मानव तस्करको नयाँ रुट
१८ चैत्र २०७३
•
१० मिनेट पाठ
मानव तस्करको नयाँ रुट
काठमाडौं- मानव तस्करले लाखौं रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेका छन्। नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौं रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेश गर्ने नेपालीको संख्या बढेको छ। ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्ट वाहकलाई पनि 'अन अराइभल' भिसा खुला गरेपछि तस्करले त्यसको फाइदा लिएका हुन्।

११ वर्ष अवधिमा अमेरिका छिर्ने प्रलोभनमा नेपालीले  तस्करलाई १६ अर्ब ७५ करोड ३० लाख रुपैयाँ बुझाएका छन्।

'मलाई काठमाडौंबाट दोहा (कतार), लन्डन (बेलायत), निकारागुवा, होन्डुरस, एल साल्भाडर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका प्रवेश गराएका हुन्', अमेरिका प्रवेश गर्नैका लागि तस्करलाई ५५ लाख रुपैयाँ बुझाएका पर्वतका राम शर्मा (नाम परिवर्तन) ले अमेरिकाबाट भाइबरमा भने, 'यहाँ (अमेरिका) आइपुग्दासम्मको दुःख सम्भि्कँदा त किन आइएछ जस्तो लाग्छ।'

शर्मा नेपालबाट हिँडेको साढे दुई महिनापछि मेक्सिको सीमाबाट अमेरिका छिरेका हुन्। अघिल्लो साता अमेरिका पुगेका शर्माले 'तस्करले अमेरिका छिराइदिएबापत एक नेपालीसँग ५० देखि ६५ लाख रुपैयाँसम्म उठाउने गरेको' जानकारी दिए। यसरी जाने नेपाली ल्याटिन अमेरिकी राष्ट्रमा थुप्रै रहेको उनको भनाइ छ।  'जति छिटो पैसा तस्करलाई बुझायो त्यत्ति नै छिटो उनीहरूले अमेरिकातर्फ अघि बढाउँदा रहेछन्। ल्याटिन अमेरिका पुगेपछि तस्करलाई पैसा तिर्न नसकेर बिचल्लीमा परेका नेपाली थुप्रै छन्', शर्माले भने। निकारागुवादेखि मेक्सिकोसम्म डेढ सय जति नेपाली रहेको उनको अनुमान छ।

यसअघि तस्करले नेपालीलाई काठमाडौंबाट कतार, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, एल साल्भाडर, ग्वाटेमाला, मेक्सिको हुँदै १३ मुलुक पार गराएर अमेरिका प्रवेश गराउँदै आएका थिए। तस्करले यात्रामा  काठमाडौंदेखि बोलिभियाससम्म हवाईमार्ग र बोलिभियाबाट अमेरिकासम्म सडक, जल र पैदलमार्ग प्रयोग गर्थे। बोलिभियाले नेपालीलाई अन अराइभल भिसा दिने हुँदा तस्करले उक्त रुट प्रयोग गर्थे।

निकारागुवाले नेपालीलाई अन अराइभल भिसा दिन थालेपछि तस्करले नेपालीलाई सीधै निकारागुवा झार्ने गरेका छन्। नेपालीलाई काठमाडौंबाट दोहा (कतार) वा अबुधावी (युनाइटेड अरब इमिरेट्स) विमानस्थलबाट लन्डन (बेलायत) वा पेरिस (फ्रान्स) हुँदै निकारागुवा पुर्‍याइने गरिएको शर्माले बताए। केही भने कतारबाट मड्रिड (स्पेन) हुँदै निकारागुवा आएको उनले जानकारी दिए।

तस्करले नेपालीलाई अवैध तरिकाले अमेरिका लैजान प्रयोग गरेको नयाँ बाटो यस्तो छ – काठमाडौं–कतार वा युएई–बेलायत वा फ्रान्स वा स्पेन–निकारागुवा–होन्डुरस–ग्वाटेमाला–मेक्सिको–अमेरिका। अमेरिका जाँदा ल्याटिन अमेरिकी राष्ट्रमा गर्नुपर्ने सडक, जल र पैदलमार्गको यात्रा जोखिमपूर्ण हुने अनुभव यो मार्गबाट अमेरिका पुग्नेसँग छ। तस्करहरूले कतैकतै तेलको ट्यांकरमा सीमित अक्सिजन राखेर नेपालीलाई ट्यांकरभित्र राखी यात्रा गराउने गरेको उनीहरू बताउँछन्। 

'निकारागुवा विमानस्थलमा १० अमेरिकी डलर बुझाएपछि एक महिनाको भिसा दिन्छ। विमानस्थलबाट बाहिर निस्केपछि साथमा रहेका पासपोर्टसहित सबै कागजात च्यातेर फ्याँक्नुपर्छ। त्यसपछि बल्ल अमेरिका जाने जोखिमपूर्ण यात्रा सुरु हुने रहेछ', शर्माले भने। एक महिनाको भिसा सकिँदा पनि निकारागुवा सीमा पार गर्न सकिएन भने दुईदुई डलर तिरेर आवश्यकताअनुसार भिसा समय थप्न सकिने उनले बताए।

तस्करले केही महिनाअघि नेपालबाट थाइल्यान्ड, सिंगापुर, मलेसिया, कम्बोडिया, कतार, ब्राजिल ह“ुदै विभिन्न ल्याटिन अमेरिकी राष्ट्रबाट अमेरिका लैजाने पनि गरेका थिए। तर, पछिल्ला दिनमा निकारागुवाले अन अराइभल भिसा दिन थालेपछि भने नेपालीलाई तस्करले सीधै निकारागुवा पुर्‍याउने गरेका हुन्। केहीलाई भने भारत हुँदै पनि निकारागुवा पुर्‍याइएको छ। तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर नेपालीलाई निकारागुवा हुँदै अमेरिका पुर्‍याउने गरेका छन्।

अवैध तरिकाले अमेरिका जाने बढे

तस्करको प्रलोभनमा परी ल्याटिन अमेरिकी राष्ट्र हुँदै मेक्सिकोबाट अमेरिका छिर्ने नेपालीको संख्या बढेको छ। अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०१६ मा कुनै पनि परिचय खुल्ने कागजात नबोकी मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने नेपालीको संख्या पाँच सय ३१ छ। प्रतिव्यक्ति ५५ लाख रुपैयाँले हिसाब गर्दा सन् २०१६ मा मात्र नेपालीले अमेरिका छिर्नका लागि दुई अर्ब ९२ करोड रुपैयाँ तस्करलाई बुझाएका छन्।

अवैध रूपमा मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने दक्षिण एसियाली राष्ट्रमा भारतपछि नेपालीको संख्या धेरै छ। सन् २०१६ मा दुई हजार सात सय ८८ भारतीय, पाँच सय १८ बंगलादेशी र दुई सय २३ जना पाकिस्तानी बिनाकागजात मेक्सिकोबाट अमेरिका प्रवेश गरेका थिए। सन् २००६ देखि २०१६ सम्म अवैध तरिकाले मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने नेपालीको संख्या तीन हजार ४६ छ। प्रतिव्यक्ति ५५ लाख रुपैयाँको दरले गत ११ वर्षको अवधिमा अमेरिका छिर्ने प्रलोभनमा नेपालीले १६ अर्ब ७५ करोड ३० लाख रुपैयाँ तस्करलाई बुझाएको देखिन्छ। युएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनको प्रतिवेदनअनुसार सन् २००९ मा एक सय ४८, २०१० मा दुई सय ३०, २०११ मा एक सय ८०, २०१२ मा दुई सय ४८, २०१३ मा चार सय ४८ र २०१५ मा पाँच सय १२ नेपाली अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गरेका थिए।

अमेरिकामा शरणार्थीको हैसियत पाउने नेपाली बढे

अवैध तरिकाले अमेरिका प्रवेश गर्ने अधिकांश नेपालीले शरणार्थीको हैसियत माग्ने गर्छन्। मेक्सिको–अमेरिकी सीमामा पक्राउ पर्नेबित्तिकै नेपालीले आफूहरू शरणार्थी भएको दाबी गर्छन्। त्यसपछि शरणार्थीको हैसियत पाउन यस्ता नेपालीले अदालतको ढोका ढकढकाउने गर्छन्।  अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको तथ्यांकअनुसार सन् २०१५ मा अदालती मुद्दामामिलापछि शरणार्थीको हैसियत पाउने नेपालीको संख्या दुई सय ५३ थियो।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको सन् २०१६ को वार्षिक प्रतिवेदनअनुसार सन् २००६ देखि २०१५ सम्म अदालती मुद्दामामिलापछि अमेरिकामा शरणार्थीको हैसियत पाउने नेपालीको संख्या दुई हजार चार सय ५५ छ। सन् २००६ मा एक सय ६५, २००७ मा एक सय ३१, २००८ मा एक सय ५२, २००९ मा एक सय ७२, २०१० मा दुई सय १७, २०११ मा तीन सय १०, २०१२ मा तीन सय ७७, २०१३ मा तीन सय ८० र २०१४ मा दुई सय ९८ नेपालीले यही प्रक्रियाबाट अमेरिकामा शरणार्थीको हैसियत पाएका थिए।
अर्को समाचार
नेपाल-अमेरिका मानव तस्करीका तीन रुट
२३ भदौ २०७३
•
४ मिनेट पाठ
नेपाल-अमेरिका मानव तस्करीका तीन रुट
काठमाडौं–मानव तस्करको अन्तर्राष्ट्रिय गिरोहले फ्रान्स र जापान जस्ता अध्यागमन प्रहरी र कानुन कडा भएका देशबाटै तस्करी गरिरहेको खुलेको छ । तेस्रो रुटमा रुपमा उनीहरुले सिंगापुरको प्रयोग गरिरहेका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले भदौ १७ गते ४० हजार अमेरिकी डलर सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका प्रेम नारायण महतो सहित अन्य तीनको घटनालाई पछ्याउदा सफलता हात पारेको हो । प्रहरीले नेपालबाट भारतको नयाँ दिल्ली, बैंकक र सिंगापुरलाई पहिलो, जापान र फ्रान्सलाई दोस्रो र मेक्सिको हुँदै अमेरिकाको टेक्कसस पठाउँदै आएका गिरोहका दुई सदस्यलाई पक्रेको हो ।

प्रहरीले विहीबार पक्राउ गरेका रुकुम घरभई ललितपुर बस्ने नविन भन्ने नवराजखत्री र  बाग्लुङ्ग घरभई लैनचौरबस्ने सागर शिरीषले संगठित रुपमा अन्तराष्ट्रिय स्तरको संजाल बनाएको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले मानव तस्करीको घटनाको एउटा रुप र तीन रुट प्रहरीले पहिचान गरेको बताए । उनका अनुसार तीनै रुटमध्ये मेक्सिको पहिचानमा रहेपनि तस्करीकै लागि सिंगापुर, जापान र फा्रन्सको प्रयोग थप अनुसन्धानका लागि प्रारम्भ बिन्दु हो । ‘हालसम्म कति तस्करी भए र गिरोहका अन्य सदस्यका बिषयमा अनुसन्धान गर्दैछौ,’ एसएसपी खनालले भने ।

महाशाखाका अनुसार नेपालबाट अमेरिकासम्म पु¥याएको २० देखि ३० लाख लिदै आएका दुबैले हालसम्म १६ जना नेपालीलाई पठाएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । नेपालबाट अमेरिका जान चाहने ब्यक्तीको खोजी देखि दिल्ली र सिंगापुरसम्म पुर््याउने जिम्मेबारी पाएका थिए ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार दुबैले नेपालमा १० लाख, मेक्सिको पुगेपछि अर्को १० लाख र अमेरिका पुगेपछि अन्तिम १० लाख उठाउने गरेका थिए । पहिलो रुट पहिचान भएको तीनै रुटबाट मानव तस्कारीका लागि अन्तर्राष्ट्रिय गिरोहका सदस्यलाई काम बाडिएको हुन्छ । पहिलो रुट काठमाण्डौ–दिल्ली–फ्रान्स–मेक्सिको–अमेरिका, दोस्रो रुट काठमाण्डौ–दिल्ली, जापान ट्रान्जिट हुँदै मेक्सिको–अमेरिका र तेस्रो रुटमा काठमाण्डौ–सिंगापुर–जापान–मेक्सिको–अमेरिकाको प्रयोग हुदै आएको थियो ।

महाशाखाका अनुसार गिरोहले मेक्सिको पुर्याएका मानिसहरु अलपत्र पर्ने र त्यहाँको प्रहरीले पक्राउ गरि केही दिन थुनामा राख्ने गरेको घटना समेत तस्करीकै एउटा अंग भएको खुलेको हो । मेक्सिको प्रहरीको थुनामा रहेका मानिसहरुलाई एजेन्टले गोप्य रुपमा कानुनव्यवसायीसँग सम्पर्क गराई दिने गर्दै आएका छन । कानुनव्यवसायीले कानुनी प्रक्रिया पुरागरि मेक्सिको प्रहरीको थुनाबाट मुक्त गरी अमेरिकाको टेक्सासको शरणार्थी क्याम्पमा राख्नेसम्मको ब्यवस्था मिलाउदै आएका छन ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस