काठमाडौं– उषाको किरण झैं ओजिली ओनसरी। सरल र सादा जीवन मृदुभाषी बोलीले सबैको मन जित्दैछिन्। माओवादीको दसवर्षे सशस्त्र द्वन्द्वको सुरुवातसँगै छापामार 'उषा' बनेर उदाएकी ओनसरी घर्ती मगर अहिलेे व्यवस्थापिका–संसद्को सर्वोच्च पदमा आसिन छिन्। सभामुख बनेपछि उनको दिनचर्या बदलिए पनि द्वन्द्वकालको छापामार जोश र जाँगर भने उस्तै छ। उषाको किरण झैं चम्किलो रफ्तार छ उनको। छोरीमान्छे कमजोर हुन्नन्। अवसर पाए राज्य चलाउन सक्ने सामर्थ्य राख्छन्। यही देखाउँछ उनको कार्यसम्पादनले।
रोल्पाको विकट गाउँ माडी चउरस्थित जंकोट –१ ओनसरी घर्तीमगरको जन्मथलो हो। रोल्पा ओनसरीको जन्मथलोमात्र हैन उनको पार्टी तत्कालीन माओवादीले सुरु गरेको दशवर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो पनि हो। आमा नौमती घर्ती मगर र बुवा प्रसाद घर्ती मगरको कोखबाट पाँचौं सन्तानका रुपमा २०३४ कात्तिक २८ गते जन्म भएको हो उनकोे। उनका तीन दाजु, एक दिदी र दुई बहिनी छन्। गाउँले किसान परिवार, खेतीपाती र घाँसदाउरा गर्दै उनको किशोरवय बित्यो।
'बेंसीमा खेत थियो रोपाईं साह्रै रमाइलो हुन्थ्यो,' ओनसरीले बाल्यकालको स्मरण सुनाइन्, 'साथीसंगी रोपाईं गर्दै हिलो खेलेको याद अझैं आउँछ।' रोल्पाका हरिया पहाड र जंगल। थुम्कोसरी ठाउँ ठाउँमा झुरुप्प– झुरुप्प घर। घरैपिच्छे गाईबाख्राका बथान। खेतबारीमा लहलह झुल्ने बाली। उस्तै लवाइखवाइ, अनि सोच। सरल जीवन। रोल्पाको मगर समुदाय।
गाउँकै बालउदय प्राविमा कक्षा पाँचसम्म अध्ययनपछि निमावि तहको अध्ययन छिमेकी कोटगाउँस्थित नेपाल राष्ट्रिय माविबाट सकिन् ओनसरीले। 'हामी एकडेढ घन्टा पहाडैपहाड दौडेर स्कुल पग्ुथ्यौं,' उनले भनिन्, 'दुई कक्षासम्म त अरु केटी थिएननु, केटीमा म एक्लै थिएँ।'
कक्षा आठदेखि १० सम्म सदरमुकाम लिवाङस्थित बालउदय उच्चमाविमा अध्ययन गरिन्। गाउँलेले छोरी पढाएर के गर्न खोजेको? भनेर उनका बुवामासँग प्रश्न तेर्साउँथे। उनले स्कुले जीवनमै युवा क्लबसँग जोडिएर पनि काम गरिन्।
विद्यार्थी संगठन अनेरास्ववियुको सदस्य भएपछि राजनीतिले तान्यो उनलाई, जिल्ला अध्यक्ष पनि बनिन्। महिलाकेन्द्रित राजनीतिक संगठन अनेमसंघमा पनि सक्रिय भइन् उनी। जनमोर्चा, मसाल, एकताकेन्द्र हुँदै माओवादी पार्टीको सक्रिय कार्यकर्ताका रुपमा काम पनि गरिन् ओनसरीले।
पढाइमा ध्यान दिन नसक्दा २०५० सालको एसएलसीमा विज्ञान विषयमा उनी फेल भइन। भूमिगत अवस्थामै १५ दिन पढेर आंशिक परीक्षा दिएर २०५१ सालमा एसएलसी पूरा गरिन। भूमिगत भएर हिँड्दा आमा नौमतीले रुँदै सम्झाएको उनलाई सम्झना छ, 'छोरीमान्छे यसरी हिँड्नुहुन्न, गाउँघर धेरै डुले बिहे हुन सक्दैन।' 'छोरीलाई जतासुकै नपठाऊ बिग्रिन्छे,' भनेर बारम्बार कान फुकिरहन्थे गाउँले। छोरीका लागि त्यो बेला डेरा लिएर बस्नु चानचुन कुरा थिएन। साथीहरूसँग दस जोड दुई कक्षा पढ्न बस्दाको क्षण उनका लागि निकै कठिन् थियो। त्यतिबेलै २०५२ फागुन १ देखि माओवादी सशस्त्र द्वन्द्व शुरु भएको थियो। 'म होलेरी चौकी हान्न जाने लडाकु दस्तामा छनोट भइसकेकी थिएँ,' उनी युद्धको सुरुवातको कुरा खोल्छिन्, 'कसरी मोर्चा सम्हाल्ने भन्ने तालिम लिइसकेका थियौं।'
सशस्त्र द्वन्द्वकालमै उनको २०५२ भदौ ११ मा वर्षमान पुनसँग जनवादी विवाह भयो। २०५५ सालमा युद्धको मोर्चामा गर्भसहित हिँडेकै बेला प्रहरीले लखेटेपछि हामफालेर ज्यान जोगाएकी उनले त्यसको ११ दिन पुग्दा छोरी जन्माइन्। गर्भ रहेको सात महिनामा छोरी जन्मिएकी हुन्।
तीनमहिने छोरी बोकेरै पनि उनी युद्धमा लडिन्। एम्बुस बिछ्याउँदा होस् वा काँधमा बन्दुक बोकेर उकाली ओराली गर्दा उनै अग्रस्थानमै हुन्थिन्।
दाङको घोराहीको एम्बुस र लमहीको एम्बुस घटना उनकै नेतृत्वको परिणाम थियो। कोइलाबास युद्धको कमान्ड पनि उनकै थियो। २०६३ मंसिर ५ को शान्ति सम्झौतापछि माओवादी खुला राजनीतिमा आयो, समय बदलियो, भूमिका बदलियो।
२०६७ सालमा झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषदमा ओनसरी युवा तथा खेलकुदमन्त्री बनिन्। उनी दोस्रो संविधानसभाको चुनाव २०७० मा रोल्पा निर्वाचन क्षेत्र–२ बाट प्रत्यक्षतर्फबाट निर्वाचित भइन।
ओनसरी २०७२ असोज २९ मा नेपालको सर्वोच्च पाँच पदमध्ये व्यवस्थापिकाको सभामुखमा बहुमतले निर्वाचित भइन्। उनी नेपालकै प्रथम महिला सभामुख हुन्। 'खुला राजनीतमा महिलाको अवस्था अझै उस्तै छ,' उनी भन्छिन्, 'सभामुख हुन त भई तर के नै गर्ली र यसले भन्ने सोच्छन्।'
युद्धमा पुरुषसत्ता चिरेर अघि बढेजस्तै सभामुख बनिसकेपछि पनि केही गर्नसक्छु भन्ने दृढता उनमा छ। कोरा राजनीतिक सिद्धान्त पढेरमात्र देशको कानुन जानिदोरहेन्छ भन्ने ज्ञान पदमा बहाल भएपछि मात्र उनलाई भयो। सभामुख बनेपछि भने कयौं ठेली कानुनका किताब स्वअध्ययन गरिसकेकी छिन् उनले। 'आफैं पढ्छु, बु‰न र सल्लाह लिन विज्ञ समिति गठन गरेकी छु,' उनले भनिन्।
महिला आरक्षणमा कानुनी रुपमै सक्रियलाई दिन नहुने व्यवस्था ल्याउन उनी पहल गर्दैछिन्। यसले तल्लो र साना तहका महिला माथि आउने बाटो खोलिदिन्छ भन्छिन् उनी।
राज्यको उच्च पदमा आसिन भएपछि घर, कार्यालय, पार्टीको तेहेरो भूमिकामा उनी छन्। पति वर्षमान पुन बिरामी छन्। उनको रेखदेखको भार पनि उनैमाथि छ। ससुरा इखराम र सासू तिर्थमाली रोल्पामै छन्।
१७ वर्षे छोरी शीला यसै वर्ष एसएलसी दिँदैछिन्। छोरा उत्सव कक्षा सात पढ्छन्। यी दुईसँगै देशको कानुन बनाउने संसदको भविष्य उनकै हातमा छ।

दसवर्षे सशस्त्र द्वन्द्वको सुरुवातसँगै छापामार 'उषा' बनेर उदाएकी ओनसरी घर्ती मगर संसद्को सर्वोच्च पदमा पुगेपछि कार्यालय, पार्टी र घरको तेहेरो भूमिकामा