नक्कली भूटानी शरणार्थी प्रकरण तत्कालीन गृहमन्त्री खाँणको नेतृत्वमा सुरु भएको हो: महासचिव पोखरेल
०१ जेष्ठ २०८०
•
३ मिनेट पाठ
नक्कली भूटानी शरणार्थी प्रकरण तत्कालीन गृहमन्त्री खाँणको नेतृत्वमा सुरु भएको हो: महासचिव पोखरेल
फाइल तस्बिर
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरणको शुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाएका छन्।

एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा सो प्रकरणको शुरुवात भएको उनको जिकिर थियो। पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बद्मासी अरुले गरेपनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे। 

उनले सो अपराधमा संलग्नहरु भ्रष्टाचार बिरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरे। महासचिव पोखरेलले उनले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चुनौति समेत दिए। मुलुकमा भएको ठूलाठूला भ्रष्टाचारको काण्डहरुलाई छानबिन गर्न एमाले तयार भएपनि त्यसका लागि वर्तमान सरकार तयार नभएको उनको दाबी थियो।

महासचिव पोखरेलले भने, ‘आज भूटानीका नाममा नेपाली नागरिकहरुलाई अवैध तरिकाबाट अमेरिका पठाउने काममा जुन प्रकारको ठगी भएको छ। यो ठगीको सन्दर्भको बारेमा, वास्तवमा यो ठगी काण्ड मात्रै होइन। राष्ट्रमाथिको घात हो। राष्ट्रको स्वाधिनता, स्वाभिमानप्रतिको एक प्रकारको अपमान हो भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ। नेपाल राष्ट्र स्वयं आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने प्रकारको जुन प्रकारको सन्देश गएको छ। त्यो राष्ट्रका लागि लज्जाको विषय हो भन्ने कुरालाई हामी स्पष्ट गर्न चाहन्छौं। तर म तपाईहरुको बीचमा के भन्न चाहन्छु भने बदमासी एउटाले गर्ने, संकेत अर्कोतर्फ देखाउने जुन प्रकारको धृष्टता भइरहेको छ। त्यसप्रति तपाईहामी सबै सचेत हुनुपर्छ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु। नेकपा एमालेको नेतृत्वको सरकार भएको बेलामा बाँकि रहेका भूटानी शरणार्थीहरुको सन्दर्भमा, उनीहरुको व्यवस्थापनको सन्दर्भमा के गर्नुपर्दछ भन्ने उद्देश्यका साथ कार्यदल बनाइएको थियो भन्ने कुरा सार्वजनिक भइसकेको छ। त्यतिबेला बनाइएको कार्यदल भित्र नयाँ कुनै व्यक्तिलाई भूटानीका रुपका प्रमाणिकरण गर्ने विषय त्यो कार्यदलको विषय नै थिएन। त्यतिबेला तयार भएको प्रतिवेदनलाई एक प्रकारले भन्नुहुन्छ भने द्रुपयोग गरिकन, प्रतिवेदनमाथि एक प्रकारले जालसाँची गरिकन नयाँ व्यक्तिहरुको नाम सामेल गर्ने खालको जुन प्रकारको धृष्टता भयो, त्यहाँबाट नै यो अपराधको शुरुवात भयो भन्ने कुरा स्पष्ट छ। त्यो कुन समयमा भयो भन्ने कुरा स्वभाविक रुपमा नेकपा एमाले नेतृत्वको सरकार हटिसकेपछि परमादेश नेतृत्वको सरकार बनिसेपछि जसले गृह मन्त्रालयको नेतृत्व लिएका थिए। उनीहरुको योजनामा एक प्रकारले भन्नुहुन्छ भने भूटानी शरणार्थीको व्यवस्थापनका सन्दर्भमा गरिएको कार्यदलको रिपोर्ट भित्र नयाँ नामहरु समावेश गर्ने, जुन कृतिम धन्दा गरियो। त्यही भित्र नेपाली नागरिकहरुलाई ठग्ने धन्दा शुरु भएको थियो भन्ने कुरा बाहिर आईसकेपछि अनेकन ढंगले तथ्यलाई लुकाउने जुन प्रकारको प्रयास भएको छ। त्यसप्रति हामी खबरदारी गर्न चाहन्छौं। वास्तवमा यो अपराधमा जोजो संलग्न छन्। उनीहरुमाथि कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने नेकपा एमालेको मान्यता रहेको कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु। आज उनीहरुको स्वर ठूलो छ। जो नेपालमा भ्रष्टाचारका लागि कुख्यात छन्।’
अर्को समाचार
एमालेको सचिवालय बैठक सुरु
११ चैत्र २०८०
•
१ मिनेट पाठ
एमालेको सचिवालय बैठक सुरु
फाइल तस्बिर
नेकपा एमालेको पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार बैठक सुरु भएको हो।

बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल,उपाध्यक्ष,अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे,महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले सहभागि छन्। 

बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ। साथै  राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी,उपनिर्वाचन लगायतका विषयमा छलफल हुने जनाएको छ। नेताहरुले  बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस