काठमाडौं- काठमाडौं तराई फास्ट ट्र्याकको जिम्मा भारतीय कम्पनीलाई दिने प्रस्ताव मन्त्रिपरिषदमा अड्किएको छ। नेपाललाई अर्बौं रकम घाटा हुने गरी तयार पारिएको ठेक्का सम्झौताको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले बिहीबार मन्त्रिपरिषद बैठकमा पेस गरेका थिए।अर्बाैं रुपैयाँ नेपालले नै लगानी गरेर फास्ट ट्र्याक बनाउन भारतीय कम्पनीलाई दिने र घाटा भए पनि नेपाल सरकारले नै व्यहोर्ने गरी ठेक्का सम्झौता गर्न निधिले पेस गरेको प्रस्तावमा मन्त्रीहरूले विरोध जनाएपछि कुनै निर्णय नभएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। छलफल चलिरहेकाले त्यसबारे कुनै निर्णय नभएको उनले बताए। स्रोतका अनुसार नेपाललाई अर्बौं नोक्सानी पर्ने उक्त ठेक्का प्रस्ताव पास भए तराईमा जारी आन्दोलन फिर्ता गराउन सक्ने भन्दै पास गर्न निधिले दबाब दिइरहेका छन्।
यसैगरी सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा ताना गौतमलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद बैठकले रिक्त अध्यक्ष पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पण्डितले जानकारी दिए। मन्त्रिपरिषदले प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ। अख्तियारका सचिव श्रीधर सापकोटालाई प्रधानमन्त्री कार्यालय तानिएको छ।