राष्ट्रियसभा उपनिर्वाचन: एमालेका दसौदी निर्वाचित
२५ माघ २०७९
•
१ मिनेट पाठ
राष्ट्रियसभा उपनिर्वाचन: एमालेका दसौदी निर्वाचित
लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित भएका छन्। दसौदी ४ हजार २६ मत भारले विजयी भएका हुन्।




त्यस्तै नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत भार प्राप्त गरेका छन्।  यसैगरि अर्का उम्मेदवार नागरिक उन्मुक्ती पार्टीका राजेन्द्रबिर रायले १ सय ९२ मत भार प्राप्त गर्दै तेस्रो स्थानमा रहे।

एमालेका दसौदीले प्रदेशसभा तर्फ ४३ मत प्राप्त गरे। प्रदेशसभा सदस्य संख्या ८७ हो। यसैगरि स्थानीय तह तर्फ १ सय ९ मत प्राप्त गरे।

यस्तै कांग्रेसका आचार्यले प्रदेशसभा तर्फ ३७ मत प्राप्त गरे भने स्थानीय तह तर्फ १ सय ८ मत प्राप्त गरे। अर्का उम्मेदवार नागरिक उन्मुक्ती पार्टीका रायले प्रदेशसभा सदस्य तर्फ मात्रै ४ मत प्राप्त गरे।  

आज भएको निर्वाचनमा कुल ३ सय ५ मतदाता मध्य ३ सय ४ मत खसेको थियो।
अर्को समाचार
तर्क र बहस गरेजस्तो उपलब्धिमूलक रहेन : दसौदी
२६ पौष २०८०
•
३ मिनेट पाठ
तर्क र बहस गरेजस्तो उपलब्धिमूलक रहेन : दसौदी
रोल्पा घर भएका कुमार दसौदी राष्ट्रियसभाका सांसद हुन्। उनको कार्यकाल आगामी फागुन २० देखि सकिँदै छ। त्यसैले उनी यसबीचमा आफूले संसदम्मा गर्न सकेका र नसकेका कामको स्वमूल्यांकन गर्न थालेका छन्।




राष्ट्रियसभा सांसदका रूपमा रहँदा दसौदी विभिन्न अनुभव बटुल्ने अवसर प्राप्त गरेको बताउँछन्। ‘जनप्रतिनिधिले सिक्नुपर्ने र जान्नुपर्ने धेरै कुरा रहेछन्, त्यो अनुभूत गर्ने अवसर प्राप्त भयो’, उनले भने। राष्ट्रियसभामा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने सांसद दसौदी बताउँछन्। सबै पार्टीले त्यस्ता व्यक्तिलाई स्थान दिनुपर्ने उनको जोड छ।

‘राष्ट्रियसभामा विज्ञता हासिल गरेका व्यक्तिको प्रतिनिधित्व अहिल्यै होला भन्ने विश्वास छैन’, सांसद दसौदी भन्छन्। राष्ट्रियसभामा जनताको आवश्यकताअनुसारको प्रतिनिधित्व हुन नसकेको उनको ठहर छ।

‘संसद् कानुन बनाउने थलो हो, तर यहाँ देश र जनताका पक्षमा आवश्यक कानुन बनाउने कार्य प्राथमिकतामा परेको छैन’, सांसद दसौदीले भने। आफ्नो कार्यकालमा एउटा मात्र विधेयक राष्ट्रियसभाबाट पारित भएको उनी बताउँछन्। सरकारले विधेयक ल्याउन नसकेको नेता दसौदीको गुनासो छ।

रोजगार व्यवस्था गर्ने तथा आयआर्जनका उपायबारे सरकारको ध्यान जान नसकेको सांसद दसौदी बताउँछन्। नीति निर्माण गर्न सरकारको पटक्कै ध्यान नपुगेको उनको गुनासो छ। ‘राष्ट्रियसभामा जनताका मुद्दा सम्बोधन गरिनुपर्छ’, उनी भन्छन्।

‘राष्ट्रियसभा विभिन्न विधेयकबारे छलफल गर्ने र निर्णय लिने ठाउँ हो। सरकारको विरोध र समर्थनका कुरा पनि बेलाबेलामा भइरहन्छन्। अन्तिममा विधेयक पारित भने सर्वसम्मत गर्ने गरिएको छ। यो नै राष्ट्रियसभाको चरित्र हो’, सांसद दसौदीले भने। राष्ट्रियसभामा हरेक क्षेत्रका विज्ञ तथा राजनीतिभन्दा फरक हिसाबले सोच्ने व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने उनको धारणा छ।

‘म राष्ट्रियसभामा आएपछि यस अवधिमा आएका विधेयकबारे आफ्नो सुझाव राखें। संसद्मा सक्रियरूपमा सहभागिता जनाएँ’, नेता दसौदीले भने। उनको अनुभवमा प्रतिनिधिसभामा समझदारी र सहकार्यभन्दा पनि बहुमतका आधारमा निर्णय गर्ने गरेको पाइयो। यस्तो अवस्थामा देश र जनताका हितमा हुने गरी कानुन बनाउन पनि सकिने तर नबनाइएको अवस्था रहेको उनको बुझाइ छ।

जनताका अपेक्षा जनजीविकाका सवाल, विकास निर्माण, स्वास्थ्य, शिक्षालगायत भए पनि उल्लेख्य सुधार हुन नसकेको सांसद दसौदीले बताए। ‘यस विषयमा राष्ट्रियसभामा कुरा उठाएँ। त्यहाँ जति तर्क र बहस भए पनि उल्लेख्य उपलब्धि हासिल भएजस्तो लागेन’, उनले भने। जनताका अपेक्षा असीमित भएकाले तिनलाई सम्बोधन गर्न सकिने जति एउटा जनप्रतिनिधिको हिसाबले सक्दो प्रयास गरेको नेता दसौदीले बताए। जनताका अपेक्षालाई प्राथमिकता निर्धारण गरेर सदनमा उठाउने तथा कानुन निर्माणमा सक्रिय भएको उनी बताउँछन्।

‘जनतामा निराशा र असन्तुष्टि हुनु स्वाभाविक हो। यद्यपि जनताले खोजेको विकास र समृद्धिका लागि सरकार तथा संसद् प्रयासरत रहनुपर्छ’, सांसद दसौदीले भने। हुर्कँदै गएको संघीय लोकतान्त्रिक गणतन्त्र तथा संघीयताप्रति जनताको अविश्वास र असन्तुष्टि देखिएको उल्लेख गर्दै उनले यसतर्फ सबै दल र जनप्रतिनिधिको ध्यान जानुपर्ने उनी बताउँछन्।  

दलका नेताहरुले आफ्ना क्रियाकलाप सच्याउनुपर्ने सांसद दसौदीको सुझाव छ। समृद्धिका लागि उत्पादन मुख्य कुरा भएको उल्लेख गर्दै उनले उत्पादनलाई प्राथमिकता नदिए मुलुक समृद्ध हुन नसक्ने बताए। पर्यटन क्षेत्रको पूर्वाधार विकास, ऊर्जा र जलस्रोतको पूर्वाधार निर्माण गरेर विद्युत् व्यापार बढाउने, उद्योग कलकारखानामा सहज विद्युत् आपूर्तिसँगै औद्योगिक विकास, रोजगारी सिर्जना गर्ने, जलस्रोतमा लगानी गरी सिँचाइको व्यवस्था गरेर कृषि उत्पादन बढाउने तथा खनिज पदार्थको उत्खननजस्ता कार्यमा सरकारले ध्यान दिए मात्र मुलुक समृद्ध हुने नेता दसौदीको बुझाइ छ।

‘राजनीति नितान्त सेवा हो, तर यहाँ धेरैले यसलाई पेसाको रूपमा लिएका छन्। यसलाई सेवाको रूपमा ठानेर देश र जनताको सेवामा समर्पित हुने तथा देश बनाउन लाग्नुपर्ने हुन्छ। तबमात्र देश बन्छ’, सांसद दसौदीले भने। –रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस