बालकृष्ण अधिकारी, काठमाडौं, फागुन १४ - प्रधान न्यायाधीशको नेतृत्वमा अन्तरिम निर्वाचन परिषद गठन गर्ने आफ्नै प्रस्तावबाट एकीकृत माओवादी पछि हटेको छ। चार दल शीर्ष बैठकमा आइतबार माओवादीले जेठमा निर्वाचन हुने सम्भावना टरेको र प्रधान न्यायाधीश नेतृत्वमा सरकार गठन गर्दा कात्तिक-मंसिरमा पनि निर्वाचन हुने ग्यारेन्टी नभएको भन्दै दलीय नेतृत्वमा सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको हो।
'अब जेठमा चुनाव गर्न पनि गाह्रो पर्योत, अनि मंसिरमा पनि हुन्छ कि हुँदैन ठेगान छैन, अब अगाडि जान नसकिने भो,' बैठकमा माओवादी नेता (दाहाल र भट्टराई) का भनाइ उद्धृत गर्दै एमाले नेता भीम रावलले भने, 'चैतसम्म गएर राजनीतिक नेतृत्व नभई यो देश कसरी चल्ला भनेर माओवादीबाटै सुन्नुपर्दा यो प्रस्ताव निर्वाचन होइन, सरकार टिकाउन ल्याइएको हो कि भन्ने आशंका उत्पन्न भएको छ।'
चार दलीय कार्यदलले प्रधान न्यायाधीशको नेतृत्वमा सहमतिको सरकार गठनका लागि तयार गरेको मस्यौदालाई अन्तिम रुप दिन आइतबार अपराह्न बसेको बैठकमा माओवादीले प्रधान न्यायाधीशले संवैधानिक र कानुनी कुरामा प्रश्न उठाएकोे भन्दै अघि बढ्न नसकिने जनाउ दिएको हो।
माओवादी पछि हटेपछि प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम निर्वाचन परिषद गठन हुने सम्भावना लगभग समाप्त भएको छ।
माओवादी नेतृत्वले जेठमा निर्वाचन हुन नसक्ने भन्दै आफ्नो प्रस्तावबाट हट्ने संकेत गरेपछि कांग्रेस-एमाले नेता उनीहरुप्रति बैठकमै खनिएका थिए। विशेष समिति कार्यालयमा झन्डै चार घन्टा चलेको बैठकमा कांग्रेस-एमालेका नेताले माओवादीलाई विश्वास गर्न नसकिने भन्दै आफूहरुलाई फसाएको आरोपसमेत लगाएका थिए। दुवै दलका शीर्ष नेताले लोकतन्त्र र निर्वाचनका लागि पार्टीभित्रको तीव्र दबाब झेलेर प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न तयार भएको सुनाएका थिए। देशको हितमा र लोकतन्त्रलाई ठीक ठाउँमा फर्काउन प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर जाने माओवादीको प्रस्ताव स्वीकार गरेको भन्दै दुई दलका नेताले त्यो किन हुन सकेन भन्ने माओवादी नेतृत्वले देश र जनताका सामु जवाफ दिनुपर्ने जिकिर गरेका थिए।
'तपाईंहरु (माओवादी) ले जे कारण, जे आशयले प्रस्ताव राख्नुभएको थियो, हामीले निर्वाचनप्रति साँच्चिकै आएको होला भनेर इमानदार भएर प्रस्ताव स्वीकार गरेका थियौं,' उनले भने, 'प्रधान न्यायाधीशसँग कुरा गर्ने तपाईंहरु नै हो, सरकारका प्रधानमन्त्री कानुनमन्त्री पनि हो। उहाँले के कुरा गर्नुभएकोे थियो, अहिले यो कुरा किन मानिएन, यसको जवाफ माओवादीले नेपाली जनतालाई दिनुपर्छ।'
उनीहरुले प्रधान न्यायाधीशसँग कुरै नगरी माओवादीले सरकारको नेतृत्व दिने प्रस्ताव ल्याएको आरोप पनि लगाए। दुई दलका अधिकांश नेताले आफूहरु प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाउने पक्षमा नै रहेको भन्दै मुलुकलाई निकास दिन मात्र सहमति जनाएको धारणा राखेका थिए। उनीहरुले प्रधान न्यायाधीशले सरकारको नेतृत्व लिने/नलिने विषयमा सोमबार जवाफ ल्याउनसमेत माओवादीसँग आग्रह गरेका थिए।
'यो देशलाई अनिर्णयको बन्दी बनाएर नेपाली जनताहरुको इच्छा र आकांक्षालाई तुषारापात पर्ने स्थिति हुनुहुँदैन,' रावलले भने, 'यसका लागि हामीले तपाईंहरुको (माओवादीको) प्रस्तावालाई ध्यानमा राखेर निर्वाचनमा जानुपर्छ भनेर त्यत्रो आन्दोलन स्थगित गर्यौं , भोलि के पोको लिएर आउनुहुन्छ, हेरौं ।'
माओवादीले निर्वाचन टारेर आफ्नो नेतृत्वको सरकारको आयुमात्र लम्ब्याउने चालमा रहेको दुई दलका नेताले आरोप लगाएका थिए। सहमति जुट्न नदिन दलीय सहमतिविपरीत माओवादी नेतृत्वले पार्टीको महाधिवेशनमा प्रस्ताव गरेको गुनासोसमेत उनीहरुको थियो।
कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्तावलाई एकीकृत माओवादीले नै तुहाएको आरोप लगाए। 'माओवादीले सत्ता नछोड्ने र प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावलाई तुहाउने नियतका साथ महाधिवेशनमा प्रस्ताव राख्यो,' उनले नागरिकसँग भने, 'प्रधान न्यायाधीशको नेतृत्वमा भने पनि सरकार गठन गरेर अफ्ठेरोमा पुगेको लोकतन्त्रलाई निर्वाचनमार्फत लिगमा ल्याउन हामीले प्रयास गरेका थियौं, सर्वोच्च अदालतको फैसलाले व्यावहारिक र प्राविधिक रुपमा अफ्ठेरो बनाएको छ।'
प्रमुख चार दलका शीर्ष नेताले सोमबार बिहान प्रधान न्यायाधीश रेग्मीलाई भेटी सरकारको नेतृत्व लिन आग्रह गर्नेछन्। प्रधान न्यायाधीशसँग समय मिलाउने जिम्मेवारी प्रधानमन्त्री बाबुराम भट्टराईलाई दिइएको छ।
'सोमबार बिहान चारै दलका शीर्ष नेताले प्रधान न्यायाधीशसँग भेटेर सरकारको नेतृत्व लिने कि नलिने भनेर एस वा नो को कुरा हुन्छ,' एकीकृत माओवादी उपाध्याक्ष नारायणकाजी श्रेष्ठले भने, 'नेतृत्व लिन स्वीकार गर्नु भयो भने पर्सि (मंगलबार) नै उहाँलाई जिम्मेवारी सुम्पनेछौं।'
प्रधान न्यायाधीश रेग्मीले निर्वाचनका लागि कानुनी, संवैधानिक, प्राविधिक र राजनीतिक प्रतिबद्धता पूर्ण रुपमा नदेखिएको भन्दै सरकारको नेतृत्व लिन आनाकानी गर्दै आएका छन्।
माओवादीको महाधिवेशनअघि नै प्रधान न्यायाधीश रेग्मीसँग चुनावी सरकारको नेतृत्व लिन आग्रह गरेको भन्दै श्रेष्ठले भने, 'प्रधान न्यायाधीशले अस्वीकार गर्नुभयो भने अन्य विकल्पको विषयमा छलफल थाल्नेछौं।'
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधान न्यायाधीशको नेतृत्वमा चुनाव गराउने एकीकृत माओवादीबाट आएको प्रस्तावको विषयमा सोमबार टुंगोमा पुगिने जानकारी दिए। 'प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार हुने/नहुने टुंगोमा पुगेका छैनौं,' उनले भने, 'प्रधान न्यायाधीशसँग परामर्श गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएका छौं, त्यसबारे टुंगोमा पुगेपछि मात्र अर्को विकल्पमा छलफल हुनेछ।'
मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले चुनावी सरकारको नेतृत्व गर्ने कि नगर्नेबारे प्रधान न्यायाधीश धेरै द्विविधामा रहेको जानकारी दिँदै प्रधान न्यायाधीशले सरकारको नेतृत्व स्वीकार गर्ने/नगर्ने विषयमा सोमबार टुंगोमा पुगिने जानकारी दिए। 'सबै कुराको साँचो प्रधान न्यायाधीशको हातमा छ,' उनले भने, 'प्रधान न्यायाधीशले चार दलको निर्णय स्व्ाीकार गर्नुभयो भने जेठमा चुनाव हुन्छ, नभए जेठमा हुँदैन।'
प्रधान न्यायाधीशले सरकारको नेतृत्व स्विकारे सोमबार बस्ने चार दलको बैठकले सबै विषय टुंगो लगाउने जानकारी उनले दिए। 'प्रधान न्यायाधीशले चार दलको प्रस्ताव स्वीकार गरे बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने प्रक्रिया अघि बढ्छ,' उनले भने, 'सोमबार ४ बजे सबै विषय टुंगो लाग्छ।'
चार दलको बैठक सोमबार ३ बजे पुनः सेना सामायोजन विशेष समितिको कार्यालयमा डाकिएको छ। त्यसअघि प्रमुख चार दलले आन्तरिक छलफलसमेत गर्ने जनाएका छन्।