'सम्भव छैन' जेठमा चुनाव
२५ माघ २०७३
•
१२ मिनेट पाठ
'सम्भव छैन' जेठमा चुनाव
काठमाडौं- पुष्पकमल दाहाल नेतृत्व सरकार र निर्वाचन आयोगले जेठ दोस्रो साताभित्र स्थानीय चुनाव गराउने बताइरहे पनि उक्त समय त्यसका लागि व्यावहारिक रुपमा सहज भने छैन। किनकि, जेठमै सम्पन्न गर्नुपर्ने राजनीतिक र संवैधानिक कार्यसूची लामो छ।




नयाँ संविधानले व्यवस्था गरेअनुसार जेठ १५ गते नै नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्नेछ। बजेट पेस गर्नुअघि संसद्मा पूर्व बजेट छलफल र नीति तथा कार्यक्रममा छलफल अनिवार्य रुपमा गर्नुपर्नेछ।

त्यति मात्र होइन, चुनाव र बजेटबाहेक जेठमै सरकार परिवर्तनको राजनीतिक कोर्ससमेत अघि बढाउनुपर्ने बाध्यतामा राजनीतिक दल छन्।

पूर्वकानुनमन्त्री तथा एमाले नेता अग्निप्रसाद खरेलले एकै समयमा स्थानीय चुनाव तयारी र बजेट छलफल व्यावहारिक हुन नसक्ने बताए।

'वैशाखभित्र चुनाव गरिसक्नुपर्छ। किनभने त्यसपछि मात्र जेठ १५ गते ल्याइने बजेट छलफलमा नेता केन्द्रित हुन पाउनेछन्', खरेलले नागरिकसँग भने, 'चुनाव घोषणा भएपछि दलका नेता स्वाभाविक रुपमा उम्मेदवार चयन, प्रचारप्रसारमा व्यस्त हुन्छन्, मतदान प्रक्रिया, विजय जुलस र पराजयको समीक्षाजस्ता गतिविधिमा केन्द्रित हुनुपर्ने हुन्छ।'

दाहाल सरकारले जेठ १० भित्र चुनाव गर्ने जनाएको पाँच दिनपछि अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता ख्याल गर्नुपर्ने उनको भनाइ छ।

त्यसो त आयोगले पहिलो चरणमा जेठ १ र दोस्रो जेठ १९ मा स्थानीय चुनाव गर्ने भन्दै पठाएको अनौपचारिक प्रस्तावसमेत व्यावहारिक नभएको खरेलको टिप्पणी छ। 'बजेट घोषणाको १५ दिनअघि पहिलो चरणको र बजेट घोषणाको चार दिनपछि अर्को चरणको चुनाव कसरी हुन्छ?', खरेलको थप प्रश्न छ, 'आयोगले आफ्नो अनुकूलता हेरेर चुनाव प्रस्ताव गरेको हो तर बजेटको संवैधानिक बाध्यता उसले अझै बुझेको छैन।' उनका अनुसार संविधानको धारा ११९ (३) मा प्रस्टसँग जेठ १५ गते बजेट ल्याउनुपर्ने उल्लेख गरिएको तर्फ आयोगले पनि ध्यान दिनु आवश्यक छ।

जेठमा बजेट नआए संविधान संशोधन

अर्थ समितिका सभापति प्रकाश ज्वालाले जेठ १५ मा बजेट ल्याउनुअघि पूर्व बजेट छलफल र नीति तथा कार्यक्रम पेस गर्नुपर्ने र त्यसमा केही साता लाग्ने भएकाले चुनावमा ध्यान दिन कठिनाइ हुने बताए। 'जेठ १५ मा सरकारले राष्ट्रिय बजेट घोषणा गर्न सकेन भने संविधानको उल्लंघन गरेको ठहरिनेछ', ज्वालाले नागरिकसँग भने, 'त्यसअघि सरकारले बजेटमा पूर्व छलफल र नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्नेछ, चुनावमा भाग लिने कि बजेटमा द्विविधा बढ्नेछ।' ज्वालाका अनुसार हालसम्मको अभ्यास विश्लेषण गर्दा पूर्व बजेट, नीति तथा कार्यक्रममा छलफल र बजेट घोषणासम्म आइपुग्दा संसद्भित्रको छलफल दुई साता बराबर लाग्दै आएको छ।

बजेट र चुनाव दुवै बाध्यता

तर, नेपाली कांग्रेस नेता तथा रक्षामन्त्री बालकृष्ण खाँडले बजेट र चुनाव गर्ने निकाय नै फरक–फरक भएकाले जेठभित्रै चुनाव गर्दा असर नपर्ने जिकिर गर्छन्। 'बजेट अर्थ मन्त्रालयले तयारी गर्ने हो वा चुनाव निर्वाचन आयोगलेे, यी दुवै सम्पन्न गर्ने निकाय फरक–फरक भएकाले आ–आफ्नो ढंगले काम गर्छन्,' खाँडले नागरिकसँग भने, 'त्यसैले अहिले एकातिर चुनाव तयारी भइरहेको छ, अर्कोतिर बजेटको पनि उस्तै तयारी भइरहन्छ।' त्यसमाथि स्थानीय चुनाव गराउनुपर्ने बाध्यात्मक अवस्था भएकाले पनि जेठमै चुनाव गराइने मन्त्री खाँडको भनाइ छ।

कानुन पास नगरी संसद् स्थगित

जेठ १५ को बजेटका कारण मात्र होइन, सरकारले चुनावका लागि गरेको तयारीको ढिलाइले पनि जेठमा चुनाव असम्भव हुँदै गएको छ। निर्वाचनसम्बन्धी कानुन निर्माण र स्थानीय तह पुनःसंरचना प्रतिवेदनमाथि गरेको ढिलाइ त्यसका बलिया प्रमाण हुन्।

राजनीतिक दलसम्बन्धी विधेयक पास नै नगरी संसद् बैठक १० गतेसम्म स्थगित गर्नु तथा स्थानीय तह संरचनासम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन नगरी एक महिना यसै थन्क्याएर परिमार्जन गर्ने भन्दै कार्यदल बनाइनुले पनि उसको ढिलासुस्ती प्रमाणित गरेका हुन्।

सभामुख ओनसरी घर्तीमगरका प्रेससंयोजक बबिन शर्माका अनुसार सरकारले संसद्लाई बिजनेस दिन नसक्दा संसद् बैठक स्थगित गर्नुपरेको हो। 'राजनीतिक दलसम्बन्धी विधेयकमा सहमति हुन सकेन र सरकारले ठूला बिजनेस दिन नसकेपछि संसद् बैठक १६ दिनसम्म स्थगित गरिएको हो,' शर्माले नागरिकसँग भने।

उनका अनुसार सरकारले निर्वाचन र संविधान संशोधनका लागि राजनीतिक सहमति खोज्ने भन्दै समय माग गरेकाले पनि संसद् बैठक लामो समयसम्म स्थगित गर्न सभामुख बाध्य हुनुभएको हो।

प्रतिवेदनमा सुझाव फागुन ५ पछि मात्रै

उता, बालानन्द पौडेल नेतृत्व समितिले पुस २० गते नै राज्य पुनःसंरचना प्रतिवेदन बुझाए पनि त्यसलाई कार्यान्वयन नगरी एक महिनासम्म सरकारले यसै राखिदियो तर एक महिनापछि गत माघ २० गते मात्रै त्यसमा 'सुझाव दिन' भन्दै मन्त्रिपरिषद्ले स्थानीय विकासमन्त्री हितराज पाण्डे, आपूर्तिमन्त्री दीपक बोहोरा र उद्योगमन्त्री नवीन्द्रराज जोशीको एक कार्यदल बल्ल बनायो।

कार्यदलले फागुन ५ पछि मात्रै सुझाव दिने गरी समयसिमा तोकिएको छ। 'कार्यदलले प्रतिवेदन पेस गरेलगत्तै सरकारले स्थानीय चुनाव घोषणा गर्नेछ', मन्त्री खाँडले नागरिकसँग भने। उनले यसो भनिरहँदा सरकारले चुनावको मिति तोक्ने अब फागुन ७ पछि मात्रै हो भन्ने बुझन गाह्रो छैन तर आयोगले मागेको समयसीमाअनुसार १ सय २० दिनको समय असार ७ मा मात्रै पुग्नेछ।

उक्त प्रतिवेदन कार्यान्वयन हुन नसक्दा वडाको हैसियत के हुने र मतदाता नामावली अद्यावधिक गर्ने काममा कठिनाइ हुने आयोगको भनाइ छ। यो विषय प्रतिवेदन आएपछि मात्रै निर्क्योल हुने भएकाले त्यसमा व्यावहारिक कठिनाइ आइलाग्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताउँदै आएका छन्।

राजनीतिक सहमति जुट्न बाँकी

यता, गत भदौ १९ गते 'संविधान संशोधन र स्थानीय निर्वाचन गराउने' कार्यादेशसहित प्रधानमन्त्रीमा चयन भएका दाहालले ६ महिना नाघिसक्दा पनि दुवै विषयमा राजनीतिक सहमति जुटाउन सकेका छैनन्। 'संविधान संशोधन प्रक्रिया सम्पन्न गरेपछि मात्रै निर्वाचनमा जानेछौं', कांग्रेस नेता कृष्ण सिटौलाले भने। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सत्तारुढ माओवादी–कांग्रेस दुवैले सोहीअनुसारको प्रतिबद्धता जनाएकाले पनि जेठमा चुनाव कठिन हुने देखिएको छ।

संशोधन प्रक्रिया २० गते टुंगिने

प्रस्तावित संविधान संशोधन प्रक्रियामार्फत टुंग्याउन कम्तीमा १० दिन लाग्ने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए। 'सरकारले प्रस्ताव गरेको संविधान संशोधनलाई प्रक्रियामार्फत टुंग्याउन पनि कम्तीमा १० दिन लाग्छ', शर्माले नागरिकसँग भने, 'त्यसमाथि पुरक वा आश्रित प्रस्ताव आए सुरुदेखि नै प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ।' उनका अनुसार आश्रित (पुरक) प्रस्ताव आए थप दुई महिना लाग्न सक्छ।

'संविधान संशोधनमा आश्रित विधेयक आयो भने पुनः ३५ दिने सूचना जारी गर्ने, सैद्धान्तिक छलफल गर्नेजस्ता प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ', प्रवक्ता गौतमले भने, 'राजनीतिक सहमतिबाट नियमावली निलम्बन गरे अर्कै कुरा हो, नत्र दुई महिनाअघि नहुन सक्छ।' उनका अनुसार त्यसमा पनि राजनीतिक सहमति प्रधान हो।

दाहाल सरकारको आयु वैशाख मध्यसम्म

नेपाली कांग्रेससँगको 'भद्र सहमति' अनुसार पुष्पकमल दाहाल नेतृत्व सरकारको आयु वैशाख मध्यसम्म मात्र हो।

तत्कालीन नेकपा माओवादी केन्द्र र कांग्रेसबीच केपी शर्मा ओली सरकार ढालेर नयाँ सरकार गठन गर्दा ९–९ महिना आलोपालो नेतृत्व गर्ने सहमति भएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले त्यतिबेला नै संसदीय दलको बैठकमा जानकारी दिएका थिए। 'वैशाखसम्म आयु भएको सरकारले जेठमा चुनाव कसरी गर्न पाउँछ, कसरी बजेट घोषणा गर्न सक्छ? यसबारे छलफल त्यही बेला हुन्छ, जुन बेला समय आइपुग्छ', कांग्रेसका एक नेताले नागरिकसँग भने।
अर्को समाचार
जेठमा चुनाव नगर्न दलबाटै आलटाल : प्रधानमन्त्री
२४ फागुन २०६९
•
४ मिनेट पाठ
जेठमा चुनाव नगर्न दलबाटै आलटाल : प्रधानमन्त्री
तनहुँ, फागुन २४ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले जेठमा चुनाव नगराउन दलहरुबाटै आलटाल भएको बताएका छन्। उनले जेठमा संविधान सभाको निर्वाचन हुन नदिन र प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्न नदिन दलहरुबाटै आलटाल भएको आरोप लगाए।





मनाङको जिल्ला परिषद्को उद्‍घाटन गर्न बिहीबार मनाङ सदरमुकाम चामे पुगेका प्रधानमन्त्री भट्टराईले प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्नै विषयमा राजनीतिक दलहरुबीच सहमतिको नजिक पुगिसकेको भन्दै १/२ दिनमै चुनावी सरकार घोषणा हुने बताए। ‘केही दिनमा नै प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुन्छ,' उनले भने, ‘त्यही सरकारले जेठमा संविधान सभाको चुनाव गराउँछ।' जेठमा चुनाव हुन नसके प्रतिगमनको खतरा बढ्ने भन्दै उनले देशमा परिवर्तन नचाहनेका कारण सरकार बन्न ढिलाई भएको बताए।

राजनीतिक दलहरुको असहमतिका कारण अहिले प्रधानन्यायाधीशलाई बाध्यात्मक परिस्थितिमा चुनावी सरकार बनाउनु परेको भन्दै भट्टराईले परिवर्तन चाहने र नचाहने बीचमा लडाइँ चलिरहेकाले आफूले चाहेर पनि तोकिएको समयमा प्रधानमन्त्री चयन गर्न नसकेको वताए। उनले काग्रेस र एमालेलाई अंकित गर्दै उनीहरुकै कारण संविधान नबनेको अरोप लगाए। उनले भने, ‘परिर्वतन नचहानेकै कारण निर्धारित समयमा संविधान जारी नभएको हो।'
यसैवर्ष निर्माण सम्पन्न वेसीशहर-चामे सडकको स्तरोन्नतीका लागि सरकारले पहिलो प्राथामिकताका साथ पहल थाल्ने बताए। ‘मनाङमा अहिले बैकल्पिक पदमार्ग आवश्यक भएकाले सरकारले यसतर्फ पनि ध्यान दिएको छ, ' उनले भने, ‘मनाङ र लमजुङ भएर बग्ने मर्स्याङ्दी नदीले जलविद्युतको समेत प्रचुर सम्भावना बोकेको छ।' निर्माणधिन वा निर्माण गरिने कुनै पनि आयोजनाको निर्माणकार्यलाई कसैले पनि रोक्न नहुने भन्दै उनले मनाङमा राष्ट्रिय प्रशारण लाईनको विद्युत पुर्‍याउने आश्वासन समेत दिए।

जिल्ला परिषदको प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री बाबुराम भटट्राई चामे पुगेपछि विपक्षी दलहरुले जिल्ला परिषद बहिष्कार गरेका थिए। सहमती विपरित प्रधानमन्त्रीलाई प्रमुख अतिथी बनाएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा नेपाल, जिल्ला विकास समिति मातहातको आदिवासी जनजाति समन्वय समिति, महिला उत्थान समिति लगायतका दल र संघसंस्थाले परिषद बहिस्कार गरेका हुन्।
दलहरुले बहिष्कार गरे पनि जिल्ला विकास समिति मनाङले आगामी आर्थिक वर्षका लागि ४४ करोड ८९ लाख ६१ हजार ७ सय ४६ रुपैयाको बजेट प्रस्ताव गरेको छ। विषयगत योजना तर्जुमा कार्यक्रममा जिल्ला परिषदको प्रमुख अतिथीको रुपमा मनाङबाट निर्वाचित तत्कालीन संविधान सभा सदस्य एवं पूर्व स्थानीय मन्त्री देव गुरुङलाई ल्याउने सहमती भएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस