसापेक्ष, प्रविधिमैत्री र भूगोलअनुकूल कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
चितवन उद्योग सङ्घमा आयोजित उद्योग व्यवसायका समसामयिक विषयमा भएको छलफलमा उनले आफ्नो क्षेत्रबाट गर्न सक्ने महत्वपूर्ण काम उत्कृष्ट र समृद्ध कानुन निर्माण भएको बताए
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए। ज्ञापनपत्र बुझाउने र छलफल गर्ने क्रम जारी रहे पनि त्यसबाट प्राप्त उपलब्धिको समीक्षा हुन नसकेको उनको भनाइ थियो।
सभामुख अर्यालले प्रतिनिधिसभाअन्तर्गतका १० वटा संसदीय समितिलाई ‘मिनी संसद्’को संज्ञा दिँदै निजी क्षेत्रका समस्या सम्बन्धित समितिमा लिखित रूपमा प्रस्तुत गरी छलफल गर्न सुझाव दिए।
ती समितिमा सरकार, प्रतिपक्ष, कर्मचारी र कानुन मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुने भएकाले समस्या समाधानका लागि समितिमार्फत पहल गर्नु प्रभावकारी हुने उनले बताए।
चालु आर्थिक वर्षमा १६६ वटा नयाँ कानुन निर्माण तथा संशोधन गर्ने तयारी रहेको उल्लेख गर्दै उनले एउटा मात्र कानुन संशोधन गरेर मुलुकको समृद्धि र व्यवसायीको हित सुनिश्चित नहुने बताए।
प्रधानमन्त्री, मन्त्री तथा अन्य उच्च पदाधिकारीलाई ज्ञापनपत्र बुझाउनुभन्दा सम्बन्धित संसदीय समितिमा विषयवस्तु प्रस्तुत गरेर नीतिगत सुधारका लागि पहल गर्न उनले आग्रह गरे।
सभामुख अर्यालले राज्यबाट प्राप्त बजेटको सदुपयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे। बजेट समयमै र गुणस्तरीय ढङ्गले खर्च गरी त्यसको परिणाम देखाउनुपर्ने उनको भनाइ थियो।
उनले निक्षेपकर्तालाई एक प्रतिशत र लगानीकर्तालाई तीन प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने वातावरण निर्माण हुनुपर्ने धारणा राखे।
उच्च ब्याजदरका कारण उत्पादनशील क्षेत्रमा लगानी निरुत्साहित हुने उल्लेख गर्दै उनले सस्तो ब्याजदरमा कर्जा उपलब्ध भए व्यवसाय विस्तार र लगानी प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
राज्य हरेक नागरिकको साझा भएको उल्लेख गर्दै सभामुख अर्यालले प्रत्येक नागरिकले राज्य आफ्नो लागि पनि रहेको अनुभूति गर्न पाउनुपर्ने बताए।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अधिकारको संरक्षण गर्दै सबै नागरिकका लागि अनुकूल, भूगोल सुहाउँदो र नयाँ पुस्ताको आवश्यकताअनुसार प्रविधिमैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
सभामुख अर्यालले जनताको स्थिर सरकारप्रतिको अपेक्षालाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीलाई निराश नभई लगानी गर्न आग्रह गरे।
अनुकूल ब्याजदर र लगानीको वातावरणको सदुपयोग गर्दै उद्योग, व्यवसाय र रोजगारी विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरुले आफ्ना समस्या राखेका थिए।
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...