प्रदेश नम्बर १ को नाम 'किराँत- लिम्बुवान-सगरमाथा' राख्न प्रस्ताव गरिएको छ। नेकपा एस र जसपाको तर्फबाट सांसद् राजेन्द्र कुमार राईले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।
नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो।
यस्तै एमालेले पनि प्रदेश १ को नाम प्रस्ताव दर्ता गराएको छ। एमालेका प्रदेशसभा सदस्य राम रानामगरले प्रदेश १ को नाम कोसी नामाकरण गर्न प्रस्ताव दर्ता गराएको हुन्। उक्त प्रस्तावको समर्थकमा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेका छन्। आज प्रदेश १ ले नाम पाउने सम्भावना प्रवल छ।
प्रदेश सभाको कार्यसूचीमा आज नामाकरण प्रस्ताव पेश गरि निर्णय गर्ने कार्यसूची रहेको छ। यद्यपि ११ बजेका लागि तय गरिएको बैठक नामाकरण प्रस्ताव दर्ताको लागि राजनीतिक दलहरु छलफलमा जुटेपछि बैठक केही समय पछि धकेलिएको छ। प्रदेश सभाले आज साढे १ बजे बैठक बस्ने अर्को सूचना टाँस गरेको छ।
पोखराका चर्चित र्यापर जेम्सी(नोबलबस्नेत) राजनीतिमा प्रवेश गरेका छन्।
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने बताएका छन्। उनले आफू वडा अध्यक्ष नभई ३३ वटै वडाको नेतृत्व गर्न चाहेको बताए।
‘म वडा अध्यक्ष त गर्दिनँ। म ३३ वटै वडाको लिडर हुन चाहन्छु। म मेयरकै लागि उम्मेदवारी दिन आएको हुँ,’ उनले भने।
उनले आफ्नो राजनीति पद र प्रतिष्ठाका लागि नभई जनताको सेवा र समाज परिवर्तनका लागि भएको बताए। पेशाले र्यापर भए पनि आफ्नो माइकलाई मनोरन्जनको माध्यममा मात्र सीमित नराखी समाजको आवाज बनाउन चाहेको उनको भनाइ छ।
‘र्यापरको माइक मनोरन्जनको माध्यम मात्र होइन, समाजको आवाज पनि हो। यसले अन्यायविरुद्ध बोल्न र चेतना जगाउन सक्छ,’ उनले भने।
जेम्सीले युवाहरू देशको भविष्य मात्र नभई वर्तमानका नेतृत्वकर्ता पनि भएको बताए। युवाहरू राजनीतिमा सक्रिय हुनुपर्ने भन्दै आफू पनि उमेर छँदै राजनीतिमा आएको उनले स्पष्ट पारे।
जनता समाजवादी पार्टी रोज्नुको कारणबारे उनले पार्टीको सिद्धान्त मन परेको बताए। मधेसको हितका लागि पार्टीले गरेको संघर्ष र पोखराका जनताको हितका लागि आफूले चाहेको परिवर्तनबीच समानता देखेकाले पार्टीमा आबद्ध भएको उनको भनाइ छ।
उनले आफ्नो पार्टी प्रवेशले पोखराको राजनीतिप्रति देशभरका मानिसको चासो बढ्ने विश्वास व्यक्त गरेका छन्। चुनाव जित्नु मात्र आफ्नो उद्देश्य नभएको बताउँदै उनले युवालाई राजनीतिप्रति आकर्षित गर्न पनि आफूले यो कदम चालेको बताए।
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...