भारतीय कम्पनीलाई फास्ट ट्र्याक दिने प्रस्ताव रद्द, अाफैँ बनाउन समिति गठन
०७ पौष २०७३
•
२ मिनेट पाठ
भारतीय कम्पनीलाई फास्ट ट्र्याक दिने प्रस्ताव रद्द, अाफैँ बनाउन समिति गठन
काठमाडौं— निजगढदेखि काठमाडौंसम्मको फास्ट ट्र्याक निर्माणको जिम्मा भारतीय कम्पनी आइएल एन्ड एफसीलाई दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्न ७ सदस्यीय समिति गठन गरेको छ।




बाराको निजगढबाट आफ्नै मोटरसाइकल चढेर काठमाडौं आउँदा ८ सय, कार चढेर आउँदा १६ सय, ट्रकले ४६ सय र बसले १६ सय रुपैयाँ टोल ट्याक्स तिर्नुपर्ने गरी भारतीय कम्पनीले निर्माण चाहेको थियो।

फास्ट ट्र्याक आफै निर्माण गर्न बिहीबारको मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो। समितिले आर्थिक स्रोत तथा निर्माणसम्बन्धी सुझाव दिनेछ। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

मंसिर ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले फास्ट ट्र्याक भारतीय कम्पनी आइएल एन्ड एफसीलाई दिने प्रस्ताव रद्द गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भइरहेको जनाएका थिए।

राष्ट्रलाई ४० अर्ब रुपैयाँ नोक्सान पुर्‍याएर सर्वसाधारणबाट चर्को शुल्क लिनेगरी भारतीय कम्पनीले सो फास्ट ट्र्याक निर्माण गर्न चाहेको थियो।

बाराको निजगढबाट आफ्नै मोटरसाइकल चढेर काठमाडौं आउँदा ८ सय, कार चढेर आउँदा १६ सय, ट्रकले ४६ सय र बसले १६ सय रुपैयाँ टोल ट्याक्स तिर्नुपर्ने गरी भारतीय कम्पनीले निर्माण चाहेको थियो।

विज्ञहरुले प्रत्येक वर्ष १५ अर्ब रुपैयाँ विनियोजन गरिए आफ्नै लगानीमा फास्ट ट्र्याक निर्माण गर्न सकिने बताउँदै आएका छन्।

९८ अर्ब रुपैयाँ कूल लागत रहने सो आयोजना निर्माणका लागि भारतीय कम्पनीले १५ अर्ब रुपैयाँ नेपाल सरकारसँग अनुदान मागेको थियो। ट्राफिक ग्यारेन्टीबापत् २० अर्ब रुपैयाँ दिनुपर्ने सर्त भारतीय कम्पनीको थियो।
अर्को समाचार
फास्ट ट्र्याक ठेक्काबारे मन्त्रिपरिषदमा चर्काचर्की
१५ असोज २०७२
•
८ मिनेट पाठ
फास्ट ट्र्याक ठेक्काबारे मन्त्रिपरिषदमा चर्काचर्की
काठमाडौं- काठमाडौं तराई फास्ट ट्र्याकको जिम्मा भारतीय कम्पनीलाई दिनेसम्बन्धी प्रस्ताव पास गर्ने विषयमा मन्त्रिपरिषद बैठकमा चर्काचर्की भएको छ। नेपालले अर्बौं रुपैयाँ लगानी गरी काठमाडौं–तराई जोड्ने ५६ किमी सडक भारतीय कम्पनीलाई निर्माण जिम्मा दिने र घाटा भए पनि नेपाल सरकारले नै व्यहोर्ने गरी ठेक्का सम्झौता गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले पेस गरेको प्रस्तावमा विवाद भएको हो।




सुशील कोइराला नेतृत्वको सरकार नै बहिर्गमन क्रममा रहेका बेला राज्यलाई अर्बाैं भार पर्नेगरी मन्त्री निधिले गत साता मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेका थिए। तर, मन्त्रिपरिषद बैठकले उक्त प्रस्तावको विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल नेतृत्वको प्राविधिक टोलीलाई जिम्मा दिएको थियो।

मन्त्रिपरिषद स्रोतका अनुसार टोलीले बुझाएको प्रतिवेदन बिहीबारको बैठकमा मुख्यसचिव सोमलाल सुवेदीले पढेर सुनाउन मात्र लागेका थिए, मन्त्री निधी मुख्यसचिवविरुद्ध खनिए। 'मुख्यसचिवको काम मन्त्रिपरिषद र प्रधानमन्त्रीले लगाए–गरेको काम गर्ने हो,' मन्त्री निधिको भनाइ उद्धृत गर्दै बैठकका एक सहभागीले भने, 'पहिला पनि लीलामणिले प्रस्ताव रोक्न खोज्ने, सुझाव दिने गलत नजिर बसालेका थिए, तपाइँले पनि त्यो पछ्याउनुभएको हो?' प्राविधिक टोलीबाट आफूलाई प्राप्त सुझाव मुख्यसचिवले पढ्न सुरु गरेपछि मन्त्री निधि आफ्नो ठाउँबाट जुरुक्क उठेर बाझेका थिए।

प्राविधिक टोलीले दिएको सुझाव सुनाउने क्रममा मन्त्रीले प्रतिवाद गर्न थालेपछि मुख्यसचिव सुवेदीले ठेक्का दिने काम मन्त्रिपरिषदबाट गर्न नहुने बताएका थिए। 'भोलि यस्तै प्रकृतिको ठेक्का अरुलाई पनि दिनुपर्योा भने के गर्ने?' बैठकमा सहभागी एक मन्त्रीले भने, 'भोलि काठमाडौं हेटौंडा सुरुङ मार्ग बनाउँदा के गर्ने, त्यसैले ठेक्का दिने काम मन्त्रिपरिषदबाट गराउन भन्दा कार्यविधि बनाएर दह्रो सरकारी संयन्त्रलाई प्रक्रिया पुर्यागएर काम गर्न जिम्मा दिँदा उचित हुन्छ।'

मन्त्री निधि भने त्यत्तिमै रोकिएनन्। उनले मन्त्रिपरिषदबाट पास हुने अन्तिम तयारीमा पुगेको विषय मुख्यसचिव 'प्रोएक्टिभ' भएर रोक्न खोजेको आरोप लगाए। 'मुख्यसचिव प्रोएक्टिभ भएर रोक्न खोज्दा राम्रो हुँदैन,' मन्त्री निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'मन्त्रिपरिषदबाट पास हुने अन्तिम चरणमा रहेको निर्णयमा बोलेको राम्रो भएन।' उनले उक्त प्रस्ताव जसरी पनि पास हुनुपर्ने अडान राखे। त्यत्तिकैमा एमालेका मन्त्रीले विरोध जनाए। कांग्रेसका केही मन्त्रीले विस्तृत अध्ययन गरेर मात्रै निर्णय गर्न सुझाव दिए। मन्त्री निधि र एमालेका मन्त्रीबीच चर्काचर्की परेको स्रोत बताउँछ। स्रोतका अनुसार सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल, शिक्षामन्त्री चित्रलेखा यादव, अर्थमन्त्री रामशरण महत भने ठेक्का दिनुपर्ने पक्षमा उभिएका थिए। निकै लामो समयसम्म विवाद भएपछि भारतीय कम्पनीलाई ठेक्का दिने तयारी रोकिएको थियो।

संसदीय समितिले समेत नेपाललाई घाटा हुनेगरी ठेक्का दिन लागिएको भन्दै पटक–पटक रोक्न दिएको निर्देशन लत्याउँदै भारतीय कम्पनीलाई फाइदा पुग्नेगरी मन्त्री निधिले मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेका थिए। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री निधिले काठमाडौं–तराई फास्ट ट्र्याकको जिम्मा दिन लागिएको आइएल एन्ड एफएस कम्पनीमा भारतीय सरकारको समेत स्वामित्व रहेको र त्यो पास भए हाल तराईमा जारी आन्दोलनको समस्या समेत हट्ने बताउँदै आएका छन्। 'यो ठेक्का दिऊँ, आन्दोलन सल्टाउने काम मेरो भयो भनेर मन्त्री निधिले प्रधानमन्त्रीज्यूसँग भन्दै आउनुभएको छ,' स्रोतले भन्यो।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रालयको प्रस्ताव र सुझाव टोलीले दिएको सुझावबीच ग्याप रहेकाले निर्णय नभएको बताए। 'गाडीको संख्या पुर्यालउन जुन रेट तय गरिएको छ, त्यो संख्या पुगेन भने सरकारले नै क्षतिपूर्ति व्यहोर्नेगरी दिँदा भोलि त्यसले नेपाललाई टाट त पल्टाउँदैन भन्ने चिन्ताको विषय हो,' मन्त्री पण्डितले नागरिकसँग भने, 'प्राविधिक टोलीले दिएको सुझाव र प्रस्तावकको प्रस्ताव त म्याच पुनुपर्यो' नि!'

मन्त्रालयको प्रस्तावमा भारतीय कम्पनीलाई अनुदान र ऋणसहित करिब ९० अर्ब रुपैयाँ नेपाल सरकारले व्यहोरिदिनुपर्नेछ। निर्माण सम्पन्न भएको पहिलो वर्ष नै ४५ हजार १७ कार गुड्नुपर्ने र उक्त संख्या नपुगे सरकारले त्यसको क्षतिपूर्ति तिर्नुपर्ने प्रस्ताव राखेको छ। यसरी आम्दानी ग्यारेन्टीको जिम्मा लिँदा २५ औं वर्षमा नेपाल सरकारलाई ८ अर्ब ७० करोड रुपैयाँ नोक्सान पर्ने विज्ञहरुले बताएका छन्। १ खर्ब १२ अर्ब रूपैयाँ लागत निर्माण प्रस्ताव गरिएको ठेक्कामा कम्पनीले २२ अर्ब रुपैयाँ मात्रै लगानी गर्ने प्रस्ताव गरेको छ। निर्माण गरेपछि २५ वर्षसम्म त्यसको टोल शुल्क निर्माण कम्पनीले लिनेछ। र, घाटा भएमा समेत सरकारले व्यहोरिदिनुपर्ने प्रस्ताव छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस