मानव तस्करको नयाँ रुट : देखाउने कुर्दिस्तान, जाने दुबई
१० साउन २०७२
•
१० मिनेट पाठ
मानव तस्करको नयाँ रुट : देखाउने कुर्दिस्तान, जाने दुबई
काठमाडौं- भारतको दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलको ट्रान्जिट क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि ७ नेपाली युवतीलाई प्रहरीले नियन्त्रणमा लियो। विमानस्थलको क्लोज सर्किट टेलिभिजनबाट अनुगमन गरिरहेका भारतीय सुरक्षा अधिकारीले उनीहरूलाई सोधपुछ गरे। जवाफमा उनीहरूले आफूहरू कुर्दिस्तान जान लागेको बताए।




विमानस्थल प्रहरीले २० देखि ३१ वर्ष उमेर समूहका ती युवतीलाई नियन्त्रणमा लिएर विमानस्थलको अध्यागमनमा बुझाउँदा उनीहरूको राहदानीमा दुबईको टुरिस्ट भिसा देखियो। छानबिनमा विमानस्थलको बोर्डिङ पाससमेत शंकास्पद देखियो। त्यसपछि २ भारतीयलाई पक्राउ गरी केरकार गर्दा ती नेपाली युवतीलाई कुर्दिस्तानको आवरणमा दुबईको डान्सबारमा काम गराउन लैजान लागेको खुल्यो।

इन्दिरा गान्धी विमानस्थलमा ५ दिनअघि भएको यो घटनापछि नेपाली युवतीलाई खाडी मुलुकमा जोखिमपूर्ण काममा लैजाने मानव तस्करहरूले रुट फेर्दै अफ्रिकी मुलुकको आवरण लिने गरेको खुल्यो।

नेपाली दूतावासका अधिकारीका अनुसार दिल्ली प्रहरीले यो घटनाको अनुसन्धान गर्ने क्रममा खाडी मुलुक लैजाने स्थलमार्गबाट दिल्ली पुर्या एर विभिन्न होटलमा राखिएका २१ नेपाली युवतीको उद्धार गर्योे। त्यसमा संलग्न २ भारतीय र २ नेपाली नागरिक पनि पक्राउ परे।

विमानस्थलको ट्रान्जिट क्षेत्रमा पूजा तामाङ (२०), मालती राई (२६) र लक्ष्मी राईको गतिविधि शंकास्पद देखिएपछि त्यहाँ खटिएको सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। लगत्तै प्रहरीले कृष्ण देवी (२९), उमा भुजेल (३१), शर्मिला थापा (२३) र शोभाकुमारी परियार (२८) लाई नियन्त्रण गरेर सोधपुछ सुरु गरेको थियो।

भारतस्थिल नेपाली दूतावासका प्रहरी सहचारी एसएसपी राजेन्द्रमान श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएका नेपाली युवतीलाई मानव तस्करीमा सक्रिय दलालले स्थलमार्गबाट अहमदावाद हुँदै दिल्ली पुर्‍याएका थिए।

अनुसन्धानमा एयर इन्डियाका ग्राउन्ड ह्यान्डलिङमा कार्यरत कपिल कुमार र मनीष गुप्ता सो र्यााकेटमा संलग्न रहेको देखिएपछि पक्राउ परेका छन्।

उनीहरूसँगको सोधपुछका क्रममा दिल्लीका विभिन्न होटलमा समेत नेपाली युवती रहेको खुल्यो। त्यसपछि शनिबार भारतीय प्रहरीले अन्य १४ नेपाली युवती र उनीहरूलाई दुबईको रेस्टुरेन्टमा काम गर्न लैजाने २ नेपाली विष्णु तामाङ र ईश्वर न्यौपाने पक्राउ गरेको छ।

'अहिले उनीहरूलाई भारतीय प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ,' प्रहरी सहचरी श्रेष्ठले भने, 'यस विषयमा दूतावासबाट जानकारी लिने काम भइरहेको छ।'

नो अब्जेक्सन छल्न अफ्रिका

मानव तस्करीमा सक्रिय समूहले नेपाली युवतीलाई स्थलमार्गबाट भारत हुँदै त्यहाँबाट हवाईमार्गबाट खाडी मुलुकमा पुर्यासउने घटना बढेपछि नेपाल–भारतका गृह अधिकारीबीच हवाईमार्ग छलेर स्थलमार्गको प्रयोगमा रोक लगाउने सहमति भएको थियो।

गत माघ २७ मा भएको नेपाल–भारत संयुक्त सीमा तथा सुरक्षा बैठक मानव तस्करी रोक्न नेपालबाट स्थलमार्गबाट भारत पुग्नेहरूका हकमा भारतस्थित दूतावासको नो अब्जेक्सन पत्र अनिवार्य गर्ने निर्णयसँगै भारतको दिल्ली लगायतका विमानस्थलको प्रयोगमा कडाइ गरियो।

नो अब्जेक्सन लेटर अनिवार्य भएपछि मानवतस्करीमा सक्रिय समूहले नयाँ उपाय निकाल्दै नेपालीले सहजै अनअराइभल भिसा पाउने अफ्रिकी मुलुक देखाउने गरेको एसएसपी श्रेष्ठ बताउँछन्।

श्रेष्ठका अनुसार अवैध प्रक्रियाबाट खाडीमा नेपाली युवती पठाउन सक्रिय दलालहरूले प्रायः नेपाली नजाने केन्या, तान्जानिया जाने भन्दै दिल्ली विमानस्थल प्रयोग गर्ने गरेका छन्। पाँच दिन अगाडिको घटनामा भने कुर्दिस्तानसमेत थपियो।

'दिल्लीलगायतका विमानस्थल प्रयोग गरेर सिधै खाडी मुलुक जान नसक्ने भएपछि उनीहरूले अफ्रिकी मुलुकको प्लेन टिकट लिने घटना बढेको छ,' श्रेष्ठले नागरिकसँग भने, 'अफ्रिकी मुलुक देखाए पनि उनीहरूले खाडी मुलुकको समेत पर्यटन भिसा लिएका हुन्छन् र सेटिङ मिलाएर उतै जान्छन्।'

दिल्ली प्रमुख ट्रान्जिट

पाँच महिना अगाडि भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दुबईको यौन बजारमा काममा लगाउन भारतको दिल्ली हुँदै नेपाली युवतीको अवैध ओसारपसार हुने गरेको रिपोर्ट सार्वजनिक गरेको थियो।

दिल्ली विमानस्थल हुँदै वर्षमा ८ हजारसम्म नेपाली युवती जोखिमपूर्ण काममा खाडी मुलुकमा तस्करी हुने गरेको रिपोर्ट आएपछि नेपाल सरकारले पनि विशेष चासो लिएको थियो।

मानव ओसारपसारको अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शृंखलाबद्ध रूपमा नेपाली युवतीलाई खाडी र अफ्रिकी मुलुकमा तस्करी गर्ने समूहलाई पक्राउ गर्योन।

उनीहरूको पक्राउपछि अनुसन्धान गर्दा समेत मानव तस्करीमा संलग्न समूहले अफ्रिकी र खाडी मुलुकमा जोखिमपूर्ण काममा लगाउन नेपाली युवतीलाई स्थलमार्गबाट भारतको दिल्ली पुर्यासएर त्यहाँको हवाईमार्ग प्रयोग गर्ने गरेको खुलेको थियो।

तस्कर समूहले नेपालको विमानस्थलमै सेटिङ मिलाएर पर्यटक र कलाकारको भिसामा युवतीलाई तेस्रो देश पुर्यागउँदै आएका थिए। विमानस्थल हुँदै जोखिमपूर्ण काममा युवती बाहिरिने गरेको खुलेपछि विमानस्थलमा कडाइ गरिएको थियो।

यताको विमानस्थलमा कडाइ भएपछि तस्कर समूहले दिल्ली विमानस्थलको प्रयोग गर्ने क्रम बढेको थियो। नेपाली युवतीको तस्करीमा दिल्ली विमानस्थलको प्रयोग बढेको तथ्य सार्वजनिक भएपछि गत माघमा पोखरामा भएको दुवै देशका गृह अधिकारीको बैठकमा नेपालले नेपालको विमानस्थल प्रयोग नगरी दिल्ली पुगेकाहरूको हकमा दूतावासको नो अब्जेक्सन लेटर अनिवार्य गर्न प्रस्ताव गर्दा भारतीय पक्ष सहमत भएको थियो।

एसएसपी श्रेष्ठ विमानस्थलमा कडाइ गरिएपछि खाडी जान दिल्ली जाने नेपाली युवतीको संख्या घटे पनि वैशाख ११ को शक्तिशाली भुकम्पपछि भने पुनः बढेको बताए। 'खाडी जानेहरूमाथि निगरानी बढेपछि उनीहरू अफ्रिकी मुलुक जाने भन्दै खाडी मुलुकको डान्सबार लगायतका जोखिमपूर्ण काममा जाने गरेका छन्,' उनले भने।

भुकम्पपछि युवती जोखिमै मोलेर जान राजी हुने थालेपछि अफ्रिकी देशको उपाय निस्केको श्रेष्ठ बताउँछन्।

दलालले झुक्याएर दिल्ली पूर्याजएका केही नेपाली युवती दुतावासको सम्पर्कमा आउने गरेको र यस्ता समुहमाथी अनुसन्धान गरी युवतीलाई नेपाल फर्काउने गरिएको श्रेष्ठले बताए।

राजीखुसीले सेटिङमा जानेहरुलाई भने अझै रोक्न गार्हो हुने गरेको अनुभव सुनाउँदै उनले भने' यस अगाडि शंकास्पद देखिएका ६८ जना युवतीलाई विमानस्थलमा रोकिए, तर उनीहरुले आफुहरु बालिग भएको र राजीखुसीले अफ्रिकी मुलुक घुम्न जान लागेको भनेपछी रोक्न सकिएन।'

'यस्तो घटना विचमा रोकिएको थियो' श्रेष्ठले भने' भुकम्पछीको अवस्थामा यसरी जाने महिलाको संख्या बढेको छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस