कांग्रेस किचलोले सरकार अपूर्ण
२९ चैत्र २०७९
•
४ मिनेट पाठ
कांग्रेस किचलोले सरकार अपूर्ण
नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन। एमालेसहित सात दलीय गठबन्धन भत्काउन एकजुट बनेका कांग्रेस नेताहरू मन्त्रालय भागबन्डामा आपसमै नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो ।




१० दलीय गठबन्धनमा कांगे्रसले आठ मन्त्रालय पाएको छ। कांग्रेस चार मन्त्रीसहित सरकारमा सहभागी भए पनि आन्तरिक सहमति जुट्न नसक्दा बाँकी चार मन्त्री र एक राज्यमन्त्री उसले छान्न सकेको छैन। सत्ता साझेदार दलहरूबीच चैत १६ गते मन्त्रालय भागबन्डामा सहमति भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट चार नेतालाई १७ गते सरकारमा पठाएका थिए। नेता शेखर कोइराला नेतृत्वको संस्थापन इतर समूहले पार्टीभित्रको भागबन्डामा चित्त नबुझाएपछि कांग्रेस सभापति देउवाले चार जनालाई मात्र सरकारमा पठाएका हुन्।

सभापति देउवाले संस्थापन इतर समूहलाई दुई मन्त्री दिने तयारी गरेका थिए। इतर समूहले तीन मन्त्री पाउनुपर्ने र आफूहरूले पाउने मन्त्रालयको नाम पनि पहिल्यै टुंगो लगाउनुपर्ने अडान राख्यो। देउवा तीन मन्त्रालय दिन तयार नभएको र मन्त्रालय पनि आफैंले तोक्ने पक्षमा रहेकाले नाम नदिएको इतर पक्षीय नेताहरूको भनाइ छ। उपप्रधानसहित चार महŒवपूर्ण मन्त्रालय संस्थापन पक्षले लिएको र परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय पनि आफैं राख्ने पक्षमा देउवा रहेको इतर पक्षको बुझाइ छ। ‘स्वास्थ्य, परराष्ट्रसहित तीन मन्त्रालय नपाएसम्म हामी सरकारमा सहभागी हुँदैनौं,’ इतर पक्षका एक नेताले भने, ‘संस्थापन पक्षले छाडेका मन्त्रालय लिएर हामी सरकारमा साक्षी मात्र बस्ने पक्षमा छैनौं ।’

तर संस्थापन पक्षका नेताहरू भने संख्या र मन्त्रालयभन्दा इतर पक्षमै सरकारमा को को जाने भन्नेमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा समस्या भएको दाबी गर्छन्। नेता कोइराला र महामन्त्री गगनकुमार थापा पक्षबीच नै सरकारमा पठाउने व्यक्तिमा सहमति हुन नसक्दा समस्या भएको देउवानिकट नेताको बुझाइ छ। कोइरालाले उपसभापति धनराज गुरुङ र डिकबहादुर लिम्बुलाई सरकारमा पठाउन चाहेको तर महामन्त्री थापाले केन्द्र्रीय सदस्य प्रदीप पौडेलको नाम प्राथमिकताका साथ अघि सार्दा समस्या भएको संस्थापन पक्षको दाबी छ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको छ। खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन्। इतर पक्षबाट सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले पनि मन्त्री बन्ने आकांक्षा राख्दै आएका छन्। उनीहरूले दुवै महामन्त्री सरकारमा सहभागी नहुने भएपछि उपसभापति गुरुङपछि मर्यादा क्रममा आफूहरू रहेको जनाउँदै मन्त्रीका लागि दाबी पेस गर्दै आएका छन्। पाण्डे बाजुराबाट प्रतिनिधिसभामा निर्वाचित र परियार समानुपातिक सदस्य हुन्।

अहिले सरकारमा कांग्रेस सभापति देउवानिकट खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन्। कांग्रेसको भागमा परराष्ट्र, स्वास्थ्य, कानुन र युवा तथा खेलकुद मन्त्रालय पनि परेका छन्। देउवाले एनपी साउदलाई परराष्ट्र र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन चाहेका छन्। बाँकी दुई मन्त्रालय इतर पक्षलाई दिने देउवाको तयारी छ। कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइरालाले पनि सरकारमा भाग खोज्दै आएका छन्।

कांग्रेसभित्रको आन्तरिक कलहका कारण प्रधानमन्त्री दाहालको काँधमा अझै ६ वटा मन्त्रालय छन्। कांग्रेसको भागमै परेका बाँकी चार, र जनता समाजवादी (जसपा) को भागमा परेको एक मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्दै आएका छन्। २ मन्त्रालय पाएको जसपाले शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएको छ। उसले वैशाख १० गते हुने उपनिर्वाचनपछि आफ्नो भागमा परेको बाँकी एक मन्त्रालयमा मन्त्री पठाउने बताइएको छ। जनमत पार्टीले उद्योग मन्त्रालय नपाएको भन्दै खानेपानी मन्त्रालय छाडेर सरकारबाट बाहिरिएको छ। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले ११ गते पद तथा गोपनीयताको शपथ लिने क्रममै एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेतालाई सरकारमा सहभागी गराएका थिए।

माघ २ गते मन्त्रालय भागबन्डामा सहमति जुटाई दाहालले ३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत सरकारमा समेट्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले उनले पाएका सबै पद खारेज गर्दा उक्त दल माघ तेस्रो साता दाहाल नेतृत्वको सरकारबाट अलग भएको थियो। सरकारको नेतृत्व गरेको माओवादी राष्ट्रपति निर्वाचनमा कांग्रेससहितका दलसँग मिलेर अघि बढ्न सहमत भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी फागुन १३ गते र एमाले १५ गते दाहाल नेतृत्व सरकारबाट अलग भएका थिए।

संविधानको धारा १०० को उपधारा २ को व्यवस्थाअनुसार चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका दाहालले नयाँ गठबन्धनभित्र १६ गते मन्त्रालय भागबन्डामा सहमति जुटाएका थिए। दाहालले चैत १७ गते मन्त्रिपरिषद् विस्तार गरे पनि अझै पूर्णता दिन सकेका छैनन् ।
अर्को समाचार
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
१५ मिनेट अघि
•
१ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
फाइल तस्बिर
नेपाली कांग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका टुंगो लगाएको जनाएको छ।




पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। 

सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो। बाँकी जिल्लामा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन हुनेछ।

यद्यपि, निर्वाचन समितिले सम्बन्धित जिल्ला कार्यसमितिसँगको सल्लाहमा कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा मितिमा सामान्य हेरफेर गर्न सक्ने लचकतासमेत राखिएको छ।

यसैगरी, पार्टीको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेको बीचमा सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ।

सभापति थापाले सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक-दुई दिनको फरक पारेर सञ्चालन गरिने स्पष्ट पारेका छन्। सबै प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारी स्वयं उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक-फरक राख्न लागिएको हो।

सबै मितिको अन्तिम टुंगो लगाएर निर्वाचन समितिले सबै जिल्ला समिति तथा प्रदेश समितिसँग परामर्श गरेपछि सोमबारसम्ममा घोषणा गर्ने पनि सभापति थापाले स्पष्ट पारेका छन्।

कांग्रेसले देशभरका ७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्नुका साथै जिल्ला र प्रदेश अधिवेशनमार्फत संगठन सुदृढीकरणलाई तीव्रता दिएको जनाएको छ। 
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस