काठमाडौं- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र ओनसरी घर्तीको नेतृत्वमा सदनले प्रभावकारी भूमिका खेल्ने बताए। व्यवस्थापिका संसदमा बोल्दै पौडेलले सत्ता साझेदार दलहरुको आग्रह गरेका कारण घर्तीलाई समर्थन गरेको बताए।यसले आगामि दिनहरुमा अरु सहजता ल्याउने पौडेलको धारणा थिए। उनले संसदमा बोल्दै यसले भविष्यमा दलहरुबीच एउटा वातावरण बनाउँछ भनेर समर्थन गरेको भनाई राखे। पौडेलले नेमकिपाबाट समेत सभामुखमा घर्तीको पक्षामा वातावरण बनाउन सहयोग हुने विश्वास व्यक्त गरे। घर्तीको नेतृत्वमा सदनले प्रभावकारी भूमिका खेल्ने भन्दै पौडेलले अग्रिम शुभकामना दिए।
सभामुख उम्मेदवार घर्तीका लागि प्रस्तावक विद्यादेवी भण्डारी र समर्थकमा कुन्ती सही छन्। उपसभामुख उम्मेदवार यादवका लागि प्रस्तावक सत्रुधन महतो र समर्थक रेखा शर्मा छन्।
सहमतिका आधार सभामुख र उपसभामुख चयन हुन नसकेपछि बहुमतका आधार आज सभामुख र उपसभामुख चयन गर्न निर्वाचन हुन लागेको हो।
त्यस्तै सभामुख र उपसभामुख पदमा नेमकिपाको तर्फबाट पनि उम्मेदवारी परेको छ। सभामुखमा अनुराधा थापा र उमसभामुखमा डिल्ली प्रसाद काफ्लेको उम्मेदवारी परेको हो।