तमु ल्होसारलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
१५ पौष २०७९
•
२ मिनेट पाठ
तमु ल्होसारलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताएका छन्। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले आज राजधानीको टुँडिखेलमा आयोजना गरेको ‘तमू ल्होसार, २०७९’ कार्यक्रममा उनले तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको बताए।  




‘आफ्नो इमान्दारिता, लगन, निष्ठा र मिहेनत, आफ्नो वीरता र बलिदानको कीर्तिमानका कारण तमु समुदाय नेपाली मात्रमा गर्वको एउटा पहिचान भएको छ भने विश्वभरका लागि इमान्दारिता, पारदर्शिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायका रुपमा स्थापित छ’, उनले भने। ल्होसार पर्व तमु समुदाय मात्र नभई सम्पूर्ण नेपालीले गर्व गर्ने पर्वका रुपमा रहेको उनको भनाइ छ।  

तमु ल्होसारको सम्मान र सहानुभूतिका निम्ति सरकारले दिने आर्थिक सहयोग रोकिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले आफूले सरकारी सहयोग विगतमा भन्दा बढाउने घोषणासमेत गरे।  

‘तमु ल्होसार निम्ति विगत सरकारले पनि सम्मान र सहानुभूतिस्वरुप आर्थिक सहयोग गर्दै आएको मलाई थाहा छ, म पनि दोस्रो चोटि प्रधानमन्त्री हुँदा मैले बोलेको थिएँ’, प्रधानमन्त्री दाहालले भने, ‘तर, मैले प्रधानमन्त्री छोडेपछि त्यो आर्थिक सहयोग भएन भनेर मलाई सुनाउनुभयो। यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइनेछ। र मेलै दिनेछु।’

नेपाल बहुजातीय, बहुभाषिक, सांस्कृतिक विविधताले भरिएको मुलुक भएको जनाउँदै प्रधानमन्त्री दाहालले विविधतामा एकता नै नेपालीको पहिचान भएको बताए। ‘परापूर्वकालदेखि यस भूखण्डमा विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको सम्मिश्रणद्वारा नै नेपालको समग्र राष्ट्रिय पहिचान बनेको छ’, उनले भने, ‘सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको असली पहिचानमा नै नेपालको राष्ट्रिय पहिचान अन्तरनिहित छ।

बाघ वर्गको विदाइ र बिरालो वर्गको स्वागतका रुपमा गुरुङ समुदायले आज देशभर हर्षोल्लासका साथ ल्होसार पर्व मनाउँदैछन्। सो अवसरमा गुरुङ समुदायले विभिन्न झाँकी प्रदर्शन गरेका थिए। टुँडिखेलमा गुरुङ वेशभूषासहित युवायुवतीको बाक्लो उपस्थिति थियो। कार्यक्रम परिसरमा गुरुङ समुदायको खानाको परिकार राखिएको थियो।
अर्को समाचार
गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण: प्रधानमन्त्री
०३ चैत्र २०८०
•
१ मिनेट पाठ
गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण बनाएको बताएका छन्। 




शनिबार पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ लाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। अघिल्लो वर्ष ऊर्जा र उत्साहका साथ आफूले कामको थालनी गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले ती काम र गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण बनाएको सुनाए।

‘गत वर्ष महत्त्वपूर्ण उपलब्धि प्राप्त भएका छन्,’ उनले भने भने, ‘तर मेरो सङ्कल्प र हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको हुँ।’

सरकार पुनः गठनको प्रारम्भिक चरणमै केही महत्त्वपूर्ण कामहरू भएको पनि उनले दाबी गरे। उनी भन्छन् ‘यसले सरकारको उज्यालो भविष्यलाई सङ्केत गर्छ।’

आयोजित प्रतियोगीताका विजयीहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री दाहालले हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता कार्यक्रम सुरु गरिने बताए। उनले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेमा जोड दिए।
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
यो पनि पढौँ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस