प्रतिनिधिसभाका सदस्य डा. सुनिलकुमार शर्माले संसद्बाट पाउने कुनै पनि सेवा सुविधा लिएका छैनन्। प्रतिनिधिसभा निर्वाचन २०७९ मा मोरङ ३ बाट निर्वाचित उनले गत संसद्को शपथ ग्रहण गरेयता कुनै पनि सुविधा लिएका छैनन्। सांसद डा. सुनिलकुमार शर्माले आफूले पाउने आर्थिक सेवासुविधा नलिने भन्दै गत माघ ४ गते संसद् सचिवालयमा पत्राचार गरेका छन्। निर्वाचनका क्रममा सरकारी कोषबाट सांसदले पाउने आर्थिक सुविधा नलिने घोषणा गरेका सांसद शर्माले निर्वाचित भएपछि बाचा पूरा गरेका छन्। उनी चिकित्सा क्षेत्रका व्यवसायी हुन्।
यसअघि २०७४ सालमा एमालेका नेता भानुभक्त ढकालसँग पराजित भएका थिए। यसपटक भने ढकाललाई नै पराजित गरेर उनी संसद् प्रवेश गरेका हुन्।
२ सय ७५ सदस्य रहेको संसदमा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीले फौजदारी अपराधमा फरार सूचीमा रहेकाले उनको पारिश्रमिक रोकिएको छ। यसैगरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कांग्रेस सांसद टेकबहादुर गुरुङको पनि पारिश्रमिक रोकिएको छ। निर्वाचित भएपछि नागरिकता विवादका कारण अदालतको आदेश पछि सांसद पद गएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेको स्थानमा पनि अहिले संसद् पद खाली छ। उनले सुरुमै उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाई उतैबाट पारिश्रमिक लिएकाले सांसदबाट पाउने सुविधा लिएका छैनन्। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सांसद पद खाली छ। सो ठाउँमा पनि सांसदको पारिश्रमिक गएको छैन। एकजना जसपाका सांसद सहनाज रहमानको मृत्यु भएको छ। उनको नाममा पनि पारिश्रमिक गएको छैन।
जसबाट २७५ संसदमा ७ जना सांसदको रूपमा पारिश्रमिक उपलब्ध छैन। २६८ जनालाई मात्र तलब उपलब्ध छ। यसमध्ये सांसद भएकाबाट सरकारमा एक प्रधानमन्त्री, दुई उपप्रधानमन्त्री, १३ जना मन्त्री र एक राज्यमन्त्री गरी १७ जनाले मन्त्रालयबाट तलब भत्ता लिने गर्छन्। संसद्बाट २ सय ५१ जनालाई मात्र यतिबेला पारिश्रमिक उपलब्ध भएको छ ।