वैशाख १० गते हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २ मा चुनाव प्रचारप्रसारको अन्तिम दिन मुख्य प्रतिस्पर्धी दलहरुले शक्ति प्रदर्शन गरेका छन्।
शक्ति प्रदर्शनमा आ–आफ्नो उम्मेदवारको जित निश्चित भएको दाबी गर्दै नेताहरुले आफ्नो उम्मेदवारलाई जिताउन आग्रह पनि गरेका छन्।
बाराको महागढीमाई नगरपालिकाको महागढीमाई मन्दिर परिसरमा बृहत् आमसभाको आयोजन गर्दै पाँच दलीय गठबन्धनले चुनावी शक्ति प्रदर्शन गरेको हो।
आम सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका नेताले आफ्ना साझा उम्मेदवार जसपाका उपेन्द्र यादवलाई जिताउन एउटै मञ्चबाट सर्वसाधारणलाई अपिल गरेका छन्।
गठबन्धन दलका घटक नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र लोसपाले संयुक्त रुपमा बृहत् आम सभाको आयोजना गरी बारा क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवको चुनाव चिन्ह छाता छापमा मतदान गर्न नेता कार्यकर्तालाई अपिल गरेका छन्।
सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले उपेन्द्र यादवको खाँचो देशलाई रहेकोले आफ्नो भागमा परेको उपराष्ट्रपति पद जसपालाई दिएर बारा क्षेत्र नम्बर २ बाट निर्वाचित राम सहाय यादवलाई उपराष्ट्रपति पदमा निर्वाचित गराई उपनिर्वाचनमा उपेन्द्र यादवलाई जिताउनको लागि आफूले मुख्य भूमिका खेलेको खुलस्त पारेका छन्।
प्रधानमन्त्री दाहालले देशको सदनमा उपेन्द्र यादवको आवश्यकता रहेकोले यादवलाई आफ्नै प्रस्तावमा बाराको उपनिर्वाचनमा उठाएको पनि बताएका छन्।
कार्यक्रममा दोस्रो वक्ता नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव मधेसको नेतृत्व गर्ने एक मात्रै नेता भएकाले उनी जस्ता सच्चा नेतालाई यस पटक अनिवार्य रुपमा जिताएर सदनमा पठाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
यस्तै सोही कार्यक्रममा नेकपा एसका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बज्जिका एवं भोजपुरी भाषामै सभालाई सम्बोधन गर्दै उपेन्द्र मधेश मात्रै होइन देशको नेता रहेकाले उनलाई यो पटक अनिवार्य रुपमा जिताएर सदनमा पठाउन आग्रह गरे।
नेता नेपालले पाँच दलीय गठबन्धन भत्काउन धेरै चलखेल भइरहेको हुनाले संविधान रक्षा एवं लोकतन्त्रलाई मजबुत बनाउन सदनमा उपेन्द्र यादवको खाँचो रहेकोले जिताउन आग्रह गरेका छन्।
बृहत् आम सभालाई सम्बोधन गर्दै जसपाका अध्यक्ष एव बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले बारा जिल्ला अति पिछडिएको जिल्लाको रुपमा रहेकोले यसको समग्र विकासप्रति आफू गम्भीर रहेको बताउँदै लामो समयदेखि रोकी राखेको अन्तर्राष्ट्रिय निजगढ विमान स्थल तत्काल सुचारु गर्न प्रधानमन्त्री मन्त्रीलाई आग्रह गरेका छन्।
त्यसै गरी लोसपाका अध्यक्ष महन्त ठाकुर बिरामी परेपछि उनको ठाउँमा सभालाई सम्बोधन गर्न बारा पुगेका मधेश प्रदेशका लोसपाका चर्चित नेता जितेन्द्र सोनलले मधेशप्रति उपेन्द्र यादवको योगदानलाई चर्चा गर्दै मधेसी पहिचान जोगाउन उपेन्द्र यादव यस पटक सदनमा पठाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
यसै गरी विभिन्न ठाउँमा नेकपा एमाले, जनमत तथा आम जनता पार्टी (आजपा) का वरिष्ठ नेताहरुले बृहत् आमसभा गर्दै आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे। बारा २ मा विहीवार दिनभर चुनावी कार्यक्रम भएको देखिएको छ।
बिहीबार मध्यरातदेखि चुनाव प्रचारको क्रम रोकिने हुनाले सबै दलले चुनावी सभा गरेर मतदातालाई आफ्नो जित निश्चित रहेको देखाउन शक्ति प्रदर्शन गरेका हुन्। कार्यक्रमहरुमा सर्वसाधारणको व्यापक उपस्थिति रहेको देखिएको थियो।
पोखराका चर्चित र्यापर जेम्सी(नोबलबस्नेत) राजनीतिमा प्रवेश गरेका छन्।
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने बताएका छन्। उनले आफू वडा अध्यक्ष नभई ३३ वटै वडाको नेतृत्व गर्न चाहेको बताए।
‘म वडा अध्यक्ष त गर्दिनँ। म ३३ वटै वडाको लिडर हुन चाहन्छु। म मेयरकै लागि उम्मेदवारी दिन आएको हुँ,’ उनले भने।
उनले आफ्नो राजनीति पद र प्रतिष्ठाका लागि नभई जनताको सेवा र समाज परिवर्तनका लागि भएको बताए। पेशाले र्यापर भए पनि आफ्नो माइकलाई मनोरन्जनको माध्यममा मात्र सीमित नराखी समाजको आवाज बनाउन चाहेको उनको भनाइ छ।
‘र्यापरको माइक मनोरन्जनको माध्यम मात्र होइन, समाजको आवाज पनि हो। यसले अन्यायविरुद्ध बोल्न र चेतना जगाउन सक्छ,’ उनले भने।
जेम्सीले युवाहरू देशको भविष्य मात्र नभई वर्तमानका नेतृत्वकर्ता पनि भएको बताए। युवाहरू राजनीतिमा सक्रिय हुनुपर्ने भन्दै आफू पनि उमेर छँदै राजनीतिमा आएको उनले स्पष्ट पारे।
जनता समाजवादी पार्टी रोज्नुको कारणबारे उनले पार्टीको सिद्धान्त मन परेको बताए। मधेसको हितका लागि पार्टीले गरेको संघर्ष र पोखराका जनताको हितका लागि आफूले चाहेको परिवर्तनबीच समानता देखेकाले पार्टीमा आबद्ध भएको उनको भनाइ छ।
उनले आफ्नो पार्टी प्रवेशले पोखराको राजनीतिप्रति देशभरका मानिसको चासो बढ्ने विश्वास व्यक्त गरेका छन्। चुनाव जित्नु मात्र आफ्नो उद्देश्य नभएको बताउँदै उनले युवालाई राजनीतिप्रति आकर्षित गर्न पनि आफूले यो कदम चालेको बताए।
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...